• १३ साउन २०८१, आइतबार

डुङ्गा पल्टदा युवक वेपत्ता

blog

खप्तड छेडेदह गाउँपालिका ७ मा रहेको छेडेदह ताल । तस्बिरः शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, चैत ११ गते । डुङ्गा पल्टदा बाजुरामा एकजना युवक वेपत्ता भएका छन् । वेपत्ता हुनेमा खप्तड छेडेदह गाउँपालिका –७ लम्गाउँका वर्ष ३२ का विरेन्द्र रावत रहेका छन् ।

खप्तड छेडेदह गाउँपालिका ७ मा रहेको छेडेदह तालमा चलाएको डुङ्गा पल्टदा रावत वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

आज दिउँसो १ बजेर ३० मिनेटमा सो तालमा चलाएको डुङ्गा पल्टदा रावत वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब निरीक्षक सुरेशबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “डुङ्गामा रहेका ७ जना सवारमध्ये ६ जना सकुशल रहेका र रावत भने वेपत्ता छन् ।”

अहिले जिल्ला प्रहरी कार्यालय बाजुराको प्रमुख कविन्द्र बोहरासहितको टोली घटनास्थलमा गएको र थप जानकारी आउन बाँकी रहेको बोहराले बताउनुभयो ।