नेपाल लिटरेचर फेस्टिभल आजदेखि पोखरामा
प्राकृतिक सुन्दरतासँगै साहित्यिक रागले पनि पोखराको पर्यटनलाई चलायमान बनाउन थालेको छ । यतिखेर पर्यटकीय नगरी पोखरामा ११ औँ संस्करणको सूर्य नेपाल गाथा नेपाल लिटरेचर फेस्टिभलले साहित्य, भाषा, संस्कार र संस्कृति अनुरागीहरूलाई एकै स्थानमा जुटाएको छ ।
दुर्गम गुर्जामा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन
भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जामा स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन निर्माण भएको छ ।
विकास निर्माण सरकारको पहिलो प्राथमिकता : मन्त्री गुरुङ
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले विकास निर्माण सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ। स्याङ्जाको चापाकोटमा बिहीबारबाट सुरु भएको ‘दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८०’ को शुभारम्भ गर्नुहुँदै मन्त्री गुरुङले देशलाई समृद्ध बनाउनु आफूहरूको दायित्व र कर्तव्य रहेको बताउनु भएको हो।
दोस्रो चापाकोट महोत्सव सुरु
स्याङ्जाको चापाकोटमा दोस्रो चापाकोट महोत्सव एवम् व्यापार मेला २०८० सुरु भएको छ। “हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मूल नाराका साथ बिहीबारबाट महोत्सव सुरु भएको हो ।
समाधीस्थलमा रेलिङ र बिश्रामस्थल निर्माण
आँधीखोला गाउँपालिका–४ ध्याङसाङदीमा रहेको श्रवणकुमार समाधीस्थलमा रेलिङ र बिश्रामस्थल निर्माण गरिएको छ ।
राम मन्दिरको संरक्षण गर्न पक्की तटबन्ध निर्माण
कालीगण्डकी र रघुगंगा नदी कटानको उच्च जोखिममा परेको धार्मिक स्थल राममन्दिरको संरक्षण गर्न पक्की तटबन्ध निर्माण गरिएको छ ।
अन्तर्राष्ट्रिय म्याराथनमा मुख्यमन्त्री, प्रजिअ र प्रहरी उपरीक्षक दौडिने
पोखरामा शनिबार हुने १८औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा एक हजार आठ सय ७८ धावक दौडिने पक्का पाएको छ ।
वर्षौँदेखि अलपत्र लोकमार्ग कालोपत्र हुने आशा पलायो
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको बागलुङको बिहुँ–घोडाबाँधे खण्ड कालोपत्र हुने आशा पलाएको छ । वर्षौँदेखि अलपत्र परेको लोकमार्ग सरकारले स्रोत सुनिश्चितता गरेपछि पुनः काम सुरु हुने भएको हो ।
‘मनास्लु स्याउ ब्राण्डिङ गर्दैछौं’
गोरखाको गोरखा जिल्लाको हिमाल पारिको विकट गाउँपालिका चुमनुब्री साविकका सामगाउँ, ल्हो, प्रोक, बिही, छेकेम्पापर, चुम्चेत र सिर्दिबास गाउँ विकास समिति मिलेर बनेको हो । बुढीगण्डकी नदीको पश्चिमी भागमा पर्ने यो गाउँपालिका समुद्री सतहबाट एक हजार दुई ३९ मिटरदेखि आठ हजार एक ६३ मिटरसम्मको उचाइमा अवस्थित छ । नेपालको आठौँ उच्च शिखर मनास्लु हिमाल (८१६३ मिटर) यही गाउँपालिकामा पर्दछ । कुल जनसंख्या नौ हजार दुई सय ८९ जना रहेको यो गाउँपालिकामा गएको स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र)को तर्फबाट निमा लामा अध्यक्षमा चुनिनुभएको छ । गाउँपालिकाको समग्र विकास र गतिविधिबारे गोरखापत्रका सुलीकोट (गोरखा) समाचारदाता गुणबहादुर रोकाले गर्नुभएको कुराकानी :
प्रणय दिवसका दिन सम्बन्धविच्छेद
पछिल्लो समयमा नेपालमा प्रणय दिवस मनाउनेको सङ्ख्या बढ्दो छ । यस दिन मन परेको मान्छेलाई प्रेम प्रस्ताव राख्ने, प्रेममा रहेकाले एकअर्कामा प्रेमभाव साटासाट गर्ने, विभिन्न उपहार दिई मनाउने चलनसँगै विभिन्न विकृति पनि भित्रिएका देखिन्छन् । यही प्रणय दिवसमा नवलपुर गैँडाकोट–१२ का एक दम्पती भने सम्बन्धविच्छेद गर्न भन्दै न्यायालयको ढोका ढकढक्याउन जिल्ला अदालत नवलपुरमा पुग्यो । सहज र सुखी जीवनको खोजीमा धेरै महिला तथा पुरुषले सम्बन्धविच्छेदको बाटो रोजे जस्तै आफूहरूले पनि सम्बन्धविच्छेद गरेको रेनु दमाईं र सन्तलाल परियारको भनाइ छ । जीवनभर सँगै रहने वाचासहित विवाहको पवित्र बन्धनमा बाँधिएको र सँगै बाँच्ने कसम खाएर जोडिएको सम्बन्ध प्रणय दिवसका दिन तोडिएको सन्तलाल बताउनुहुन्छ ।
गण्डकी प्रदेशमा भोलि सार्वजनिक बिदा
गण्डकी प्रदेश सरकार स्थापना दिवसका अवसरमा यही फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी शुक्रबार प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमामा बिदा दिइएको जनाएको छ ।
‘अर्थतन्त्रको विकासमा उद्योगी र व्यवसायीको योगदान महत्वपूर्ण’
