• १३ साउन २०८१, आइतबार

डुङ्गा पल्टिँदा एक युवकको मृत्यु

blog

खप्तड छेडेदह गाउँपालिका ७ मा रहेको छेडेदह ताल । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, चैत ११ गते । बाजुराको छेडेदह तालमा डुङ्गा पल्टिँदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा खप्तड छेडेदह गाउँपालिका-७ लम्गाउँका वर्ष ३२ का वीरेन्द्र रावत छन् ।

चैत ११ गते खप्तड छेडेदह गाउँपालिका-७ मा रहेको छेडेदह तालमा चलाएको डुङ्गा पल्टिँदा रावत बेपत्ता भएका थिए । तालमा बेपत्ता भएका रावतको प्रहरीले खोजी गरेपछि हिजो बेलुका पाँच बजे मृतक फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

हिजो दिउँसो १ बजेर ३० मिनेटमा सो तालमा चलाएको डुङ्गा पल्टिँदा रावत बेपत्ता भएको भन्ने खबर प्राप्त भएसँगै प्रहरीले त्यहाँ गएर खोजी गरेपछि रावत मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कविन्द्रसिंह बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “मृतक रावतको पोष्टर्माटमका लागि अहिले जिल्ला अस्पताल बाजुरामा ल्याएको छ।”

डुङ्गमा सात जना सवारमध्ये ६ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख बोहराले बताउनुभयो ।