• १३ साउन २०८१, आइतबार

हराउँदै सहकारी बचत खोज्दै सदस्य

blog

जीर्ण बन्दै गएको जगनाथ गाउँपालिकाको जनज्योती महिला सहकारी संस्थाको भवन । तस्बिर सौजन्य : केपी सार्की

शेरबहादुर सार्की

बाजुरा, चैत १७ गते । बाजुराका स्थानीयको आर्थिक अवस्थालाई मजबुत बनाउने उद्देश्यले  सञ्चालित जिल्लाका अधिकांश सहकारी संस्था पछिल्लो समय हराउन थालेका छन् ।

सहकारी संस्थाको उद्देश्यअनुसार काम गरेर आर्थिक कारोबार चुस्त दुष्ट राख्दै आएका केही संस्थाले आफ्नो आर्थिक कारोबार राम्रो सँग चल्दै आएपनि अधिकांश संस्था भने पछिल्लो समय हराउँदै गएका छन् ।

जिल्लाको पूर्वी उत्तर क्षेत्रमा पर्ने जगनाथ गाउँपालिकामा केही समय अघि निकै चर्चामा आएको जनज्योति महिला सहरकारी संस्था पछिल्लो समय गुमनाम अवस्थामा रहेको छ । सो संस्थाले स्थानीयहरूको आयआर्जनमा थप टेवा पुर्याउने लक्ष्यका साथ यहाँका सयौँ महिला सदस्यहरूबाट थुप्रै पैसा उठाउने गरेको थियो ।

पछिल्लो समय यो सहकारी संस्था टाँट पल्टिएपछि अहिले यहाँका महिलाहरूलाई आफूले जम्मा गरेको बचत समेत हात पार्न निकै सकस भएको छ । यो संस्थाका सदस्य प्राय सबै महिला छन् । पछिल्लो समय कारोबार सँगै सहकारीको भवन समेत जीर्ण बन्दै गएपछि अहिले यहाँका महिलाहरूले आफ्नो बचत समेत हात पार्न सकस भएको हो ।

२०६८ साल कात्तिक २८ गते सुरु गरेको सो महिला सहकारी संस्थाको कारोबार २०७८ साउन ८ गतेबाट रोकिएसँगै पछिल्लो समय यहाँका महिलाहरूले सहकारीलाई हिसाब माग्न सुरु गरेका हुन् सहकारीको कारोबार नहुँदा अहिले यो सहकारीको भवन समेत निकै जीर्ण बन्दै गएको छ । यहाँ भित्र रहेको संस्थाका कागजात समेत हराउँदै गएका छन् । 

पहिला संस्थाले राम्रो सँग लगानी गर्दै आएको रकम पछिल्लो समय असुली नभएपछि जनज्योति महिला सहकारी संस्था अहिले बन्द हुन पुगेको जगनाथ गाउँपालिका–१ लुमामा केपी सार्कीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “उता सहकारी संस्था सञ्चालन नहुँदा अहिले यसको भवन समेत निकै जीर्ण बन्दै गएको छ । महिलाहरूले जम्मा गरेको आफ्नो पैसा पाएका छैन । संस्थाको भवन भत्किएर यसमा गरेका कागजात समेत हराउँदै गएका छन् ।’’

मेरो आमा र श्रीमतीले सागको मुठा बेचेर पनि सहकारी संस्थामा पैसा जम्मा गर्नु भयो । अहिले त्यो पैसाको फाइदा पाउनुको उल्टै बचत मात्र माग्न जाँदा सहकारीका अगुवाहरूले उल्टै झपारेर फर्काउने गरेको सार्कीले बताउनुभयो ।

यो जनज्वोती महिला सहकारीमा संस्थामा साबिकको जगनाथ गाविसका १ देखि ९ सम्मका ३३२ महिलाहरूले झण्डै १२ लाख भन्दाबढी रकम जम्मा रहेका थिए । त्यो रकम १५० जनाले लिएको र अन्यले भने आफ्नो बचत समेत नपाएको संस्थाका अन्य महिला सदस्य बताउँछन् ।

दुई सय बत्तीस जना सदस्य रहेको यो सहकारी संस्थामा एघार जनाको कार्यसमिति छ । यो समितिले पटक पटक बैठक बसाल्न खोज्दा पनि कोही नआउने भएपछि संस्था बन्द हुन पुगेको जनज्योति सहकारी संस्थाका अध्यक्ष मायादेखि बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बचत गरेको रकमलाई सदस्यहरूमा नै लगाउन गरेका हौ । अहिले उनीहरूले नै लामो समय सम्म त्यो रकम रोकिदिएपछि संस्थाका अन्य सदस्यको बचत फिर्ता गर्न समस्या भएको हो ।”

साबिकको जगनाथ गाउँपालिका १ देखि ९ सम्मका महिलाहरूले जम्मा गरेको रकमलाई लगानी गरेको र अहिले त्यो रकम कसैबाट पनि सङ्कलन नभएपछि संस्था बन्द भएको अध्यक्ष बोगटीले बताउनुभयो ।

उहाँले भन्नुभयो, “बिस रुपियाँ बचत गर्ने सदस्यको  १६ देखि १८ हजार र एक सय रुपियाँ जम्मा गर्ने सदस्यहरूको पैँतीस हजार , एक हजार जम्मा गर्ने सदस्यको तीस हजार रुपियाँ सम्म रकम पुगेको छ ।” यो रकम सबै लगानी लगाएको छौँ । सो लगानी गरेको रकम अहिले सम्म असुली नभएकोले बचत फिर्ता गर्न समस्या भएको जनज्योति महिला सहकारी संस्थाकी अध्यक्ष बोगटीले बताउनुभयो ।