मुलुकको अर्थतन्त्रको विकासमा उद्योगी, व्यवसायीको योगदान महत्वपूर्ण रहेकोमा सरोकारवालाले जोड दिएका छन् । पोखरा औद्योगिक क्षेत्र उद्योग सङ्घको आज पोखरामा आयोजित २१ औँ वार्षिक साधारणसभामा सहभागी सरोकारवालाले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै राष्ट्रको समृद्धि हाँसिल गर्न सकिने धारणा राख्नुभयो ।
राहुघाटको सुरुङ एक हप्ताभित्र ‘ब्रेक थ्रु’ हुँदै
नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माण अन्तिम चरणमा पुगेको छ ।
एघार घण्टाभन्दा बढी विद्यालय खोलेर नमुना बनाइँदै जीवनज्योति
शिक्षाको गुणस्तर खस्किँदै गइरहेको आरोप सामुदायिक विद्यालयले खेपिरहेका बेला यहाँको जीवनज्योति माध्यमिक विद्यालयले नमूना अभ्यास थालेको छ ।
तनहुँमा २२ जनाले लिए गैरआवासीय नागरिकता
तनहुँबाट २२ जनाले गैरआवासीय नेपाली नागरिकता प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय तनहुँका प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमका अनुसार हालसम्म २२ वटा गैरआवासीय नेपाली नागरिकता जारी भएका छन् ।
आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै बागलुङको बेलढुङ्गा
चिसो मौसम सकिन थालेसँगै बागलुङको बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । बर्खादेखि सुनसान बनेको बेलढुङ्गामा दैनिक पर्यटक आउन थालेपछि चहलपहल बढेको हो ।
तनहुँमा १७ प्रतिशत मात्रै खर्च
तनहुँमा चालू आर्थिक वर्षमा विकास बजेट खर्च कछुवा गतिमा देखिएको छ । सात महिनाको अवधिमा तनहुँमा विकास बजेटतर्फ १७ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय तनहुँले जनाएको छ ।
कावासोती आइपुगे मिटरब्याजपीडित
न्यायको माग गर्दै पैदल मार्चपास सुरु गरेका मिटरब्याजपीडितको एउटा टोली १५ औँ दिनमा गए राति कञ्चनपुरको महेन्द्रनगरबाट नवलपुरको सदरमुकाम कावासोती आइपुगेको छ । पूर्वको काँकडभिट्टाबाट पैदल यात्रा सुरु गरेको अर्को टोली भने १५ औँ दिनमै मकवानपुरको हेटौँडा आइपुगेको छ ।
हिउँदे धान लगाउने चटारो
पूर्वी नवलपरासीमा हिउँदे (चैते) धान रोपाइँ सुरु भएको छ । नवलपुरमा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले हिउँदे (चैते) धान लगाउन व्यस्त रहेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये हुप्सेकोट गाउँपालिकाबाहेक अन्यमा हिउँदे धान गरिँदै आएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट–१०, ११, १२ र १३, देवचुली–१७, मध्यबिन्दु नगरपालिका–२ र ३, विनयीत्रिवेणी गाउँपालिका–१ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान खेती हुने गरेको छ । चैते धान हुने क्षेत्रका किसानलाई अहिले अर्मपर्म गरेर एकले अर्कालाई सघाउँदै चैते धान लगाउने चटारो रहेको छ ।
मानुङकोटको खानेपानी समस्या समाधान हुँदै
तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा खानेपानी समस्या समाधान हुने भएको छ । पछिल्लो समय सामाजिक सञ्जालमार्फत चर्चामा आएको पर्यटकीयस्थल मानुङकोटमा पानीको चरम अभाव थियो । सङ्घीय सरकारबाट चालु वर्षमा रु दुई करोड बजेट विनियोजन भएपछि यस स्थानमा पानी ल्याउन ट्याङ्की निर्माण हुन थालेको छ ।
छ केजी सुन र ६३ लाख नगदसहित भारतीय नागरिक पक्राउ
कास्की प्रहरीले स्रोत नखुलेको छ केजी सुन र ६३ लाख ८१ हजार नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले भारतको पश्चिम बङ्गाल मेदिनीपुर घर भई अहिले पोखरा–२, मोहरिया बस्ने सुरजित भौमिकलाई पक्राउ गरेको हो ।
सुस्तामा सास्ती, ‘पढ्न नपाएर जीवन अन्धकार भयो’
सुस्ता वडा नम्बर ५ का गुड्डु खटिएको उमेर अहिले २० वर्ष भयो। ११ वर्षमा उहाँले कक्षा पाँच पास गर्नुभयो। उहाँको चाहाना अलि धेरै पढ्ने थियो। तर गाउँमा भएको एउटा मात्र श्री जनता दलित आधारभूत विद्यालयमा पाँचसम्म मात्र पढाई हुन्थ्यो। ६ कक्षा पढ्नका लागि यता भारतको बिहार हुँदै हिँडेर नेपालको बलिनगर जानुपर्थ्यो अथवा ढुङ्गा चढेर नारायणी पार गरेर जानुपर्थ्यो।
पोखरा चैतभित्रै पर्यटनको राजधानी : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चैत महिनाभित्रै पोखरा महानगरलाई पर्यटनको राजधानी सहर घोषणा गरिने बताउनुभएको छ ।
नेप्से परिसूचकमा ३० दशमलव ५६ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३० दशमलव ५६ अङ्कले घटेर दुई हजार ७० दशमलव ५९ को बिन्दुमा कायम भएको छ । आज तीन सय पाँच कम्पनीका एक करोड २१ लाख ६५ हजार दुई सय दुई कित्ता शेयर ८२ हजार आठ सय ९९ पटक खरिद बिक्री भएका छन् ।