• १३ साउन २०८१, आइतबार

धनगढीका नगर प्रमुख हमालकी छोरी सम्पर्कमा

blog

आरती हमाल ।

प्रकाशविक्रम शाह 

यो पनि पढ्नुहोस

प्रमुख हमालकी छोरी गोवाबाट सम्पर्कविहीन

धनगढी, चैत १४ गते । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालकी जेठी छोरी आरती हमाल सम्पर्कमा आउनुभएको छ ।

उहाँ सोमबार भारतको गोवाबाट सम्पर्कविहीन हुनुभएको थियो । नगर प्रमुख हमालले सार्वजनिक गरेको विवरणअनुसार आरती कान्छी छोरी आर्जुको सम्पर्कमा आउनुभएको हो । 

आर्जु दम्पती आरतीको खोजीको लागि गोवा पुग्नु भएको थियो । आरती ओशो साधक हुनुहुन्छ । त्यसक्रममा उहाँ केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आउनुभएको थियो । उहाँ सोमबार भारतको जोरबा वाइब आस्बिन ब्रिजबाट सम्पर्कविहीन हुनुभएको थियो । 

यसअघि धनगढीका नगर प्रमुख हमालले सामाजिक सञ्जालमा एक सन्देश लेख्दै आफ्नो छोरीको खोजी कार्यका सहयोग गर्न भारतको गोवामा बस्ने नेपालीहरूलाई आग्रह गर्नुभएको थियो  ।