• ८ मंसिर २०८१, शनिबार

अनेरास्ववियू (क्रान्तिकारी) अछाममा नयाँ नेतृत्व

blog

शिवराज ढुंगाना 

अछाम, भदौ २० गते । नेकपा माओवादी निकट अनेरास्ववियू (क्रान्तिकारी) अछामको ३५ सदस्यीय नयाँ नेतृत्व चयन गरिएको छ । सदरमुकाम मङ्गलसेनमा दुई दिन चलेको १५ औँ जिल्ला सम्मेलनबाट बिहीबार पङ्कज साउँदको अध्यक्षतामा नयाँ कमिटी गठन गरिएको हो । 

कमिटीको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र साउँद, उपाध्यक्षमा टङ्क नेपाली र गीता विक, सचिवमा बम रावल चयन हुनुभएको छ । यस्तै, सहसचिवमा मनोज भुल, मनोज भुल, सुरेश देवकोटा, कर्ण नेपाली, सरिता बुढा र कोषाध्यक्षमा लक्ष्मी उपाध्यायसहित अन्य सदस्य चयन हुनुभएको छ ।