राष्ट्रिय सभा निर्वाचनमा सत्तागठबन्धनका आकांक्षी उम्मेदवार धेरै
सुदूरपश्चिममा तीन पदका लागि नेपाली कांग्रेसले ८२ जना र नेकपा (माओवादी केन्द्र)ले २१ जनाको नाम पार्टी केन्द्रमा सिफारीस गरेको छ ।
थारु आयोगले प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन
आयोगका सदस्य सुबाेधसिंह थारुले आर्थिक वर्ष २०७९-८० को वार्षिक प्रतिवेदन आज प्रदेश प्रमुखलाई हस्तान्तरण गर्नुभयो ।
जनशक्ति अभावमा डडेल्धुरा अस्पतालको सीटी स्क्यान सेवा बन्द
मेडिकल सञ्चालनको तयारीमा रहेको डडेल्धुरा अस्पतालमा दक्ष जनशक्तिको अभावमा सीटी स्क्यान सेवा बन्द भएको छ ।
‘हाम्रो गाउँ हामी नै बनाउँछौँ’
बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका साबिकका छतारा, तोली र कैलाशमाडौँ गाविस मिलेर बनेको पालिका हो । बडीमालिका र नाटेश्वरी जस्ता धार्मिक र पर्यटकीय क्षेत्र भएको यो पालिकामा ३८ वर्ष लामो शिक्षण पेसा त्यागेर नेपाली कांग्रेसको राजनीतिमा होमिएका ५९ वर्षीय कर्णबहादुर थापा प्रमुख हुनुहुन्छ । प्रस्तुत छ, पालिका प्रमुख थापासँग त्रिवेणीको समग्र विकास निर्माण र चुनौतीका विषयमा गोरखापत्रका सुदूरपश्चिम प्रदेश संयोजक प्रकाशविक्रम शाहले गरेको कुराकानी :
धनगढीमा माघ १ गतेबाट सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक
धनगढी उपमहानगरपालिकाले आउँदो माघ १ गतेबाट नगर क्षेत्रभित्र सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने भएको छ।
दार्चुलाका किसान ओखर खेतीतर्फ आकर्षित
दार्चुला ओखर खेतीका लागि परिचित छ । ओखर खेतीतर्फ आकर्षित भएका यहाँका किसानले व्यावसायिकरुपमै ओखरखेती गर्न थालेका छन् । सरकारले दार्चुलालाई ओखर पकेट क्षेत्र घोषणा गरेपछि यहाँका किसान उक्त खेतीतर्फ थप आकर्षित भएका हुन् ।
विस्थापित हुँदै उखु पेल्ने कोल
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-५ देवीस्थानका भगीरथ भट्टले उखुखेती गर्न थाल्नुभएको तीन दशक बढी समय बित्यो । सुरुआतमा उखु बिक्रीका लागि उहाँ महाकाली नदी तरेर सुडाको चिनी मिलमा ल्याउनुहुन्थ्यो । महाकालीमा पक्की पुल थिएन । गाडी चल्न गाह्रो हुनाले उहाँले उखु महाकाली पार गर्न भारतीय बाटोको प्रयोग गर्नुपर्थ्यो ।
डडेलधुरा प्रशासनमै छैनन् कर्मचारी
जिल्ला प्रशासन कार्यालय डडेलधुरामा दरबन्दी अनुसारका कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या भएको छ। दरबन्दी अनुसारका कर्मचारी नहुँदा कार्यालयले नियमित रूपमा सम्पादन गर्नुपर्ने काममा ढिलाइ भएको हो।
रानीजमरा कुलरिया आयोजनाः सिंचाइसँगै बल्यो बिजुली
कैलालीको सम्मफाँट । चित्ताकर्षक कर्णाली चिसापानीको पुल । निरन्तर बगिरहेको कर्णाली नदीको पनि नेपालको सबैभन्दा लामो नदीको आफ्नै विशेषता छ । त्यही पुलको पश्चिम कुनामा एउटा बाँध छ ।
सेती प्रादेशिक अस्पताल चौरासी वर्षमा, समस्या जस्ताको तस्तै
