प्रदेश सभाका चार समितिका सभापतिद्वारा शपथग्रहण
सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रूपमा निर्वाचित भएका छन् । चारै जनाको शपथग्रहण समेत भएको छ ।
सुदूरपश्चिममा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेश सरकारले भोलि बिहीबार प्रदेशभरि सार्वजनिक बिदा दिएको छ । यो प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार
बाजुराकी एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । जिल्लाको बडिमालिका नगरपालिका-६ कोर्धकी ३० वर्षीया सीमा बडुवालको नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।
धनगढीका लागि उडेको जहाज सुर्खेतमा अवतरण
काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स र बुद्ध एयरको जहाज सुर्खेत विमानस्थलमा अवतरण गरेको छ ।
चिसोले जनजीवन प्रभावित
कैलालीसहित तराईमा बढ्दै गएको चिसोका कारण जनजीवन प्रभावित भएको छ । जाडो बढेपछि मान्छेलाई दैनिक कामकाजदेखि लिएर बाहिर आवतजावत गर्न कठिनाइ भएको हो ।
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक क्याम्पस बनाउन माग
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसको नवनिर्मित भवनको शुभारम्भ गर्नुहुँदै क्याम्पसको भौतिक पूर्वाधार विकासमा सहयोग गर्ने जानकारी दिनुभयो ।
सुदूरपश्चिम प्रदेशसभा : विषयगत समितिका सभापति चयन आज
सुदूरपश्चिम प्रदेशसभाका विषयगत समितिका सभापति पदको चयन आज हुँदैछ । प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै एक वर्षपछि प्रदेशसभाका विषयगत समितिका सभापति चयनको प्रक्रिया अघि बढाइएको हो ।
रात्रिकालीन बजारसहित उद्यानको डिपिआर तयार
सुदूर पश्चिम (सुप) प्रदेशको अस्थायी राजधानी आउने पर्यटकका लागि विश्राम गर्ने कुनै स्थान छैन । कोही पर्यटक आउँदा छोटो समयमा घुमेर जाने स्थानको अभाव छ । धनगढी भारतीय सीमासँग
सुदूरपश्चिममा हिउँदे अधिवेशन सुरु
कैलालीस्थित कैलारी गाउँपालिकाको हिउँदे अधिवेशन आजबाट सुरु भएको छ । गाउँ सभाका अध्यक्ष राजसमझ चौधरीले अधिवेशनको उद्घाटन गर्नुभयो ।
सहकारी क्षेत्रलाई सुधारेर लैजानुपर्छ : मुख्यमन्त्री शाह
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वव्यापीरुपमा लोकप्रिय बनेको सहकारी क्षेत्रलाई नेपालमा पनि सुधार गरेर लैजानुपर्ने बताउनुभएको छ।
बाजुरामा सुत्केरीको उपचारका क्रममा मृत्यु
बाजुराको कोल्टीमा एक सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बुढीनन्दा नगरपालिकाको कोल्टीस्थित कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा १२ दिनकी सुत्केरीको ज्यान गएको हो ।
प्रदेश सभाका चार समितिका सभापतिमा एकल उम्मेदवारी दर्ता
सुदूरपश्चिमको प्रदेश सभाका चार समितिका सभापति पदमा मंगलबार चार जनाको मात्रै एकल उम्मेदवारी दर्ता भएको छ। एकल उम्मेदवारी परेकोले सभापति पदको चुनाव नहुने भएको छ।
‘पञ्चेश्वर परियोजनाको काम एक महिनाभित्र अघि बढ्छ’
परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले पञ्चेश्वर परियोजनाको प्रक्रियागत काम एक महिनाभित्र अघि बढाउने गरी हालै दुई देशबीच सहमति भएको बताउनुभएको छ । उहाँले हालै नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश मन्त्रीस्तरमा सो परियोजनाका बारेमा छलफल भएको जानकारी दिँदै उहाँले अबको एक महिनाभित्र परियोजनाको काम अघि बढाउने गरी निर्णय भएको जानकारी बताउनुभयो ।
माघी पर्वको अवसरमा कैलारीमा तीन दिन सार्वजनिक बिदा
थारु समुदायको महान् पर्व माघीको अवसरमा कैलालीको थारु बहुल कैलारी गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
