सङ्कटापन्न खरमजुरको खोजी
विश्वमै अति सङ्कटापन्न अवस्थामा रहेको खरमजुर (बेङ्गाल फ्लोरिकन) को शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खोजी तथा अनुगमन सुरु भएको छ । खरमजुरको सङ्ख्या, अवस्था पत्ता लगाउने उद्देश्य अनुरूप अनुगमन थालिएको हो । ‘स्विप’ र ‘क्यामरा ट्र्याप’ विधिमार्फत खरमजुरको अनुगमन भइरहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । निकुञ्जका सूचना अधिकारी मनोज ऐरले यसअघि खरमजुर देखिएको शुक्लाफाँटा, करैयाफाँटा, मोहनपुरफाँटा र मध्यवर्ती सामुदायिक वनमा खरमजुरको अनुगमन गरिने जानकारी दिनुभयो ।
छुवाछुत उन्मूलनमा दलितमै भाँडभैलो
बाजुरा जिल्लाको हरेक गाउँबस्तीमा जातीय विभेद तथा छुवाछुत गर्ने प्रचलन कायमै रहेको छ । माथिल्लो जातले दलित समुदायलाई निजी तथा सार्वजनिक क्षेत्रमा प्रवेशमा निषेध गर्दै आएका छन् ।बाहिरी रूपमा विभेद छैन भनिए पनि जिल्लाका हरेक गाउँबस्तीमा भने पहिलेदेखि चल्दै आएको जातीय विभेद तथा छुवाछुत गर्ने प्रचलन कायमै रहेको छ । गैरदलितले दलितलाई विभेद गर्ने चलन त पहिलादेखि नै थियो तर दलितले दलितलाई नै जातीय विभेद कायमै गरेको घटना जीवन्त छन् । दलित दलितबिचको जातीय छुवाछुत तथा विभेदले छुवाछुत उन्मूलनमा समस्या देखिएको छ । जातीय विभेद तथा छुवाछुत प्रथा रोक्नका लागि गाउँबस्तीमा गठन भएका दलित नेटवर्कले विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन् । दलितले दलितलाई नै जातीय विभेद गर्दै आएकाले यसलाई रोक्न समस्या भएको दलित नेटर्वक बाजुराले जनाएको छ । जातीय छुवाछुतको अन्त्य आफैँबाट गर्न आवश्यक रहेकाले पछिल्लो समय दलित समुदायको घरआँगनबाट नै जनचेतनामूलक कार्यक्रम सुरुवात गर्ने तयारी रहेको जिल्ला दलित नेटवर्क बाजुराका सचिव मिलन सुनारले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा पहिलेदेखि व्यापक छुवाछुत भइरहेको छ । यो अन्त्य गर्नका लागि पहिले दलितमै भएको विभेद रोक्नु पर्छ ।” यहाँको नौ वटै स्थानीय तहका ६९ वटा वडामै वडास्तरीय दलित नेटवर्क तथा नौ वटा पालिकास्तरीय दलि
शुक्लाफाँटामा बाह्रसिङ्गाको गणना हुँदै
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्वमै दुर्लभ मानिएको वन्यजन्तु बाह्रसिङ्गाको गणना तथा अनुगमन सुरु गरिएको छ । निकुञ्जले कर्मचारी परिचालन गरेर बाह्रसिङ्गाको अनुगमन तथा गणना कार्य अगाडि बढाएको हो ।
सवारी दुर्घटनाः सुदूरपश्चिममा साढे तीन वर्षमा ६ सय ७४ जनाको मृत्यु
सुदूरपश्चिम प्रदेशमा विगत साढे तीन वर्षको अवधिमा सवारी दुर्घटनामा परी छ सय ७४ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७७/७८ देखि गत फागुन मसान्तसम्म सुदूरपश्चिमका नौवटा जिल्लामा सवारी दुर्घटनाबाट छ सय ७४ जनाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।
समृद्धिका लागि सहकार्य
सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले समृद्धिका लागि समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । जिल्ला समन्वय समितिको छैटौँ सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री नियुक्त भइसकेपछि पहिलो पटक गृह प्रदेश भ्रमणमा रहेका मन्त्री जोशीले सङ्घीय सरकारबाट सञ्चालित योजनाको अनुगमन गर्नुभएको छ ।
गेटमा ‘फ्लड लाइट’
कैलालीको धनगढी उपमहानगरपालिकास्थित छ लेन सडकमा निर्माण गरिएको स्वागत गेटमा ‘फ्लड लाइट’ जडान गरिएको छ । उपमहानगरपालिका–१३ स्थित मोहनपुरमा निर्माण गरिएको स्वागत गेटमा ‘फ्लड लाइट’ लगाइएको हो । गेटमा जडान गरिएको लाइटका कारण जोकोहीले ‘आहा धनगढी सहर’ भन्ने गरेका छन् । चार लाख ४७ हजार रुपियाँ लगानीमा स्वागत गेटमा ३२ वटा ‘फ्लड लाइट’ जडान गरेको उपमहानगरपालिकाले जनाएको छ ।
कुलो खन्न गएकी महिलाको जलेर मृत्यु
वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते हुनुभएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
स्वास्थ्य बिमा सञ्चालन गर्न ध्यानाकर्षण
युनाइटेड मिसन अस्पताल पाल्पामा बन्द रहेको स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न मानव अधिकार रक्षक सञ्जाल पाल्पाले अस्पताल पदाधिकारीको ध्यानाकर्षण गराएको छ ।
कर्णाली पुलबाट हाम फालेका शाहीको शव भेटियो
