घोषणामा पूर्ण साक्षर माझी बालबालिका निरक्षर
स्याङ्जाको गल्याङ नगरपालिका–९, कालीगण्डकी नजिकै रहेको माझी बस्तीका बालबालिका विद्यालय जाँदैनन् । विद्यालय जान उनीहरूलाई अभिभावकले प्रेरित पनि गर्दैनन् । यसको एउटै कारण हो घर नजिकै विद्यालय नहुनु । छिमेकी गाउँका बालबालिका विद्यालय गइरहँदा यो गाउँका बालबालिकाका हरेक दिन मनोरञ्जन र खेलमा रमाएर बित्ने गरेको छ । विद्यालयको मुख देख्न नपाउनुमा गाउँमा विद्यालय नहुनु हो । उनीहरूलाई पढ्नका लागि कालीगण्डकी नदी तरेर अर्को प्रदेशमा जानुपर्ने बाध्यता छ । यही बाध्यताका कारण अभिभावक आफ्ना बालबालिकालाई पढ्न पठाउँदैनन् ।
सम्बन्ध बिच्छेदका घटना बढ्दै
स्याङ्जा जिल्ला अदालत स्याङ्जामा सम्बन्ध बिच्छेद गर्ने संख्या बिकराल बन्दैगएको छ । यहाँ गत आबमा लगत सरेका तीनसहित पछिल्लो छ महिनामा २२२ जनाले सम्बन्ध बिच्छेदका मुद्दा दर्ता गरेका छन् ।
मनमोहन मेमोरियल यु–१६ क्रिकेट पोखरामा
तेस्रो संस्करणको मनमोहन मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो संस्करण माघ २८ देखि फागुन ७ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ ।
मुग्लिन-पोखरा सडक विस्तारका लागि बजारका घर भत्काउन आग्रह
तनहुँको व्यास नगरपालिकाले मुग्लिन-पोखरा सडक विस्तारका लागि सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरेको छ । दमौली बजार क्षेत्रका घर नभत्काउँदा काममा ढिलाइ भएकाले नगरपालिकाले घर भत्काएर सहयोगका लागि आग्रह गरेको हो ।
दर्शकको रोजाइमा मौलिक उत्पादन
मेला महोत्सव कसैको रमाइलो गर्ने थलो बन्छ भने कसैलाई राम्रो व्यापार गर्ने अवसर पनि बन्छ । अर्कोतर्फ स्थानीय मौलिक उत्पादनको बारेमा जानकारी दिने र बजारीकरण गर्ने गतिलो अवसर पनि बन्नेगरेको छ ।
ऐतिहासिक र पर्यटकीय गन्तव्य बन्दै त्रिवेणीधाम
पूर्वी नवलपरासीको त्रिवेणीधाम धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण स्थल हो । तमसा, स्वर्ण भद्र र नारायणी तीन नदीको सङ्गम स्थल भएकाले त्रिवेणी धामका रूपमा नामकरण गरिएको हो ।
बन्द उद्योग खुलाउन संसदीय समितिको चासो
नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोटमा बन्द अवस्थामा रहेको भृकुटी कागज कारखाना लिमिटेड बन्द भएकोबारे गण्डकी प्रदेशको अर्थ तथा विकास समितिले चासो देखाएको छ ।
भीमसेन थापा गाउँपालिकाको प्रशासनिक भवन निर्माण
गोरखाको भीमसेन थापा गाउँपालिकाले सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ । अघिल्लो नेतृत्वको कार्यकालभरि नै केन्द्र कहाँ राख्ने भन्ने विषयमा निकै लामो समयसम्म विवाद झेल्दै गरेको गाउँपालिकाले भने अहिले आएर सुविधा सम्पन्न अपाङ्गमैत्री भवन निर्माण गरेको हो ।
इतिहास सम्झाउने दुई सय वर्ष पुरानो ठकुरीको पँधेरो
तत्कालीन पर्वत राज्यअन्तर्गत प्रमुख सामरिकस्थल हो म्याग्दीको ज्यामरुककोट । बेनी नगरपालिका–२ स्थित यस स्थलमा आजभन्दा आठ सय वर्षअघि १२औँ शताब्दीमा बस्ती बसेको थियो ।
केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण
स्याङ्जाको वालिङमा सञ्चालित महोत्सवमा केराका थामबाट बनाइएका सामग्रीमा दर्शकको आकर्षण बढेको छ ।
पिप्ले–भगवती सडक कालोपत्र
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्लेबाट भगवती जोड्ने सडक कालोपत्र भएको छ । रघुगङ्गा–३ पिप्लेको रघुगङ्गा माविबाट वडा नम्बर २ को मैदान हुँदै जैसीखोरसम्मको सडक कालोपत्र भएको हो ।
मनाङमा पर्यटक घटे
अत्यधिक चिसोले पर्यटक आगमनमा कमी हुँदा होटल व्यवसायी मर्कामा परेका छन् । अन्नपूर्ण पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर पदमार्ग आसपासमा होटल व्यवसाय सञ्चालन गरेका दर्जनौँ व्यवसायी मर्कामा परेका हुन् ।
निसीखोलामा चार वर्षमा १८ झोलुङ्गे पुल निर्माण : फेरियो स्थानीयको दैनिकी
निसीखोला गाउँपालिका–९ की ममता घर्ती मगरको घर नजिकै खोला छ । खोला पारि गोठ र बारी छन् । दैनिक खोला पार गरेर पशुचौपायालाई घाँस पानी खुवाउन गोठमा पुग्नुपर्छ ।
तरकारी खेतीबाट मनग्गे आम्दानी
