माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु
तनहुँमा माछा मार्ने क्रममा करेन्ट लाग्दा एकको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका –६ कुम्ले खोलामा माछा मार्ने क्रममा शुक्लागण्डकी नगरपालिका –६ ओखले बस्ने वर्ष २८ को सन्तोष कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँडले जानकारी दिनुभयो ।
लागूऔषध र महिला हिंसा सामाजिक समस्याः गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले लैंगिक हिंसा र लागूऔषधलाई सामाजिक समस्याको रुपमा औंल्याउँदै यी समस्या निर्मूल पार्न सरकार गम्भीर रहेको उल्लेख गर्नुभएको छ।
बिकु फ्यामिलि कालोलाई उपाधि
बिकु कप फुटबल प्रतियोगिता–२०८० को उपाधि आयोजक बिकु फ्यामिलि कालोले जितेको छ ।
आर्मीलाई पहिलो पटक आहा रारा गोल्डकप उपाधि
आहा रारा पोखरा गोल्डकप फुटबलमा त्रिभुवन आर्मी क्लबले थ्रीस्टार क्लबलाई ३–० गोलले पराजित गर्दै इतिहास रचेको छ ।
व्यावसायिक च्याउ खेतीमा रमाउँदै कृषक
पूर्वी नवलपरासीमा व्यावसायिक च्याउ खेतीतर्फ आकर्षण बढ्दो छ । व्यावसायिक च्याउ खेतीबाट मनग्गे आम्दानी हुन थालेपछि नवलपुरमा फार्म दर्तागरी किसान सो खेतीतर्फ आकर्षित हुँदैगएका छन् ।
भ्रष्टाचारविरुद्धको अभियानमा राजनीतिक सौदाबाजी हुँदैन : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले चालेको सुशासनको अभियान कुनै पनि हालतमा नरोकिने बताउनुभएको छ ।
ठाडाखानी गाउँ
अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास रहेको म्याग्दीको रघुगंगा गाउँपालिका–६ स्थित ठाडाखानी गाउँ ।
दक्ष जनशक्तिको अभावले चियाखेती अलपत्र
दक्ष जनशक्तिको अभावमा जिल्लाको महाशिला गाउँपालिका-६ फलामखानीमा लगाइएको चियाखेती अलपत्र बनेको छ ।
‘हाम्रो लोकदोहोरी सहयात्री’ पुस्तक प्रकाशित
अर्जुन चौपारी गाउँपालिका–४ का लेखक सागर चापागाईँको ‘हाम्रो लोकदोहोरी सहयात्री’ पुस्तक प्रकाशन भएको छ ।
गाउँमा मोटर गुड्न थालेपछि घाँस र मल बोक्छन् खच्चड
एकदशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालले जोडिएका थिएनन् । टाढा यात्रा गर्दा पैदल नै हिँड्नुपर्ने बाध्यता थियो ।
मनाङमा माटामा घर पाउनै मुस्किल
कंक्रिटको घर निर्माणले तीव्रता पाएसँगै मनाङमा माटामा घरहरू पाउनै मुस्किल भएको छ । विकाससँगै बढ्दो पर्यटन अनि पश्चिमा संस्कृतिको प्रभावले गर्दा माटाका परम्परागत घरहरू मासिँदै गएका हुन् ।
कोरला नाका पन्ध्र दिनका लागि बन्द
हिमालपारिको जिल्ला मुस्ताङ र छिमेकी मित्रराष्ट्र चीन जोड्ने कोरला नाका यही माघ २५ गते देखि १५ दिनका लागि बन्द हुने भएको छ ।
लोप्रेमा लाटोकोसेरो तथा हुचिल उत्सव
म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा शुक्रबारदेखि ११औँ लाटोकोसेरो तथा हुचिल उत्सव सुरु भएको छ ।
मारुनी संरक्षणमा बुढापाका
