पोखरा म्याराथनमा केन्याली धावकको वर्चस्व
सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधिमा केन्याली धावकले वर्चस्व कायम गरेका छन् । पोखरा रङ्गशालाबाट शनिबार बिहान सुरु भएको १८औँ संस्करणको यो म्याराथनमा जुलियस मरुयाली वाहोम पहिलो हुनुभयो ।
मुग्लिन-पोखरा सडक विस्तार : दुलेगौंडा बजार कालोपत्र
पृथ्वीराजमार्गको पोखरा-मुग्लिन सडक विस्तार आयोजना अन्तर्गत पश्चिम खण्डमा तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौंडामा कालोपत्रे सुरु भएको छ ।
म्याग्दीमा पाँच हजार सवारी कारबाहीमा
जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गरेका साढे पाँच हजार भन्दा बढी सवारी साधनलाई कारबाही गरेको छ।
जगत्रदेवी साहित्य सम्मान डुम्रेलाई
जगत्रदेवी साहित्य सङ्गम गल्याङ, स्याङ्जाले गल्याङ नगरपालिका–३ मा काव्यकृति विमोचन, स्रष्टा सम्मान तथा काव्य गोष्ठी समारोह–२०८० गरेको छ । समारोहमा साहित्यकार सूर्यप्रसाद डुम्रेलाई सम्मान प्रदान गरिएको छ ।
पढ्दै कमाउँदै : विद्यार्थी चित्रकलामा रमाउँदै
तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित मित्रता माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत मनीषा भुजेल चित्रकलाको सीप सिकेपछि उत्साहित हुनुहुन्छ ।
एग्रो रिसोर्ट आन्तरिक पर्यटकको रोजाइमा
स्थानीय खानाका परिकारसँगै प्रकृतिसँग रमाउँदै साहसिक पर्यटक बटुल्ने लक्ष्यसहित खोलिएको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’ ले पूर्णता नपाउँदै धेरैको रोजाइमा पर्न थालेको छ ।
निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-५ बुद्धचोकमा निर्माणाधीन पृथ्वीचन्द्र अस्पताल अन्तिम चरणमा पुगेको छ ।
बागलुङको विकट गाउँमा सडक पुगेपछि स्थानीय हर्षित
बागलुङको ढोरपाटन नगरपालिका-६ पुरानो गाउँमा पहिलो पटक मोटर बाटो पुगेपछि स्थानीय हर्षित भएका छन् । जिल्लाको निकै विकट मानिने पुरानो गाउँमा नगरपालिकाले यस वर्ष सडक पुर्याएको हो ।
धार्मिक पर्यटन प्रवर्द्धन गर्न पञ्चकोटमा पाँच हजार किलोको घण्ट
बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा पाँच हजार पाँच सय ५५ किलोको मुक्तिनाथ महाघण्ट राखिएको छ । बागलुङ नगरपालिका-५ स्थित पञ्चकोटलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि यहाँ महाघण्टा राखिएको हो ।
बेँसीसहर–चामे सडक : ट्याक खोलेको २९ वर्षपछि कालोपत्र गरिँदै
मनाङलाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुरूप २०५१ सालदेखि सडक डिभिजन कार्यालय तनहुँले निर्माण सुरु गरेको डुम्रे बेँसीसहर–चामे सडक सात किलोमिटर सडक कालोपत्र गरिएको छ ।
विद्यार्थीलाई बाख्रा सहयोग
धेरै जसो विद्यालयमा विद्यार्थीलाई छात्रवृत्ति स्वरूप कापी, कलम तथा नगद दिने गरिएको छ तर तनहुँको एक विद्यालयद्वारा बाख्रा प्रदान गरेको छ । यस्तो प्रदान गर्नेमा आँबुखैरेनी गाउँपालिका–१ सत्र सय स्थित मित्रता माध्यमिक विद्यालय रहेको छ ।
पोखरामा डेढ अरब लगानी हुने
पोखरा महानगरमा हरित रोजगारी सिर्जनासम्बन्धी परियोजना कार्यान्वयनका लागि करिब डेढ अब विदेशी लगानी हुने भएको छ ।
संघीयतालाई सफल बनाउन संघीय सांसदको क्रियाशीलता आवश्यक छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघीयतालाई सफल बनाउनका लागि संघीय सरकार मात्र नभई अब संघीय सांसदको पनि क्रियाशीलता आवश्यक रहेको बताउनुभएको छ।
