बिदापछि मनाङका तीन विद्यालय खुले
पुस लागेसँगै जाडो बिदा गरी बन्द भएका मनाङका विद्यालयहरु खुल्न थालेका छन् । ४५ दिनको जाडो बिदापछि एसईई परीक्षालाई मध्यनजर गरी मनाङका तीन विद्यालय खुलेका हुन् ।
कालीगण्डकी नदीले हाम्रो जीवनलाई सिञ्चित गरेको छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले शालाग्रामले परिचित पवित्र कालिगण्डकी नदीले हाम्रो जीवनलाई सिञ्चित र ऊर्जा प्रदान गरेको बताउनुभएको छ ।
राष्ट्रपति पौडेल बागलुङ पञ्चकोटमा
राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट आउनुभएको छ । बुधवारदेखि पञ्चकोटमा सञ्चालित अनन्तश्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल यहाँ आउनुभएको हो ।
पालिकाको मुहार फेर्न लागिपरेका छौँ
बागलुङ जिल्लाको दक्षिणी भेगमा पर्ने बरेङ गाउँपालिकामा साबिकका धुल्लुबास्कोट, हुग्दीशिर, बाटाकाचौर, सल्यान र सुखौरा गरी पाँच वटा गाविस समावेश गरिएको छ । पूर्वमा बागलुङ जिल्लाको जैमिनी नगरपालिका, पश्चिममा गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका, उत्तरमा गल्कोट नगरपालिका र दक्षिणमा गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका पर्दछन् । यस गाउँपालिकामा जिल्लाकै प्रसिद्ध साग्दी सत्यवती मन्दिर रहेको छ । जिल्लाको दुर्गम गाउँपालिकका रूपमा परिचित रहेको पालिका स्थानीय तह कार्यान्वयन आएसँगै विकास निर्माणले गति लिन थालेपछि सुगम पालिकाका रूपमा चिनिन थालेको छ । ३३ वर्षको उमेरमा पालिका अध्यक्षमा निर्वाचित कृष्णप्रसाद शर्मा २०७९ सालको स्थानीय तहको निर्वाचनमा पुनः दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो । अध्यक्ष शर्मासँग गोरखापत्रका पत्रकार ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी :
मालिकाको पन्थोकमा दशकोठे पक्की विद्यालय भवन निर्माण
पश्चिम म्याग्दीको मालिका गाउँपालिका–५ पन्थोकमा भीम माध्यमिक विद्यालयको १० कोठे भवन निर्माण भएको छ । गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५०, गाउँपालिकाको ४० र स्थानीयबासीको १० प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको उक्त भवनको बुधबार विद्यालयमा आयोजित एक कार्यक्रमकाबीच पाहार ट्रष्ट युकेका प्रेसिडेन्ट हवार्ड ग्रिन (एमबीई) र मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले संयुक्तरुपमा उद्घाटन गर्नुभएको छ ।
पोखराका ताल र खोलामा नयाँ मापदण्ड
पोखरा महानगरले भवन, पूर्वाधार, खोला, खोल्साको नयाँ मापदण्ड सार्वजनिक गरेको छ । आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले पोखरा महानगरपालिका भवन तथा पूर्वाधार मापदण्ड–२०८०’ सार्वजनिक गर्नुभएको हो ।
एक करोड २२ लाख लगानीमा विद्यालय भवन निर्माण
म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविमा निर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रस्ट नेपाल पोखराको ५० प्रतिशत,गाउँपालिकाको ४० प्रतिशत र स्थानीयबासीको दश प्रतिशत आर्थिक साझेदारीमा निर्माण भएको दश कोठे भवनको बुधवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।
राष्ट्रपति पौडेल आज बागलुङ पञ्चकोट आउनुहुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज बिहीबार बिहान बागलुङ नगरपालिका ६ स्थित सर्वसिद्धिधाम पञ्चकोट आउँदै हुनुहुन्छ । बुधवार देखि पञ्चकोटमा सञ्चालित अनन्त श्री ब्रह्माण्डीय महायज्ञको दोस्रो दिन सहभागी हुन राष्ट्रपति पौडेल यहाँ आउन लाग्नुभएको हो ।
द्रव्य शाह क्याम्पसमा विद्यार्थीले लगाए ताला
गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पासमा नेपाल विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी र अनेरास्ववियुले संयुक्त रुपमा ताला लगाएका छन् ।
राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको राष्ट्रिय पत्रकारिता पुरस्कार सुनारलाई
नवलपुरमा स्थापित राधा क्यान्सर सचेतना तथा हिंसाविरुद्वको चौथो राष्ट्रिय पत्रकारिता पुरस्कार नागरिक दैनिकमा कार्यरत सूर्यविनायक ३ भक्तपुरका पवित्रा सुनारलाई प्रदान गरिएको छ ।
