• १३ साउन २०८१, आइतबार

सञ्चार क्षेत्रका समस्या समाधानमा पहल गर्छु : प्रदेश प्रमुख मिया

blog

प्रदेश प्रमुख नाजिर मिया स्थानीय दैनिक पत्रिकाका प्रकाशक÷सम्पादकसंगको भेटघाटका क्रममा । तस्बिर : प्रदेश प्रमुखको सचिवालय

प्रकाशविक्रम शाह

धनगढी, चैत १८ गते । सुदूरपश्चिम प्रदेश प्रमुख नाजिर मियाले सञ्चार क्षेत्रका समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको छ ।

आइतबार धनगढीका स्थानीय दैनिक पत्रिकाका प्रकाशक/सम्पादकसँगको भेटमा उहाँले सो कुरा बताउनु भएको हो । कोरोनापछि बिग्रँदै गएको आर्थिक अवस्थाले सुदूरपश्चिम क्षेत्रको सञ्चार क्षेत्रसमेत निक्कै प्रभावित भएकोमा दुःख व्यक्त गर्नुभयो । 

अब नयाँ आर्थिक वर्ष नीति तथा कार्यक्रम र बजेट आउने बेला भएको छ प्रदेश प्रमुख मियाले भन्नुभयो, मुख्यमन्त्री र सहितका सरोकारवाला प्रदेश सरकार निकायसँग सञ्चार क्षेत्रका समस्या बारे छलफल गरेर समाधानमा खोज्ने छु ।

उहाँले सञ्चार माध्यमलाई नयाँ प्रविधिसँगै आएका सामाजिक सञ्जालसँग प्रतिस्पर्धा गरेर अगाडि जान चुनौती रहेको पनि औँल्याउनुभयो ।  

सो अवसरमा स्थानीय दैनिकका प्रकाशक/सम्पादकले प्रदेश सरकारले सङ्घीय सरकारले झैँ कल्याणकारी विज्ञापन दिनुपर्ने, विज्ञापन नीति मोफसलका पत्रिका बचाउने गरेर बनाउनुपर्ने, पत्रपत्रिकाको अभिलेखीकरण गर्नुपर्ने लगायतका विषय उठाएका थिए । 

प्रदेश प्रमुखसँगको भेटघाटमा पत्रकार चित्राङ्ग थापा, कर्ण शाह, हेमन्त पौडेल, शिवराज भट्ट, प्रेम चौधरी, भावना जोशी, सुशील ढुङ्गाना, धर्म विक र प्रकाशविक्रम शाहलगायतको उपस्थिति रहेको थियो ।