• ५ जेठ २०८१, शनिबार

सुदूरपश्चिममा आज सार्वजनिक बिदा

blog

धनगढीमा राना थारु समुदायले आज सडकमा फुटाएको खखडेहरा । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, चैत १९ गते । सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । तराईमा बसोबास गर्ने राना थारु समुदायको खखडेहरा पर्वको अवसरमा सरकारले प्रदेश भरी सार्वजनिक बिदा दिएको हो ।

एक महिना आठ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिनलाई खखडेहरा भन्ने गरिन्छ । आज बिहान खखडेहरा फुटाएर राना थारु समुदायको सबैभन्दा ठुलो पर्व होरी सकिएको छ ।