माछापालनतर्फ किसानको आकर्षण बढ्दो
पछिल्लो समय सुदूरपश्चिममा माछापालन व्यवसायतर्फ कृषकको आकर्षण बढ्दै गएको छ । यहाँका करिब दुई सयभन्दा बढी प्राकृतिक तालतलैया र सयौँ कृत्रिम पोखरीमा व्यावसायिक माछापालन हुँदै आएको छ ।
स्वास्थ्यकर्मीले पाएनन् तलब
एउटै जिल्लामा काम गर्ने स्वास्थ्य संस्थालाई सङ्घ, प्रदेश र स्थानीय तहमा विभाजन गर्दा कतै बजेट फालाफाल हुन थालेको छ भने कतै तलब खान नपाएर स्वास्थ्यकर्मीको बेहाल भएको छ । सङ्घीय सरकार मातहत रहेको झुलाघाट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई तलब खुवाउने बजेट नहुँदा मासिक ३२ हजार तलब खाँदै आएका स्वास्थ्यकर्मीको आधा तलब घटाएर मासिक १६ हजारमा झारिएको छ । घटाएको आधा तलबसमेत चार महिनासम्म आएको छैन । झुलाघाट सीमानाकाको स्वास्थ्य चौकीमा विभिन्न सरुवा रोग कोभिड, मलेरिया, एचआइभी जस्ता रोगको परीक्षण हुँदै आएको छ । ल्याब टेक्निसियन राजेन्द्र लोहारले जोखिमपूर्ण काम गर्दै आएका स्वास्थ्यकर्मीले चार महिनासम्म तलब नपाउँदा समस्या भएको पीडा सुनाउनुभयो ।
नौ वर्षसम्म बाइस प्रतिशत मात्रै
तीन वर्षमा निर्माण पूरा हुनुपर्ने डोटीको शिखर नगरपालिका–१० स्थित सेती नदीमाथि निर्माण भइरहेको मोटरेबल पुल निर्माणको प्रगति नौ वर्ष बितिसक्दासमेत २२ प्रतिशत मात्रै भएको छ । सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय कुलपाते डोटीका कार्यालय प्रमुख रमेश भट्टराईका अनुसार सेती नदीमा मोटरेबल पुल निर्माण गर्नका लागि सडक डिभिजन कार्यालय कुलपाते डोटी र निर्माण व्यवसायी कम्पनी पप्पु–राजेन्द्र जेभीबिच २०७१ साल असार २९ गते सम्झौता भएको हो । सम्झौता अनुसार तीन वर्षमा काम पूरा हुनुपर्ने थियो । तीन वर्ष पहिलो ठेक्का सम्झौता अवधि सकिएर पाँच पटक ठेक्काको म्याद थप भइसकेको छ । पछिल्लो सम्झौताको म्याद गत असार २८ गते सकिएको हो ।
मलामी गएकै बेला छोराको मृत्युको खबर सुनेपछि...
गाउँकै दाजु नाता पर्नेको दाहसंस्कार गरेर ५२ वर्षीया टेकबहादुर शाह घर फर्किँदै हुनुहुन्थ्यो । लुङग्राको थुवा लेक नजिक पुगेपछि साथमै घर फर्किरहेका काठेरुले फेसबुक हेरेपछि वीरेन्द्रको मृत्युको समाचार थापा पाए ।
एक वर्षमा दुई हजार बढीलाई डेङ्गु
सुदूरपश्चिम प्रदेशमा एक वर्षको अवधिमा दुई हजार ४९ जनालाई डेङ्गु सङ्क्रमण भएको छ । लामखुट्टेको टोकाइबाट सर्ने यो रोगको सङ्क्रमण वर्षभरि नै भएको हो ।
प्राकृतिक तालको संरक्षण सुरु
धनगढी उपमहानगरले नगर क्षेत्रमा रहेका प्राकृतिक तालको पहिचान गरी संरक्षण सुरु गरेको छ । नगर क्षेत्रभित्रका सबै वडा र सामुदायिक वनभित्र पर्ने अतिक्रमणमा परेका प्राकृतिक तालको लगत तयार गरी अतिक्रमण हटाएर दीर्घकालीनरूपमा संरक्षण गर्ने योजना सुरु गरेको हो ।
सडकबाट खसेर युवकको मृत्यु
दार्चुलामा सडकबाट खसेर एक युवकको मृत्यु भएको छ । अपि हिमाल गाउँपालिका-६ का १८ वर्षीय अशोकसिंह धामीको आज सडकबाट खसेर ज्यान गएको हो ।
जङ्गलमा खेर गएको मेलको खुदो बजारमा
बाजुराको बुढी नन्दा नगरपालिका –८ पाण्डुसैनका स्थानीय महिलाले पछिल्लो समय वनमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट खुदो बनाउने काम सुरु गरेका छन् । असोजदेखि मङ्सिरसम्म बुढीनन्दा नगरपालिकाको मेलापात वन जङ्गलमा पाकेर सधैँ खेर जाँदै गरेको मेलबाट यहाँका स्थानीय महिलाले खुदो बनाउने गरेका हुन् ।