कोरोनाका कारण पश्चिमीनाकाबाट विदेशी पर्यटक जान पाएनन्
कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने विदेशी पर्यटकलाई भारतीय पक्षले रोक लगाएपछि यहाँ पर्यटकीय गतिविधिमा कमी आएको छ ।
महिनौँदेखि आठ विद्यालयका विद्यार्थीले दिवा खाजा खान पाएनन्
पञ्चदेवल विनायक नगरपालिका ८ बारलामा आठ विद्यालयका विद्यार्थी दिवा खाजाबाट वञ्चित भएका छन् । नगरपालिकाका आठ वटै विद्यालयमा खाजा खुवाउन छनौट भएको सुप्रिम सहकारीसँगको सम्झौता नहुँदा विद्यार्थीहरू पाँच महिनादेखि खाजा खान नपाएका हुन् ।
सभापतिमा मनोनयनका लागि सहमति
सुदूरपश्चिमको सत्तारुढ गठबन्धनले आज मनोनयन हुने चार वटा समितिका सभापतिको मनोनयनका लागि सहमति गरेको छन् ।
माघी तयारीमा थारू समुदाय
कैलाली र कञ्चनपुरका थारू समुदायको पर्व माघ (माघी) पर्वको तयारीमा जुटेका छन् । माघी पर्वलाई धुमधामसँग मनाउन हप्ता दिन अघिबाट तयारीमा जुटेका हुन् । थारू बस्तीमा माघका लागि जङ्गलबाट दाउरा ल्याउने, सालको पात टिपेर दुनाटपरी बनाउने, कुटानीपिसानी, सुँगुरको मासुका लागि अन्तिम नामावली तयार पार्नेलगायतका कार्य भइरहेको छ ।
मावि चलाउन एउटै दरबन्दी
एउटा मात्रै दरबन्दीले छ वटा माध्यमिक विद्यालय चलिरहेको छभन्दा आश्चर्य लाग्न सक्छ । तथापि कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित माध्यमिक विद्यालय एउटै दरबन्दीबाट सञ्चालन भइरहेका छन् । गाउँपालिकाका अध्यक्ष निर्मल रानाका अनुसार विद्यार्थीको अनुपातमा मावि शिक्षक दरबन्दी न्यून हुँदा पठनपाठनमा समस्या भइरहेको छ । भौगोलिक रूपमा विकटमा रहेको पालिकालाई शिक्षणका हिसाबले पनि विकट पारिएको छ । अध्यक्ष रानाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी स्वीकृत गर्न माग गर्दै छ वटा माध्यमिक विद्यालय चलाउन एउटा मात्रै दरबन्दी स्वीकृत गर्नु अन्याय भएको बताउनुभयो ।
गाउँमा छैनन् कोल घुमाउने युवा
गुडका लागि प्रसिद्ध मानिने बैतडीमा पछिल्लो समय उखु पेल्ने युवा नहुँदा परम्परागत कोल थन्किने अवस्थामा पुगेका छन् भने गुड पकाउने खुदेउडा सुनसान बनेका छन् । गाउँका युवा रोजगारीका लागि बिदेसिएपछि महिलाहरूले परम्परागत कोलमा उखु पेल्न गोरु लगाएर गुड बनाउने परम्परा धानेका छन् ।
सुदूरपश्चिममा गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता
आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिममा सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार बनेका उम्मेदवारहरूले सोमबार उम्मेदवारी दर्ता गराएका छन् ।
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण
भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ ।
दलित बस्तीमा खानेपानीको हाहाकार
सिगासको थलागाउँको दलित बस्तीमा खानेपानी नहुँदा २५० घरधुरीका मानिस एक घण्टा ओराले झरेर ढडेखोलाको पानी पिउन बाध्य छन् । सिगास गाउँपालिका–६, थला गाउँको दलित बस्तीमा खानेपानीको धारा नहुँदा यस्तो समस्या भएको हो । खानेपानीको अभावमा बस्ती काकाकुल बनेको स्थानीय नरेन्द्र विकले बताउनुभयो । हिउँदमा खोलाको पानी र बर्खा लागेपछि आकासे पानी पिउनुपर्ने दलित समुदायको बाध्यता रहेको उहाँले बताउनुभयो ।
राष्ट्रिय सभा सदस्य निर्वाचन : सुदूरपश्चिम प्रदेशबाट तीन सदस्यको चयन हुँदै
राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ । सुदूरपश्चिम प्रदेशबाट पदावधि सकिन लागेका महिला, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूह (खुला) गरी तीन पदका लागि निर्वाचन हुन लागेको निर्वाचन अधिकृतको कार्यालय कैलालीले जनाएको छ ।