• १३ साउन २०८१, आइतबार

रुखबाट लडेर महिलाको मृत्यु

blog

सङ्गीता तिमिल्सिना

बाजुरा, चैत २१ गते । भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको हिमाली गाउँपालिका –५ रिठ्ठाकी आपसरी बुढथापा रहनुभएको छ । 

बुधबार बिहान घरबाट घाँस खाट्न जानुभएकी ४१ वर्षीया बुढथापा बिहान करिब १० बजे स्थानीय बालभिटा भिरबाट करिब २ सय मिटर तल खस्नुभएको उहाँका आफन्त लंक कार्कीले बताउनुभयो । 

उहाँका श्रीमान, तीन छोराछोरीसहित ४ जना परिवार रहेकोे कार्कीले बताउनुभयो । मृतकको शव हिमाली गाउँपालिकाको एम्बुलेन्समा कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टमका लागि पठाइएको गाउँपालिकाका प्रतिनिधिले जनाएका छन् ।