१९९७ सालमा प्राथमिक अस्पतालका रूपमा स्थापना भएको सेती प्रादेशिक अस्पताल ८४ वर्षे यात्रामा छ । सुदूरपश्चिम प्रदेशको एक मात्र सरकारीस्तरको यो ‘रेफरल’ अस्पताल हो । यस प्रदेशका नौ वटै जिल्लाबाट बिरामी रिफर भएर उपचारका लागि यहाँ आउने गर्छन् । यहाँको औषधी उपचार सेवा हेर्दा सेवाग्राहीलाई सास्ती भोग्नुबाहेक कुनै सुधार देखिँदैन ।
‘उपचारको अभावमा ज्यान गुमाउनु पर्दैन’
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पैसाको अभावमा उपचार सेवा नपाएर अब कोही कसैले पनि ज्यान गुमाउनु नपर्ने बताउनुभएको छ । नेपालको जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को सार्वजनिकीकरण कार्यक्रममा उहाँले यस्तो कुरा बताउनुभएको हो ।
डोजर पल्टिँदा चालकको मृत्यु
जिल्ला सदरमुकाम चैनपुर नजिक डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गए राति १० बजे पुरानो बसपार्क डोजर दुर्घटना हुँदा त्यसका चालक बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो ।
जाखोर तालमा आन्तरिक पर्यटकको भीड
अङ्ग्रेजी नयाँ वर्ष र सुदूरपश्चिमको मौलिक पर्व पुसे १५ को बेला धेरै आन्तरिक पर्यटकले धनगढीस्थित जाखोर तालको अवलोकन गरेका छन् ।
पहिरो पीडितलाई सोलार वितरण
कैलालीको चुरे गाउँपालिकाले पहिरो पीडितहरुलाई सोलार वितरण गरेको छ ।
एभोकाडोको विरुवा बाँड्दै कुँवर
जिल्ला समन्वय समिति अछामका प्रमुख ललितबहादुर कुँवरले व्यक्तिगत लगानीमा पाँच वर्षयता एभोकाडोको विरुवा बाँड्न थाल्नुभएको छ । कृषकलाई आधुनिक खेतीतिर आकर्षित गर्न निजी लगानीमा एभोकाडोको बिउ उमारेर विभिन्न स्थानमा वितरण गरिरहनुभएको हो । “एक वर्षमा ३०/४० हजारको बिउ उमारेर निःशुल्क बाँड्ने गरेको छु ।” कुँवरले भन्नुभयो, “राम्रो उत्पादन र आयआर्जनमा सहज भएकाले आफैँ बिउ उमारेर यहाँका कृषकलाई बाँड्ने गरेको छु ।”
आन्दोलनको तयारीमा मुक्त कमैया
कमैया मुक्त भएको २२ वर्ष पुग्दा पनि उचित पुनस्र्थापना नभएको भन्दै मुक्त कमैया तथा कमलरीले फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । मुक्त कमैया र कमलरीका अगुवाले सङ्घीय राजधानी काठमाडौँमा सरोकारवालासित भेटेर ११ बुँदे माग राखे । उनीहरूले आफ्ना मागहरूको यथाशीघ्र सम्बोधन नभएमा पुनः आन्दोलन गर्ने चेतावनी दिएका छन् । मुक्त कमैया तथा कमलरीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलगायतसँग भेट गर्नुभएको थियो ।
पुसे पन्ध्र र देउडा सुदूरपश्चिमको पहिचान
सुदूरपश्चिममा मनाइने पर्व पुसे पन्ध्रको अवसरमा आइतबार राजधानीमा सांस्कृतिक कार्यक्रमको आयोजना गरियो । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सो सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै पुसे पन्ध्र पर्व र देउडा गीत सुदूरपश्चिम क्षेत्रको पहिचानका रूपमा स्थापित भइसकेको बताउनुभयो । उहाँले सुदूरपश्चिमका सांस्कृतिक पर्वका बारेमा युवा पुस्तालाई जानकारी दिनुपर्ने र प्रवर्धनको आवश्यकता रहेको बताउनुभयो ।
