• १३ साउन २०८१, आइतबार

जथाभाबी रङ, हिलो छ्याप्नेलाई कारबाही गरिने

blog

जिल्ला प्रशासन कार्यालय कैलाली ।

अविनाश चौधरी

धनगढी, चैत ५ गते । जिल्ला प्रशासन कार्यालय कैलालीले होलीको नाममा लोला हान्ने, पानी तथा हिलो छ्याप्ने, नमेटिने रङ लगाउनेलाई कानुनी कारबाही गर्ने भएको छ । 

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै होलीमा अमर्यादित कार्य गर्नेलाई कारबाही गर्ने जनाएको हो । कसैको इच्छा विपरीत रङ्ग लगाउने, बाटोमा ढुकेर बटुवालाई रङ्ग लगाउने, बाटो अवरोध गरी सवारी साधनबाट पैसा असुल्नेजस्ता कार्य नगर्न प्रशासनले आग्रह गरेको छ । 

यसैगरी, मादक पदार्थ तथा नशालु पदार्थ खुवाउने एवम् मादक पदार्थ सेवनगरी सवारी साधन चलाउनेजस्ता कार्य नगर्न प्रशासनको आग्रह छ । अरूलाई जिस्काउने, सार्वजनिक स्थानमा होहल्ला गर्ने, चर्को आवाजमा बाजा (डिजे) बजाउनेजस्ता अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजी जीवनमा असर पर्नेखालका कार्यहरू नगर्न र नगराउन प्रशासनले सचेत गराएको छ ।  

होलीमा यस प्रकारको गतिविधि गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रद्वारा जारी सूचनामा उल्लेख छ । प्रशासनले सबैलाई मर्यादित रूपमा होली पर्व मनाउन आग्रह गरेको छ ।