कैलालीको चिसापानीस्थित कर्णाली नदीमा हाम फालेर बेपत्ता भएका युवकको शव फेला परेको छ ।
पहिलो दिनको एसइई परीक्षा शान्तिपूर्ण
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबारदेखि शान्तिपूर्ण वातावरणमा पहिलो दिनको परीक्षा सम्पन्न भएको छ ।
सुदूरपश्चिमका दुई मन्त्रीद्वारा पदभार ग्रहण
सुदूरपश्चिम प्रदेशका दुई बिना विभागीय मन्त्रीले बिहीबार मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ।
श्रीएयरको जहाज साढे दुई घण्टा आकाशमै
धनगढीबाट काठमाडौंका लागि उडेको श्रीएयरको फ्लाइट नम्बर २२८ खराब मौसमका कारण दुई घण्टा २२ मिनेट आकाशमै फन्को मारेपछि यात्रुले सास्ती भोग्नुपरेको छ ।
खुटिया पुलमुनि मृत पुरुष फेला
कैलालीको गोदावरी नगरपालिका –९ बल्मी गाउँका ५५ वर्षीय रामबहादुर नेपाली खुटिया पुलमुनि मृत भेटिनुभएको छ ।
अस्पतालको आधा करोड रुपियाँ भाडा उठेन
टीकापुर अस्पतालको जग्गा भाडामा लिएर व्यवसाय गर्दै आएका १०१ जना व्यवसायीले भाडा नतिरेको पाइएको छ । २०८० सालको पुस मसान्तसम्म ५३ लाख ४६ हजार रुपियाँ भाडा उठ्न बाँकी रहेको छ । भाडामा बसेका १०८ जनामध्ये सात जनाले मात्रै पूरै भाडा चुक्ता गरेका छन् । समयमा भाडा नतिर्ने १०१ जनाबाट उठ्न बाँकी बक्यौता ५३ लाख ४६ हजार रुपियाँ रहेको अस्पतालका लेखा अधिकृत निता रेग्मीले बताउनुभयो ।
शुक्लाफाँटामा खरमजुरको अनुगमन
सुदूरपश्चिम प्रदेशमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आजबाट अति सङ्कटापन्न खरमजुर चराको अनुगमन सुरु भएको छ ।
नाउपाद्वारा सुदूरपश्चिम मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता
नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षतामा पार्टी कार्यालय टीकापुरमा बुधबार बसेको संस्थापक केन्द्रीय समिति र प्रदेश सभा सदस्यहरूको बैठकले यस्तो निर्णय गरेको हो ।
रानाथारू समुदायमा होलीको उल्लास
परम्परागत थारु पहिरनमा सजिएका बालबालिकादेखि तन्नेरी हुँदै पाकासम्म होलीको रङमा रमाइरहेका छन् । दुई समूहमा रहेका उहाँहरू छुट्टाछुट्टै घेरामा गोलबद्ध छन् ।
धनगढीका नगर प्रमुख हमालकी छोरी सम्पर्कमा
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी जेठी छोरी आरती हमाल सम्पर्कमा आउनुभएको छ ।
सुदूरपश्चिम प्रदेशबाट एसइईमा पचपन्न हजार सहभागी हुने
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सुदूरपश्चिम प्रदेशबाट ५५ हजार १० जना विद्यार्थी सहभागी हुने भएका छन् । तीमध्ये २७ हजार २४४ छात्र र २७ हजार ७६६ छात्रा रहेका छन् । सुदूरपश्चिम प्रदेश शिक्षा विकास निर्देशनालयका सूचना अधिकारी कृष्णबहादुर बोहोराले एसइईको सम्पूर्ण तयारी सकिएको जानकारी दिनुभयो । यस प्रदेशका नौ वटै जिल्लाका लागि २११ परीक्षा केन्द्र, २११ केन्द्राध्यक्ष, ३७४ सहायक केन्द्राध्यक्ष तोकिएको बोहोराले बताउनुभयो ।
कर्णालीमा बेपत्ता शाहीको खोजी जारी
कर्णालीको पुलबाट नदीमा हामफालेर पौडी खेल्ने क्रममा बेपत्ता भएका ३० वर्षीय लोकेन्द्र शाहीको खोजी कार्य जारी रहेको छ । कैलाली र बर्दिया जिल्ला जोड्ने चिसापानीस्थित कर्णाली पुलबाट फागुपूर्णिमाको दिन दिउँसो १७ जनाले हामफालेका थिए । सोमध्ये १६ जना पौडी खेलेर पार भए पनि लोकेन्द्र बेपत्ता रहेका छन् । फागुपूर्णिमाको रमझमपछि मादक पदार्थ सेवन गरेका १७ जना युवाले पुलबाट हामफालेको बताइन्छ । उनीहरू पाइन्ट र जुत्तासहित नदीमा हामफालेका थिए ।
जनक शिक्षाको पाठ्यपुस्तक विक्री सुरु
जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले सुदूरपश्चिममा शैक्षिक सत्र सुरु हुने बित्तिकै विद्यार्थीका हातमा पाठ्यपुस्तक पुगाउने लक्ष्य अनुसार मङ्गलवारदेखि पाठ्यपुस्तक बिक्री वितरण सुरु गरेको छ ।
छ महिनादेखि कर्मचारीले तलब पाएनन्
सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले छ महिनादेखि तलब पाएका छैनन् ।
प्रमुख हमालकी छोरी गोवाबाट सम्पर्कविहीन
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन हुनुभएको छ ।
बिरामी हिमाली गिद्धको उद्धार
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ३ बाट बिरामी अवस्थामा रहेको हिमाली गिद्धको उद्धार गरिएको छ ।