रोग नियन्त्रण टोली झुलाघाटमा
नेपाल–भारत सीमानाकाबाट विभिन्न किसिमका सङ्क्रामक रोग भित्रिन नदिन रोग नियन्त्रण महाशाखाको टोली झुलाघाट पुगेर हेल्थ डेस्कको निरीक्षण गरेको छ । महाशाखाका डा. हेमन्त ओझासहितको टोलीले झुलाघाटमा रहेको हेल्थ डेस्कको सेवा प्रभावकारी बनाउन सरोकारवाला निकायसँग अभिमुखीकरणसमेत गरेको छ ।
जिप दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते
मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका ६ घर भएका जीप धनी अन्दाजी ३८ वर्षीय देवेन्द्रनाथ रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटमुनाबाट सिया ढुङ्गा जाँदै गरेको से१ज ९८९ नंको जिप मालिवन भन्ने ठाउँमा अनियन्त्रित भई दुुर्घटना भएको हुन सक्ने प्रहरी निरीक्षक किशोरसिं ऐरीले जानकारी दिनुभयो ।
एक रुख रोपे पाँच किलो चामल
बाजुरा जिल्लाको हिमाली गाउँपालिकाले स्थानीयलाई एक रुख रोपेर हुर्काएबापत पाँच किलो चामल प्रदान गरेको छ । हिमाली गाउँपालिकालाई हरियाली बनाउने उद्देश्यका साथ यस्तो अभियान सञ्चालन गरिएको हो । ‘हरियो हिमाली अभियान’ अन्तर्गत स्थानीयलाई पालिकाले एक रुख रोपेर हुर्काएबापत पाँच केजी चामल दिने गरेको गाउँपालिकाका कृषि विकास शाखा प्रमुख टोपबहादुर शाहीले बताउनुभयो । आर्थिक वर्ष २०७६/७७ बाट सञ्चालित सो अभियान अन्तर्गत पालिकाका सबै वडामा फलफूल (कागती, स्याउ, ओखर, आँप, अनार), डाले घाँसका बिरुवा (बाँच, कुमु, डालेपिपल) गरी आठ प्रजातिका बिरुवा रोपिएका छन् ।
लागुऔषध दुर्व्यसनीलाई सुधार्न आसरा
सुदूरपश्चिम प्रदेशमा लागुऔषध प्रयोगकर्ताको सङ्ख्या दिनानुदिन बढ्न थालेपछि दुई सय क्षमताको आसरा सुधारगृह (केन्द्र) सञ्चालनमा ल्याइएको छ । प्रदेश प्रहरी कार्यालय कैलाली र धनगढी उपमहानगरपालिकाको समन्वयमा उपमहानगरपालिका–१४, फूलबारीस्थित डी गाउँमा प्रदेशस्तरीय सुधार केन्द्र सञ्चालनमा आएको हो । यसको मुख्य कार्यालय भने केन्द्रीय राजधानी काठमाडौँको महाराजगन्जमा छ । सो केन्द्रको प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उद्घाटन गर्नुभएको हो ।
भारी बोकेरै घरखर्चको जोहो
बझाङको देउलेकका परमले बोहरा ३५ वर्षदेखि भारतीय सहर पिथौरागढमा भारी बोक्दै आउनुभएको छ । उहाँ भारी बोकेरै पाँच छोराछोरीको लालनपालन गर्दै आउनुभएको छ ।
कैलालीमा बाक्लो हुस्सु
कैलालीमा आज बाक्लो हुस्सु लागेको छ । पुस दोस्रो साताबाट कुहिरो लाग्न सुरु भएको हो ।
पाहुनाको पर्खाइमा होमस्टे
धनगढी उपमहानगरपालिका–१६ स्थित थारू होमस्टे सोचे अनुसार फस्टाउन सकेको छैन । कालोपत्रे सडक, यातायात, खानेपानीको असुविधादेखि लिएर व्यवस्थापकीय कमीका कारण अपेक्षा अनुसार होमस्टे फस्टाउन नसकेको हो । कला, संस्कृतिको संरक्षण गर्ने र धेरैभन्दा धेरै पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष सन् २०११ को अवसर पारेर भादा गाउँमा होमस्टे सञ्चालन गरिएको थियो ।
माटोको मायाले सीमामा सङ्घर्ष गर्दै बडुवालवासी
आफूले उपभोग गर्दै आएको जमिनको जग्गाधनी पुर्जासमेत छैनभन्दा आश्र्चय लाग्न सक्छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–३ बडुवाल टोलवासी विना जग्गाधनी पुर्जा जीवन यापन गर्न विवस छन् ।
