• १३ साउन २०८१, आइतबार

गुडिरहेको ट्रकमा आगलागी

blog

कैलालीको बर्दगोरिया गाउँपालिका –१ कट्टीपुरमा लाइटर बोकेको ट्रकमा लागेको आगो ।

चाँदनी आचार्य

घोडाघोडी (कैलाली), चैत ३ गते । गत फागुन २८ गते कर्णाली चिसापनीपुल मुखमा गुडिरहेको ट्रकमा आगलागी भइ ठुलो क्षति भएको घटना सेलाउन नपाउँदै शनिबार कैलालीमा पुनः लाइटर बोकेको अर्को ट्रकमा आगलागी भएको छ । 

बर्दगोरिया गाउँपालिका –१ कट्टीपुरमा गुडिरहेको ट्रकमा एक्कासी आगलागी भएको हो । विरगञ्जबाट धनगढीतर्फ गइरहेको प्रदेश ३०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागीको खवर पुगेपछि ईलाका प्रहरी कार्यालय सुखडबाट दमकलसहित प्रहरी घटनास्थलमा पुगेको थियो ।

लाइटर, खुुर्सानी, औषधी र बच्चाको डाइपर बोकेको ट्रकमा आगलागी भएको केही समयमै दमकल पुगेर आगो नियन्त्रणमा लिएको बताउँदै ईलाका प्रहरी कार्यालय सुखडका प्रमुुख डिएसपी बिरेन्द्र विश्वकर्माले ठुलो क्षति हुन नपाएको बताउनुभयो ।