पुनःस्थापना नहुँदा पहिरो प्रभावितको विचल्ली
कैलालीको चुरे गाउँपालिकाका बाढी, पहिरो प्रभावितहरुको विचल्ली भएको छ । थातथलोबाट विस्थापित भएको तीन वर्ष भए पनि पुनःस्थापना हुन नसक्दा उनीहरुको विचल्ली भएको हो ।
सुदूरपश्चिम सरकारले शाहको परिवारलाई दुई लाख क्षतिपूर्ति दिने
सुदूरपश्चिम सरकारले शुक्रबार ललितपुरको बालकुमारी घटनामा मारिएका अछामको चौरपाटी गाउँपालिकाका २२ वर्षीय वीरेन्द्र शाहको परिवारलाई क्षतिपूर्ति स्वरुप दुई लाख रुपियाँ दिने भएको छ।
गेटामा विश्वविद्यालय बन्ने प्रक्रिया अघि बढ्छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गेटामा मेडिकल विश्वविद्यालय बन्ने प्रक्रिया अघि बढ्ने बताउनुभएको छ ।
कसैको भागमा दालभात कसैको पुरपुरोमा हात
शिक्षकले तलबबाहेक पाउने थप सुविधा भनेको घरनजिकको विद्यालयमा अध्यापनको मौका मात्रै हो तर अङ्ग्रेजी विषय पढाउने शिक्षक गणेशदत्त पाण्डेयको जीवनमा भने यो सुविधा कहिल्यै लागु भएन । उहाँ झिसमिसेमै उठेर विगत २७ वर्षदेखि दैनिक दुई घण्टा पैदल हिँडेर विद्यालय जान बाध्य हुनुहुन्छ । दशरथचन्द नगरपालिका–४, जरगौँका पाण्डेय ४, ५ र ८ नम्बर वडाका आधा दर्जन विद्यालय छिचोलेर दशरथचन्द नगरपालिका–१०, बाराकोटास्थित दानेश्वर माविमा पुग्नुहुन्छ ।
वन फँडानीले मुहान सुक्यो
जिल्लाको सबैभन्दा अग्लो पहाडी क्षेत्रको घना जङ्गल फँडानीको चपेटामा छ । सामुदायिक वन अन्धाधुन्ध रूपमा स्थानीयले फँडानी गर्दा खानेपानीको मुहान सुकेका छन् । वन फँडानी कार्यप्रति सामुदायिक वन उपभोक्ता समिति पदाधिकारी र डिभिजन वन कार्यालयका कर्मचारी चुपचाप बसेका छन् । अमरगढी नगरपालिका–६ र ७ को डडेलधुरा–बैतडी जोड्ने महाकाली राजमार्गको भालुमारे सडकखण्डसँग जोडिएको यो वन फँडानीको चपेटामा छ ।
फोहोरबाट मल र ग्यास
कैलालीको धनगढीमा कुहिने फोहोरबाट खाना पकाउन सकिने ग्यास उत्पादन गरिँदै छ । धनगढी उपमहानगरपालिका–२ मा बायो प्लान्ट स्थापना गरी फोहोरबाट कम्प्रेस नेचुरल ग्यास (सिएनजी) उत्पादन गर्न थालिएको हो । यसलाई बायो मिथेन ग्यास भन्ने गरिन्छ । वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्र, धनगढी उपमहानगरपालिका र देव तालिम केन्द्रको लगानीमा प्लान्ट निर्माण गरिएको छ । यसलाई २० वर्षसम्म सञ्चालनको अधिकार भने देव तालिम केन्द्रले पाएको छ ।
मेलको खुदोले बजार खोज्दै
बाजुराको बुढीनन्दा नगरपालिका–८, पाण्डुसैनका स्थानीय महिलाले पछिल्लो समय वनमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट खुदो बनाउने काम सुरु गरेका छन् । असोजदेखि मङ्सिर महिनासम्म बुढीनन्दा नगरपालिकाको मेलापात वन जङ्गलमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट यहाँका स्थानीय महिलाले खुदो बनाउने गरेका हुन् ।