संरक्षणको पर्खाइमा गर्भा दरबार
राणाकालीन गर्भा दरबार जीर्ण बनेको छ । कैलालीको चुरे गाउँपालिका –४ खैरालामा रहेको सो दरबार संरक्षण नहुँदा जीर्ण बनेको हो ।
थारु संस्कृति संरक्षणमा सहयोगी बन्दै ‘माघी मिलन कार्यक्रम’
कञ्चनपुरमा थारु समुदायको संस्कृति जगेर्नामा ‘माघी मिलन कार्यक्रम’ सशक्त माध्यम बन्न थालेको छ । थारु समुदायको महत्त्वपूर्ण पर्व माघीका अवसरमा थारु बहुल गाउँहरूमा माघी मिलन कार्यक्रम आयोजना हुन थालेपछि संस्कृति जगेर्नामा टेवा पुगेको हो ।
थारु गाउँमा भलमन्सा (बरघर) चयन गर्ने काम सुरु
कैलालीको थारु गाउँमा भलमन्सा चयनको काम सुरु भएको छ । माघे सङ्क्रान्तिको दोस्रो दिनदेखि भलमन्सा चयनको काम थालिएको हो ।
पहाडी क्षेत्रमा रनपुतला पर्व विसर्जन गरिँदै
सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पुस १५ गतेदेखि सुरु भएको रनतपुतला पर्व विसर्जन गरिँदैछ । सुदूरपश्चिम प्रदेशका ग्रामीण क्षेत्रमा कतिपय स्थानमा माघ १ गते माघे संक्रान्तीको अवसरमा विसर्जन भइसकेको छ । कतिपय स्थानमा माघ ३ गते उत्तरायणी पर्वका दिन विसर्जन गर्ने चलन छ ।
खडेरीले बाली सुक्न थालेपछि किसान चिन्तित
माघ महिना सुरु भइसक्दा समेत वर्षा नहुँदा डोटीका ग्रामीण क्षेत्रमा लगाइएको हिउँदे बाली सुक्न थालेको छ । जिल्लाका विभिन्न क्षेत्रमा किसानले खेतमा लगाएको गहुँ, मसुरो, तोरीलगायतको हिउँदे बाली सुक्न थालेको हो ।
डोटीमा बँदेलको आक्रमणबाट घाइते महिलाको निधन
डोटीमा जङ्गली बँदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
बँदेलको आक्रमणबाट दुई जना घाइते
डोटीमा जङ्गली बँदेलको आक्रमणबाट दुई जना घाइते भएका छन् ।
महाकाली करिडोर विकासको मेरुदण्ड : प्रमुख सचेतक लेखक
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कञ्चनपुरबाट दार्चुलाको तिङ्करसम्म जोड्ने महाकाली करिडोर विकासको मेरुदण्डका रूपमा रहेको बताउनुभएको छ ।
मुकाम तोक्न सकस
भारतसँग सीमा जोडिएको भागेश्वर गाउँपालिकाले सदरमुकाम तोक्न सकेको छैन । गाउँपालिकाको मुकाम कहाँ राख्ने भन्ने विषयमा टुङ्गो लगाउन नसक्दा जनप्रतिनिधिको आलोचना बढ्दै गएको छ ।
पालिका बिदा व्यवस्थित गरिँदै
कैलालीका स्थानीय पालिकामा लगातार छ दिन बिदा परेको छ । सुदूरपश्चिम प्रदेश सरकारले भुवा पर्व र स्थानीय सरकारले दुई दिन माघी पर्वको बिदा दिएकाले यति लामो बिदा परेको हो । पुस २७
घरेलु सामग्री उत्पादनमा परिश्रम धेरै, आम्दानी कम
डोटीको केआईसिंह गाउँपालिका–४ वायलका ४५ वर्षीया डवल विकले निगालोको डोकोडालो बुन्न थालेको २५ वर्षभन्दा बढी समय भयो ।
गोदावरी धाममा माघी स्नान गर्नेको घुइँचो
मकर सङ्क्रान्तिका अवसरमा सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल कैलालीको गोदावरीधाममा माघी स्नान गर्नेहरूको घुइँचो लागेको छ ।
माघ लहैली सुरिक सिकार खैली रे हाँ...