सोह्र महिनामा काम सक्ने सम्झौता भएको पुल सात वर्षसम्म अलपत्र
सात वर्षअघि निर्माण थालिएको अस्तु–ओडारबोट मोटरेवल पुल हालसम्म सम्पन्न हुन सकेको छैन । खोलाको वरिपरि ठडिएका दुई पिल्लर भत्कन थालेका छन् । फलामका रडमा खिया लागेको छ ।
पालिकाले आफ्नै पाठ्यपुस्तक बनाउँदै
आँधीखोला गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक बनाउने काममा तीव्रता दिएको छ । एक वर्षबाट कक्षा १ देखि ८ मा पाठ्यक्रमको आधारमा स्थानीय सामग्री पढाएको आँधीखोलाले आगामी आर्थिक वर्षबाट पुस्तकबाट पढाउने गरी तयारी थालेको हो ।
पुस्तकालय स्तरोन्नतिका लागि अनुदान
सामुदायिक तथा सार्वजनिक पुस्तकालय स्तरोन्नतिका लागि गण्डकी प्रदेश सरकारले अनुदान दिएको छ । प्रदेशका १५ वटा पुस्तकालय छनोट गरी कार्यक्रम कार्यान्वयनका लागि सम्झौता गरिएको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बस्ती संरक्षणका लागि कालीगण्डकीमा तटबन्ध
बागलुङ नगरपालिका–१ स्थित मालढुङ्गा क्षेत्रको बस्ती कालीगण्डकी नदीको उच्च जोखिममा परेपछि तटबन्ध गर्न थालिएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमार्फत तटबन्ध निर्माण जारी छ ।
सुरु हुँदै ब्रह्माण्डीय महायज्ञ
बागलुङको धार्मिक पर्यटकीय स्थल सर्वसिद्धिधाम पञ्चकोटमा बुधबारदेखि सुरु हुने ब्रह्माण्डीय महायज्ञको तयारी पूरा भएको छ । बागलुङ नगरपालिका–६ मा पर्ने पञ्चकोटलाई धार्मिक गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले महायज्ञको आयोजना गर्न लागिएको हो । महायज्ञलाई सम्बोधन गर्न दोस्रो दिन फागुन १० गते राष्ट्रपति रामचन्द्र पौडेल पञ्चकोट आउन लाग्नुभएको हो ।
गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्दै गण्डकी सरकार
गाँजा खेतीलाई वैधानिक बनाउन ऐन निर्माण गरिरहेको गण्डकी सरकारले प्रदेशमा यसको सम्भावनाबारे अध्ययन गर्ने भएको छ । प्रदेशका विभिन्न जिल्लामा प्राकृतिक रुपमा प्रशस्त मात्रामा उम्रिने गाँजाको सम्भाव्यता अध्ययन गर्न कृषि तथा भूमि व्यवस्था मन्त्रालयले आइतबार परामर्शदाता माग गरेको छ ।
सुन्तला बेचेर कृषकले उमाचोकमा भित्र्याए पाँच करोड
तनहुँको म्याग्दे गाउँपालिका–२, उमाचोकका किसानले यसवर्ष सुन्तला बिक्री गरेर पाँच करोड रूपियाँभन्दा बढि रकम भित्राएका छन् । गत वर्षभन्दा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको उमाचोक सुन्तला ब्लक सञ्चालक समितिले जनाएको छ ।
विद्यालय भवन निर्माण
म्याग्दीको मालिका गाउँपालिका–५,मगरदाङस्थित गौ बोम बस्त माविको भवन निर्माण गरिएको छ । गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखरा, गाउँपालिका र स्थानीयवासीको संयुक्त आर्थिक साझेदारीमा भवन निर्माण गरिएको हो ।
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
नवलपुरमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
पाल्पाको विजयी सुरुवात
प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगितामा पाल्पाले विजयी सुरुवात गरेको छ ।
लोपोन्मुख गिद्ध संरक्षणमा चासो
नवलपुरको कावासोती–१३ मा लोपोन्मुख गिद्ध संरक्षण गर्न जटायु रेष्टुरेन्ट स्थापना गरिएको छ । गिद्ध संरक्षणका लागि समुदाय स्तरमा नेपालमा पहिलोपटक सन् २००६ मा गिद्ध अर्थात् जटायु रेष्टुरेन्टको स्थापना गरिएको थियो । १८ वर्ष अगाडि स्थापना भएको जटायु रेष्टुरेन्ट पर्यापर्यटनको गन्तव्यमा रूपमा विकास हुँदै गएको छ ।
म्याग्देमा नवप्रवर्द्धन युवा व्यवसायी सम्मेलन
जिल्लाको म्याग्दे गाउँपालिकाले आफ्नो क्षेत्रको आर्थिक विकासका लागि नवप्रवर्द्धन युवा व्यवसायी सम्मेलनको तयारी गरेको छ ।
दुई हजारभन्दा बढीको निःशुल्क मुटु परीक्षण
पुतलीबजार नगरपालिका र सेभ द हर्टले पुतलीबजारमा गरेको निःशुल्क मुटु स्वास्थ्य शिविरमा दुई हजार ५० जनाले मुटुको परीक्षण गर्नु भएको छ ।
बाल सुधार गृहमा झडप : तीन बालक घाइते
पोखरा महानगरपालिका वडा नम्बर १८ को सराङकोट, ग्यारजातीमा रहको बाल सुधार गृहमा झडप हुँदा तीन बालक घाइते भएका छन् ।