२५ वर्षदेखि हिलो र धुलो भोगेका स्थानीय
मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ-घोडाबाँधे खण्डको छेउछाउका घर धुलोले छपक्कै छोपिएका छन् । धुलोकै कारण काठेखोला गाउँपालिकाको वडा नम्बर ५ र ६ मा पर्ने बिहुँ गाउँका घर-गोठ छुट्याउनै कठिन हुन्छ ।
बागलुङदेखि जलजला जोड्ने झोलुङ्गे पुल निर्माण
बागलुङ बजारदेखि पर्वतको जलजला गाउँपालिका जोड्न काली गण्डकी नदीमाथि निर्माणाधीन पाँच सय २४ मिटर लामो झोलुङ्गे पुल अन्तिम चरणमा पुगेको छ ।
आठौँ वालिङ महोत्सव सुरु
स्याङ्जामा वालिङ महोत्सव सुरु भएको छ ।
हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध
आज बिहानदेखि परेको हिमपातका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
शीत भण्डारको सफल परीक्षण
म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा निर्माण गरेको कोल्ड स्टोर (शीत भण्डार) को परीक्षण सफल भएको छ ।
ऐतिहासिकता र धार्मिक महत्वसँग जोडिएको गोरखा दरबारको पर्यटन
विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको गोरखा दरबार र सँगै रहेको गोरखकाली मन्दिर पुुनःनिर्माणपछि पूर्ववत् स्वरुपमा फर्किएको छ । पुुनःनिर्माणकै क्रममा पनि पर्यटक तथा दर्शनार्थीको आगमन नरोकिएको दरबार क्षेत्रमा अहिले भने दैनिक आउने पर्यटकको सङ्ख्या बाक्लै देखिन्छ ।
मालढुङ्गा–बेनी सडक योजना अलपत्र पर्दा धुलोले सकस
उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर आयोजनाअन्तर्गत मालढुङ्गा–बेनी सडकलाई स्तरोन्नतिसहित कालोपत्रे गर्ने योजना तीन वर्षदेखि निर्माणाधीन अवस्थामा छ ।
लेकसाइडमा पर्यटकलाई दुःख दिने ६ जना पक्राउ
पोखराको लेकसाइडमा पर्यटकलाई दुःख र हैरानी दिएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
नगरवासीको अपेक्षा पूरा गर्छौं
देवचुली नगरपालिका देशकै मध्य भागमा अवस्थित नवलपरासी जिल्लाको नवलपुरपूर्वमा रहेको छ । साबिकका दिव्यपुरी, देवचुली र प्रगतिनगर गाविस समावेश गरी मन्त्रीपरिषद्को २०७१ साल वैशाख २५ को निर्णय अनुसार घोषित नगरपालिका २०७३ साल फागुन २७ को सरकारी निर्णयबाट साबिक रजहर गाविस समावेश भई गठन भएको हो । पूर्वमा महेन्द्र राजमार्गमा रहेको झरही खोला, पश्चिममा लोकाहा खोला, उत्तरमा १९३८ मिटर उचाइको देवचुली डाँडा र दक्षिणमा नारायणी नदीको चार सीमाभित्र पर्ने यो नगरपालिकाको दलदले बजार नवलपरासी जिल्लाको पहाडी क्षेत्रको मुख्य प्रवेशद्वार हो । देवचुली नगरपालिकामा २०७९ सालमा नेकपा (एमाले) का हरि न्यौपाने निर्वाचित हुनुभएको छ । गोरखापत्रका मीना कँडेलले नगर प्रमुख न्यौपानेसँग गर्नुभएको कुराकानी :
मुस्ताङको ढि खोलाको तातोपानी मुहान संरक्षणका पर्खाइमा
मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ ढि खोलाको तातोपानीको मुहान उपयोग र संरक्षणको पर्खाइमा छ । अध्ययन अनुसन्धान र उपयुक्त प्रविधिको पहिचान हुन नसक्दा ढि खोलाले बनाएको खोंचभित्र रहेको तातोपानीको मुहानलाई प्रयोगमा ल्याउन नसकिएको हो ।
गण्डकी प्रदेशमा योजना कार्यान्वयन सुस्त
गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयलाई आफ्ना वार्षिक नीति तथा कार्यक्रमलाई गति दिन सुझाव दिइएको छ । गण्डकी प्रदेशसभाको सामाजिक विकास तथा कृषि समितिको बुधबारको बैठकमा समितिका सभापति, सदस्यलगायतले चालु आवको बजेट आएको आठ महिना बित्न लाग्दासमेत मन्त्रालयका योजना कार्यान्वयनमा सुस्तता देखिएको बताएका हुन् ।
मौलिक घर
बागलुङको ढोरपाटन शिकार आरक्ष क्षेत्रमा बनेका काठ, माटो र ढुङ्गाले बनेका मौलिक घर । पछिल्लो समय ढोरपाटन उपत्यका क्षेत्रमा मौलिक घर मासिन थालेका छन् ।
आहा रारा गोल्ड कप : जावलाखेललाई हराउँदै थ्री स्टार फाइनलमा
जावलाखेल यूथ क्लबलाई १–० गोलले हराउँदै थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।
तोरीखोला गाउँ
बागलुङको गलकोट नगरपालिका–२ स्थित तोरीखोला गाउँ । यहाँ रहेको बाक्लो बस्तीले आन्तरिक तथा बाह्य पर्यटकलाई अकर्षित गर्ने गर्छ ।
रङ्गिन कटन क्यान्डी बिक्री गर्न प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय तनहुँले ‘रङ्गिन कटन क्यान्डी’ बिक्री–वितरणमा प्रतिबन्ध लगाएको छ ।
मंगलाघाटमा झोलुङ्गे पुल निर्माण सुरु
म्याग्दीको बेनी नगरपालिका–७ मंगलाघाटमा पुरानै स्वरूपमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ ।
बसको ठक्करबाट पूर्वमन्त्री पौडेलको निधन
नवलपुरमा बसको ठक्करबाट बागमती प्रदेशका पूर्वमन्त्री बलराम पौडेलको ६३ वर्षको उमेरमा निधन भएको छ ।
गण्डकीको प्रादेशिक सडक विधेयकको मस्यौदा तयार
गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले प्रादेशिक सडक विधेयकको मस्यौदा तयार गरेको छ ।
कावासोती नगरपालिका संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम
नवलपुरका स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा कावासोती नगरपालिका प्रथम भएको छ ।
दुर्घटनाबाट ६ महिनामा २१ को मृत्यु
नवलपुरमा चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा सवारी दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । जिल्लामा भएका ७० दुर्घटनामा २१ जनाले ज्यान गुमाएका प्रहरीले जनाएको छ ।
आँबुखैरेनी गाउँपालिकाले लगानी सम्मेलन गर्ने
तनहुँको आँबुखैरेनी गाउँपालिकाले लगानी सम्मेलन गर्ने भएको छ ।
माछा खान माझीकुना
स्ती बस्नुपूर्व माझीकुना चलचित्र छायाँकन र पर्यटकको ‘क्याम्पिङ’स्थलका रूपमा मात्र चिनिन्थ्यो । अहिले माझीकुनाको परिचय बदलिएको छ, फैलिएको छ । माझीकुनालाई माछाले जति अरु चीजले सायदै चिनाएको मान्नुहुन्छ, स्थानीय रेष्टुराँ व्यवसायी टेकबहादुर जलारी ।
मिलनचोक–रातोढुङ्गा प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल
पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा ३३÷११ केभी क्षमताको सबस्टेशनको परीक्षण गरिएको हो । निर्माण कम्पनी एटुुजेड इन्जिनियरिङका प्रतिनिधि पद्यसागर लुुइँटेलले प्रसारण लाइन र सबस्टेशनको परीक्षण सफल भएको जानकारी दिनुभयो ।
स्याङ्जा उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
स्याङ्जा उद्योग वाणिज्य संघको ३८ औँ साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा महादेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठले निकटतम प्रतिस्पर्धी हिक्मत कुमार श्रेष्ठलाई आठ मतले पराजित गर्दै निर्वाचित हुनु भएको हो ।