कुहिरो र शिरशिर बताससँगै जाडो चरमचुलीमा छ । यो चिसो मौसममा मघौटा नाचगान एवम् गीतबासले थारु बस्ती भने तातिएको छ । बालबालिकादेखि वृद्धवृद्धासम्म रमाइ रहेका छन् । महान् पर्व एवम् नयाँ वर्ष माघ (माघी) को उल्लास थारु समुदायमा छाएको हो ।
नरहरि मनाइँदै: कागलाई सेल रोटी, मानिसलाई कन्दमूल
बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाका कागलाई सेल रोटी र मानिसले कन्दमूल खाएर मनाइने मौलिक पर्व नरहरि ( माघे सङ्क्रान्ति) पर्वको रौनक सुरु भएको छ ।
अमरगढीविरुद्ध अख्तियारमा उजुरी
डडेलधुरा सदरमुकाम अमरगढी नगरपालिकाविरुद्ध अख्तियारमा उजुरी बढेका छन् । चालु आर्थिक वर्षमा मात्रै यस नगरपालिकाबाट सञ्चालित योजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय
नेतृत्व विकास र आर्थिक उपार्जनमा सहकारी
कैलालीका विभिन्न स्थानीय तहका महिलाको नेतृत्व विकास तथा आर्थिक उपार्जनमा सहकारीले मद्दत गरेको पाइएको छ । विभिन्न निकायको प्रमुख जिम्मेवारीमा पुगेका महिलाको अनुभवमा केही सहकारी संस्थाले नेतृत्व विकासका साथै आर्थिक उपार्जनमा सहयोग पुगेको बताएका छन् ।
बाली जोगाउन खेतमै जाग्राम
कैलारी गाउँपालिका–३, भर्रीका कृषक नाथुराम चौधरीलाई गहुँबाली जोगाउन निकै चिन्ता छ । छाडा चौपायाले रातिको समयमा बाली सखाप पार्न थालेपछि उहाँ खेतमै जाग्राम बस्न थालेको महिना दिन भइसकेको छ ।
'मानव जातिको पहिचानका लागि कला संस्कृतिको जगेर्ना आवश्यक छ'
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री झपटबहादुर साउदले कला संस्कृति बिनाको मानव अपूर्ण हुने बताउनुभएको छ ।
थारु समुदायमा माघीको रौनक
तराईका भूमिपुत्र थारु समुदायमा माघ पर्वको रौनक सुरु भएको छ ।
सुन्तला बिक्री नहुँदा किसान मर्कामा
सुन्तला बिक्री नहुँदा बाजुराका किसान मर्कामा परेका छन् । किसानले उत्पादन गरेको सुन्तलाले कतै बजार पाएको छैन । कात्तिकमा पाकेको सुन्तला पुस महिनासम्ममा पनि बिक्री नभएको त्रिवेणी नगरपालिका–९, पैमाका धनराज उपाध्यायले बताउनुभयो ।
दाउरा चिर्न गएका बालकको रूखले च्यापिएर मृत्यु
दाउरा चिर्न गएका एक बालकको रूखमा च्यापिएर मृत्यु भएको छ । रामारोशन गाउँपालिका ७ सुतार निवासी केसे कामीको छोरा १४ वर्षीय जनक विकको ज्यान गएको हो ।
रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस
थारु आयोगले थारु जातिबाट अलग्गिएर छुट्टै जनजातिमा सूचीकृत भएको रानाथारु समुदाय थारुभित्रै हुनुपर्ने बहस चलाएको छ।
सिमसार क्षेत्रमा पाइने जलपन्क्षीहरुकाे गणना सुरु
विश्व सिमसार क्षेत्र तथा पहिलो चरा अभय आरण्य क्षेत्र घोडाघोडीमा जलपन्क्षीहरुकाे गणना सुरु भएको छ ।
प्राविधिक विश्वविद्यालय खोल्ने तयारी
सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय सञ्चालनको तयारी थालेको छ । सरकारले सम्भाव्यता अध्ययनका लागि तीन सदस्यीय कार्यदल गठन गरेको छ ।