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु
तनहुँमा दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । शुक्रबार बिहान र बिहीबार साँझ भएको दुर्घटनामा उहाँहरुको मृत्यु भएको हो ।
नवलपुरमा बाघ मृत भेटियो
जिल्लाको मध्यबिन्दु नगरपालिका १० अरुणखोलाको वनमा भाले बाघ मृत भेटिएको नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो ।
पर्यटकीय गन्तव्य बन्दै झरना खोला
पूर्वी नवलपरासीमा रहेका पर्यटकीय स्थलमा पर्यटकको चाप बढेको छ । प्राय सुनसानजस्तो रहने पर्यटकीय क्षेत्रमा अहिले आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
सुन्तला बेचेर कमलले कमाउनुभयो ४० लाख
तनहुँको शुक्लागण्डकी नगरपालिका-११ नाम्सीकोटका कमल महतले यस वर्ष सुन्तला बेचेर ४० लाख आम्दानी गर्नुभएको छ । वैदेशिक रोजगारीबाट फर्किएर सुन्तलाखेतीमा आबद्ध महतले सुन्तलाबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।
बजेट विनियोजनको पाँच वर्षपछि पुल निर्माण हुँदै
बजेट विनियोजन हुन थालेको पाँच वर्षपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग र वडा नं ५ पाउद्धार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।
माथिल्लो ठूलोखोला ‘ए’ जलविद्युत आयोजना निर्माण तिव्र
ठूलो खोला हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको जलविद्युत आयोजनालाई आगमी डेढ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य सहित निर्माणलाई तिव्रता दिइएको हो ।
सरकारी छाप र जरायोको सिङसहित तीन जना पक्राउ
पोखरामा सरकारी कार्यालय, सङ्घ संस्था तथा व्यक्तिगत नाम उल्लेख गरिएका छाप र जङ्गली जनावरको सिंङ सहित तीन जना पक्राउ परेका छन् ।
ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा महिलाको मृत्यु
तनहुँको शुक्लागण्डकी नगरपालिका–१० छाब्दी देउरालीमा बिहीबार साँझ ट्र्याक्टर र मोटरसाइकल एकआपस ठोक्किँदा एकजना महिलाको मृत्यु भएको छ ।
बसपार्क निर्माण कागजमा सीमित
पूर्वी नवलपरासीमा बसपार्क नहुँदा पार्किङको समस्या निम्तिएको छ । बर्सेनि सवारीसाधनको सङ्ख्या बढ्दै गए पनि बसपार्कको व्यवस्था नहुँदा राजमार्ग छेउछाउमा अव्यवस्थित पार्किङको समस्या बढ्दो छ । यो समस्या भित्री सडकमा समेत देखिन थालेको छ । सङ्घीय संरचनापछि नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला कायम भएको पनि आठ वर्ष बितिसकेको छ तर अझै जिल्लामा बसपार्क निर्माण हुन सकेको छैन । केही पालिकाले बसपार्क पार्किङका काम अघि बढाए पनि फितलो तयारीका कारण सवारीसाधन सडकमै राख्नुपर्ने अवस्था छ ।
आज गण्डकी प्रदेश सरकार स्थापना दिवस मनाईँदै
गण्डकी प्रदेश सरकार स्थापना दिवस विविध कार्यक्रम गरी मनाईँदै छ । यसै उपलक्ष्यमा प्रदेश प्रमुख पृथ्वीमान गुुरुङ र मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अलग अलग शुभकामना सन्देश जारी गर्नुभएको छ ।
भेंडीगोठको हेरालु कुकुर
म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कबाङमा भेंडीगोठको हेरालु गर्दै गरेको ‘भोटे कुकुर’ । घुम्ती गोठमा जङ्गली जनावरको आक्रमण रोक्न हेरालुको रुपमा भोटे कुकुर पाल्ने गरिन्छ ।