मगर समुदायका लोकसंस्कृतिको रूपमा रहेको मारुनी नाच बिस्तारै हराउन थालेपछि जिल्लाका बुढापाका मगर यसको जगेर्ना गर्न सक्रिय भएका छन् । बुलिङटार–१ का गोपाल अस्लामी मगरले मगर जातिको पुस्तौँदेखिको महत्व राख्ने मारुनी नाच अहिले मगर समुदायमा नै हराउन थालेपछि यसको संरक्षणमा बुढापाका मगर लागिपरेको बताउनुभयो । मारुनी नाच मगर समुदायमा रमाइलो र महत्व झल्कने नाचका रूपमा लिइने उहाँको भनाइ छ ।
लोप हुन थाले जलवायु मैत्री घुमाउने घर
तनहुँमा जलवायु मैत्री घुमाउने घर लोप हुन थालेको छ । पहिले गाउँघरमा प्रशस्त देखिने घुमाउने घर आजकल विरलै देखिन्छ ।
सिमसार मासिदा हराउँदै छन् पानीचरा
नवलपुरमा पछिल्ला वर्षमा मानवीय कारणले सिमसार क्षेत्र मासिदै जाँदा पानीचरा हराउँदै गएका छन् । यहाँका सिमसार नासिएसँगै यहाँ पाइने चरामा भुँडीफोर (गरुड), किङफिसर, टुमटुमलगायतका चरा लोप हुन लागेको चराविदको भनाइ छ ।
तीन दिने चरा उत्सव कार्यक्रम हुने
नवलपुर सदरमुकाम कावासोतीमा तीन दिने चरा उत्सव कार्यक्रम हुने भएको छ । कावासोती –१३ मा माघ २६ देखि २८ गतेसम्म दोस्रो नेपाल चरा उत्सव हुने भएको हो ।
मगर दिवसमा सार्वजनिक बिदा
गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने गाउँपालिकाले जनाइएको छ ।
तल्लो सेती जलविद्युतबाट वार्षिक ५२ करोड युनिट विद्युत उत्पादन गरिने
तनहुँमा निर्माण हुने एक सय २६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन विद्युत विकास विभागमा बुझाइएको छ । तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन हालै बुझाइएको हो ।
हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य
सरकारको स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पाँच महिनादेखि शून्य छ । सिमेन्ट उत्पादनका लागि आवश्यक पर्ने कोइला अभाव भएकाले उत्पादन हुन नसकेको उद्योग प्रशासनले जनाएको छ ।
गाउँमा सडक पुग्यो, मासिए सम्पदा
उप्किएका छपनी र लथालिङ्ग परेका ढुङ्गा । वरिपरि सिस्नो र वनमाराको जङ्गल । लेउ लागेको कुवामा पातैपात । बाटैमा भेटिने बाँदर, तित्रा र कालिज भेटिने बेनी नगरपालिका–२ बगरफाँटदेखि वडा कार्यालय रहेको ज्यामरुककोटको भकुण्डेचौर जाने पुरानो गोरेटो बाटोको अवस्था हो यो ।
दुई कृषकलाई एक/एक लाखकाे पुरस्कार
स्याङ्जाको बिरुवा गाउँपालिकाले दुई कृषकलाई सम्मान गरेको छ ।
दुई जिल्लामा सीमित ‘रुट परमिट’ खारेज
गण्डकी प्रदेशको दुई जिल्लामा सीमित गरिएको सार्वजनिक सवारीसाधनको ‘रुट परमिट’ खारेज भएको छ । गण्डकी प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८० मा सार्वजनिक सवारीसाधनले प्रदेशभरिकै रुट परमिट लिन पाउने व्यवस्था गरिएको हो ।
राज्यलाई लुट्ने छुट कसैलाई छैनः गृहमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक व्यवस्था फेरिए पनि जनताको अवस्थामा परिवर्तन नभएको र सुशासनमा केही चुनौति देखिएको बताउनुभएको छ ।