• १५ वैशाख २०८१, शनिबार

खुटिया पुलमुनि मृत पुरुष फेला

blog

अविनाश चौधरी

धनगढी, चैत १५ गते । कैलालीको गोदावरी नगरपालिका –९ बल्मी गाउँका ५५ वर्षीय रामबहादुर नेपाली खुटिया पुलमुनि मृत भेटिनुभएको छ । 

हिजो साँझ घरबाट निस्केका नेपाली आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार मानसिक समस्या भएका नेपाली हिजो साँझबाट हराउनुभएको थियो । 

खोजी गर्ने क्रममा गोदावरी नगरपालिका –८ स्थित पुलमुनि आज बिहान मृत अवस्थामा फेला परेको कार्कीले बताउनुभयो ।