• १३ साउन २०८१, आइतबार

प्रमुख हमालकी छोरी गोवाबाट सम्पर्कविहीन

blog

सम्पर्कविहीन हुनु भएकी मेयर हमालकी छोरी आरती ।

अविनाश चौधरी

धनगढी, चैत १३ गते । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी जेठी छोरी आरती भारतको गोवाबाट सम्पर्कविहीन हुनुभएको छ । 

ओशो ध्यान गर्न केही महिनादेखि गोवामा बस्दै आएकी छोरी हिजोदेखि जोरबा वाईब आस्विन ब्रिजबाट सम्पर्कविहीन भएको प्रमुख हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ । 

उहाँले छोरीको खोजीमा सहयोग गरी दिन हुन गोवामा रहेका नेपालीलाई आग्रह गर्नुभएको छ । मेयर छोरी आरती ओशो साधक हुनुहुन्थ्यो ।