पूर्वी नवलपरासीका किसानले पछिल्लो समय तरकारी खेतीबाट मनग्गे आम्दानी गरिहेका छन् । जिल्लाको कावासोती नगरपालिका–२ मा भूमिसरा र श्यामकुमारी ठाडामगरले तरकारी खेतीबाट मनग्गे आम्दानी गर्दै आउनुभएको छ । ६० वर्षीय भूमिसरा विगत पाँच वर्षदेखि कावासोतीमा तरकारी खेती गर्दै आउनुभएको छ । तरकारी खेतीले जीवन नै फेरिएको छ । आफैँले तरकारी खेती गरी आम्दानी गरेपछि कसैसँग माग्न नपर्दा खुसी लागेको भूमिसरा बताउनुहुन्छ ।
चालिस करोडको अदुवा उत्पादन
अदुवाको मूल्यवृद्धि भएपछि नवलपरासीमा व्यावसायिक रूपमा अदुवा खेती गर्ने किसान खुसी भएका छन्। बुलिङटारका अदुवा कृषक रूपबहादुर थापामगरले यो जिल्लाबाट गत वर्ष ३० करोड रुपियाँभन्दा बढीको अदुवा बिक्री भएकामा यो वर्ष उत्पादन राम्रो भएकाले ४० करोड रुपियाँभन्दा बढीको अदुवा बिक्री गर्ने बताउनुभयो । पहाडी गाउँपालिका बुलिङटार र बौदीकाली व्यावसायिक रूपमा अदुवा खेती गर्ने पालिकाका रूपमा रहेका छन् । गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, हुप्सेकोट र विनयीत्रिवेणीका धेरै जसो वडामा व्यावसायिक रूपमा अदुवा खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।
तनहुँमा ‘अफ्रिकन स्वाइन फिभर’ रोगको महामारी
तनहुँमा जिल्लामा ‘अफ्रिकन स्वाइन फिभर’ रोगले बङ्गुर मर्न थालेपछि किसानहरू चिन्तित भएका छन् । भ्याक्सिन नभएकाले रोग नियन्त्रणमा लिन नसक्दा कतिपय किसानको बङ्गुर मरेर खोर रित्तिन थालेको छ ।
शीतोष्ण हावापानीका फलफूल जोगाउने प्रयासमा मार्फा
जलवायु परिवर्तनको कारणले शीतोष्ण हावापानीमा हुने फलफूलको उत्पादनमा गिरावट आउन थालेपछि शीतोष्ण बागवानी विकास केन्द्र मार्फाले आफ्नो फर्म उपल्लो मुस्ताङतर्फ बिस्तार गर्ने प्रक्रिया अगाडी बढाएको छ ।
रास्वपा सभापति लामिछानेविरुद्ध अनुसन्धान सुरु
कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान सुरु गरेको छ ।
म्याग्दीका घुम्ती गोठ रित्तिँदै
शरीरका लुगाफाटा च्यातिएका छन् । कपाल र दारी फुलेर सेता भएका छन् । गालाका छाला चाउरी पर्न थालिसकेका छन् । तर उमेरले ७० वर्ष पार गर्नुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिराप्रसाद तुलाचन अझै गोठालो जीवनमै सक्रिय हुनुहुन्छ ।
सडक सञ्जाल विस्तार मुख्य चुनौती
मनाङ जिल्लाको विकट मानिने नार्पाभूमि गाउँपालिकामा अहिलेसम्म सडक पुग्न सकेको छैन । जिल्ला सदरमुकाम चामे आउन तीन दिनको पैदल यात्रा गर्नु पर्छ । मनाङका अन्य तीन स्थानीय तह सदरमुकामसँग सडक पहुँचमा छन् तर नार्पाभूमि गाउँपालिका अझै सदरमुकामसँग सडक सञ्जालमा जोडिएको छैन । मनाङका जनप्रतिनिधिलाई सडक सञ्जाल विस्तार गर्नु नै मुख्य चुनौती बनेको छ ।
देवघाटमा पुरातत्व विभागद्वारा पञ्चदेवल निर्माण
तनहुँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिर परिसरमा पुरातत्व विभागले पाँच सय वर्षअघिका पञ्चदेवलको पुनःनिर्माण गरेको छ । पुरातत्व विभागद्वारा तीन वर्षअघि उत्खनन गरिएको स्थानमा मन्दिर निर्माण गरिएको हो ।
धर्मिक गन्तव्य बन्दै पौराणिक भूमि वाल्मीकि आश्रम
पौराणिक भूमि वाल्मीकि आश्रम नेपाली तथा भारतीय दर्शनार्थीका धार्मिक गन्तव्य बनेको छ । चितवन राष्ट्रिय निकुञ्जको जङ्गलभित्र अवस्थित सो आश्रममा रहेका पौराणिक महत्व बोकेका संरचना हेर्नका लागि विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।
गोरुले हानेर एकको मृत्यु
गोरखामा गोरुले हानेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी गाउँपालिका–४ स्थित खुदीटारका स्थानीय भोजबहादुर पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख अनुपम श्रेष्ठले जानकारी दिनुभयो ।
जमिनको बदलामा जमिन दिन माग
यहाँ निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाका प्रभावित बासिन्दाहरूले जमिनको बदलमा जमिन दिन माग राखेका छन् । राष्ट्रिय मानव अधिकार आयोगद्वारा सोमबार व्यास नगरपालिका–४ सिमलटारमा आयोजना गरेको तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित नागरिकको मानव अधिकारको अवस्था र परामर्श कार्यक्रममा प्रभावित सो माग राखेका हुन् ।