ठेकेदारका कारण पुल निर्माण अलपत्र
सेती लोकमार्ग अन्तर्गत खप्तडछान्ना गाउँपालिकामा निर्माण गर्ने भनिएका दुई वटा पक्की पुल निर्माण कार्य अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण खप्तडछान्ना–१, कुचेखोला (कलिपछाई) र खप्तडछान्ना–७, गडरायमा निर्माण हुने भनिएका पुलको निर्माण कार्य अलपत्र परेको हो ।
हाते कागजबाट आत्मनिर्भर
उमेरले ७८ वर्ष पुगिसक्नुभएका वीरबहादुर चन्द गाउँमै हाते कागज उद्योग खोलेर नेपाली कागजको महत्व बुझाउँदै हिँड्नुभएको छ । पूर्व गाविस अध्यक्षसमेत रहनुभएका चन्द स्थानीय सरकारले नेपाली कागज किन्नुपर्ने माग राख्दै आउनुभएको छ । स्थानीय तहको सरकारले नेपाली कागज प्रयोग गर्ने चासो नदेखाउँदा उत्पादित हाते कागजका दुई हजार चार सय कोरी उद्योगमा थन्किएर बसेको उहाँले बताउनुभयो ।
फूलबारीमा आसरा सुधार केन्द्र सञ्चालन
। कैलालीको धनगढी उपमहानगरपालिका –१४ फूलबारीस्थित डी गाउँमा आसरा सुधार केन्द्र सञ्चालनमा आएको छ । लागुऔषध दुव्र्यसनीहरुलाई राख्नका लागि आसरा केन्द्र सञ्चालनमा ल्याइएको हो ।
आगलागीबाट घर जलेर नष्ट, बालकको मृत्यु
दार्चुलाको नौगाड गाउँपालिका –३ होपरीगाडको लामिडेरास्थित एक घरमा आगलागी हुँदा घर जलेर नष्ट भएको छ । आज बुधबार स्थानीय रणबीर (रन्बिर) टमटाको पत्थरले छाएको दुई तले घरमा आगो लागेपछि घर जलेर नष्ट भएको स्थानीय बसन्त ठगुन्नाले बताउनुभयो ।
दलित समुदायको अधिकारका लागि कञ्चनपुरमा दबाबमूलक अभियान
संविधानमा भएका दलितसम्बन्धी व्यवस्था पूर्णरुपमा कार्यान्वयन गराउनका लागि कञ्चनपुरमा दबाबमूलक अभियान सञ्चालन गरिएको छ । ‘हामी हाम्रा लागि पटक-पटक लड्यौँ, अरूका लागि अब उठौँ लडौँ’ भन्ने कञ्चनपुर जिल्लाव्यापी अभियान सञ्चालन गरिएको छ ।
सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण, भेरियन्ट पत्ता लगाइँदै
पछिल्ला महिनामा शून्य रहेको कोरोना भाइरसको सङ्क्रमण सुदूरपश्चिम प्रदेशमा पुनः देखिन थालेको छ । भारतबाट भित्रिने नागरिकको सीमा नाकामा गरिएको एन्टिजेन परीक्षणबाट पछिल्लो हप्तामा आठजनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।
राष्ट्रको विकासलाई गति दिन सुरक्षा सुनिश्चितता आवश्यक: प्रहरी महानिरीक्षक कुँवर
नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सुरक्षा सुनिश्चितता विना राष्ट्रमा विकासले गति लिन नसक्ने बताउनु भएको छ । डोटी जिल्ला सदरमुकाम सिलगढीमा जिल्ला प्रहरी कार्यालय डोटीका नवनिर्मित भवनहरूको उद्घाटनका क्रममा महानिरीक्षक कुँवरले भयरहित वातावरणको सृजना पश्चात् मात्र राज्यले लक्ष्य लिएको विकास सन्दर्भमा विभिन्न कार्यहरू बढाउन सकिने हुँदा सुरक्षा सुनिश्चितताका लागि नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहेको विषयमा जोड दिनु भयो ।
‘सुर्नया गाउँपालिका पूर्ण विद्युतीकरण हुन्छ’
बैतडी जिल्लाका १० वटा स्थानीय तहमध्ये सुर्नया गाउँपालिका अन्न भण्डारका रूपमा परिचित छ । जिल्ला सदरमुकाम पाटनबाट ३५ किलोमिटर पूर्वमा रहेको यो गाउँपालिकाको नामकरण सुर्नया नदीका नामले गरिएको छ । सुर्नया नदी किनार धान र गहुँ खेतीका लागि उर्वर रहेको छ । साबिक हटैराज, वासुलिङ, भौनेली, रौलेश्वर, शङ्करपुर र शि