• २८ पुस २०८१, आइतबार

मगर दिवसमा सार्वजनिक बिदा

blog

अमरराज नहर्की

तनहुँ, माघ १९ गते । तनहुँको म्याग्दे गाउँपालिकाले मगर दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिका अन्तर्गतका कार्यालय, वडा कार्यालय, सार्वजनिक निकाय, सङ्घसंस्था, शिक्षण संस्था बन्द रहने  गाउँपालिकाले जनाइएको छ ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठद्वारा शुक्रबार जारी विज्ञप्तीमा मगर दिवसको अवसरमा फागुन १५ गते मङ्गलबार सार्वजानिक बिदा दिईएको उल्लेख गरिएको छ । गाउँपालिकाको माघ १५ गतेको निर्णय अनुसार सार्वजानिक बिदा दिईएको विज्ञप्तीमा उल्लेख गरिएको छ । मगर समुदायको सम्मानका लागि बिदा दिने निर्णय गरिएको गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो । विगतका वर्षहरु गाउँपालिकाले मगर दिवसमा सार्वजानिक विदा दिइँदै आएको घिमिरेले बताउनुभयो । 

गाउँपालिकामा सबैभन्दा बढी मगर समुदायको बसोबास छ । म्याग्देमा मात्रै सात हजार भन्दा धेरै मगर समुदायको बसोबास छ । जिल्लाका स्थानीय तहले विभिन्न पर्व र अवसरमा सार्वजनिक बिदा दिँदै आएका छन् ।