• १३ साउन २०८१, आइतबार

डिएलए सुदूरपश्चिम समिति गठन

blog

काठमाडौँ, चैत १० गते। प्रजातन्त्रवादी कानुनविद्हरूको संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले सुदूरपश्चिम प्रदेश समिति गठन गरेको छ। 

शनिबार सम्पन्न भेलाले एसोसिएसनको केन्द्रीय उपाध्यक्ष गङ्गाराम उपाध्यायको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको हो। एसोसिएसनको विधान अनुसार केन्द्रीय उपाध्यक्ष सम्बन्धित प्रदेशको अध्यक्ष रहने व्यवस्था छ। 

समितिको उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः : धनबहादुर खड्का, रोशनलाल चौधरी र देवीलाल चौधरी चयन हुनुभएको छ। 

त्यस्तै सदस्यमा ज्ञानेन्द्रबहादुर पाल, गोविन्दराज जोशी, हर्क कडायत, डण्डीराज ओझा, लोकराज जोशी, कौशल्या योगी र सुवास उपाध्याय चयन हुनुभएको छ। 

प्रदेश समिति गठन कार्यक्रममा एसोसिएसनका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता सिताराम केसीले एसोसिएसनको अगुवाइमा विगतमा थुप्रै कानुनी बहस सञ्चालन गरिएको जानकारी दिँदै आगामी वैशाखबाट सार्वजनिक रूपमा कानुनी बहस सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो। 

काठमाडौँका ८६ वटा सामुदायिक विद्यालयमा युवालाई लक्षित गरेर कानुनी अभियान सञ्चालन गरिने पनि केसीले जानकारी दिनुभयो। यस अभियानमा विद्यार्थीलाई पारिवारिक कानुन, लागु औषध दुर्व्यसनी लगायतबाट निम्तिन सक्ने कानुनी समस्याको बारेमा जानकारी गराइने एसोसिएसनले जनाएको छ।