• १३ असोज २०८१, आइतबार

छ केजी सुन र ६३ लाख नगदसहित भारतीय नागरिक पक्राउ

blog

फडिन्द्र अधिकारी

लेखनाथ, फागुन १ गते । कास्की प्रहरीले स्रोत नखुलेको छ केजी सुन र ६३ लाख ८१ हजार नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

प्रहरीले भारतको पश्चिम बङ्गाल मेदिनीपुर घर भई अहिले पोखरा–२, मोहरिया बस्ने सुरजित भौमिकलाई पक्राउ गरेको हो । 

सोमबार रातिदेखि मंगलबार बिहान साढे ४ बजेसम्म लगाएर कास्की प्रहरीले ४० वर्षीय भौमिकलाई पक्राउ गरी मंगलबार साँझ सार्वजनिक गरेको हो । भौमिकको साथबाट छ केजी ६९ ग्राम सुन, छ केजी चाँदी र ६२ लाख ८१ लाख नगद बरामद भएको छ । 

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले यसबारे थप अनुसन्धान भइरहेको जनाउँदै बुधबार बिहान सुन, नगदसहित भौमिकलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइने जानकारी दिनुभयो । 

भौमिकले तीन तले घर भाडामा लिई विभिन्न किसिमका गरगहना तयार गरी बिक्री गर्ने गरेका थिए । भौमिकको साथबाट १३ थान चेकसमेत फेला परेका छन् ।