विदेशी पर्यटक मनाङमा साइकल यात्रा गर्दै
अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ ङिस्याङ–१ ढुकुर पोखरीबाट माथिल्लो मनाङतर्फ साइकल यात्रा गर्दै विदेश पर्यटक पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल ।
अन्नखेती छाडेर किवीतिर लागे लालबहादुर
बेनी नगरपालिका ३ भकिम्ली सिमका कृषक लालबहादुर पुनले १२ रोपनी क्षेत्रफलमा व्यावसायिक किवी खेती गर्नुभएको छ । मकै र कोदो खेती गर्न छाडेर पुनले ६ वर्ष पहिला देखि व्यावसायिक किवी खेती सुरु गर्नुभएको हो । उहाँको बारीमा किवीका दुई सय पचास बोट छन् । वार्षिक रूपमा दश क्विन्टल किवी उत्पादन हुने गरेको छ । पुन सबै भन्दा धेरै किवी उत्पादन गर्ने कृषकमा पर्नुहुन्छ ।
एसियाली विकास बैंकले पोखरामा थप परियोजनामा सहयोग गर्ने
एसियाली विकास बैंक (एडिबी)ले कास्कीको पोखरामा थप परियोजनामा सहयोग गर्ने भएको छ । पोखराको पर्यटन, पूर्वाधार विकास, ढल निकासलगायत क्षेत्रमा सहयोग गरेको बैंकले थप परियोजनामा लगानी गर्ने चाहना राखेको हो ।
फापर खेती घट्यो
लेकाली खेतीका रूपमा परिचित फापर बाली घट्दै गएको छ । बागलुङको ग्रामीण क्षेत्रमा बढी उत्पादन हुने यो बाली पछिल्लो केही वर्षयता कम हुँदै गएको छ ।
भरिभराउ तातोपानी कुण्ड
बेनी नगरपालिका–४, सिङ्गा तातोपानीमा स्नान गर्नेको भिड बढेको छ । जाडो मौसम सुरु भएसँगै तातोपानी कुण्डमा स्नान गर्नेको भिड बढेको हो । तातोपानी कुण्ड व्यवस्थापन समितिका सचिव कुमार केसीले दसैँलगत्तै तातोपानीमा नुहाउन आउनेको सङ्ख्यामा वृद्धि भएको बताउनुभयो ।
प्याराग्लाइडिङ पाइलटको मापसे जाँच
प्रहरीले बिहीबार प्याराग्लाइडिङ पाइलटहरूको मादक पदार्थ सेवन(मापसे) जाँच गरेको छ । प्याराग्लाइडिङ उडानका क्रममा मापसे गर्दा हुन सक्ने दुर्घटना न्यूनीकरणका लागि मापसे जाँच गरिएको हो । यदाकदा पोखरामा प्याराग्लाइडिङ दुर्घटनासमेत हुने गरेको छ ।
बेपत्ता सन्तान आउने आशमा परिवारका सदस्य
२०६२ फागुनमा स्याङ्जाको जौबारीबाट तत्कालीन शाही नेपाली सेनाले नियन्त्रणमा लिएर बेपत्ता पारेका दिलबहादुर थापा आउने आश परिवारका सदस्यले अझै मारेका छैनन् ।
आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्य बन्दै मौलाकालिका
पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकालिका धार्मिक पर्यटकका लागि एक उत्कृष्ट गन्तव्य बन्दैगएको छ । मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने भक्तजनलाई सहज भएको छ ।
गोरखामा व्यावसाय दर्ता शिविर सञ्चालन
गोरखाको बारपाक सुलीकोट गाउँपालिकाले आफ्नो पालिका भित्र करको दायरा बढाउँदै लैजाने उद्देश्यले व्यावसाय दर्ता तथा नवीकरण शिविर सञ्चालन गरेको छ । पालिकाको वडा नम्बर १ र २ को वारपाकमा बुधबारदेखि शिविर सञ्चालनमा ल्याइएको हो ।
भ्रमण संस्कृति : सहरका गाउँमा, गाउँका सहरमा
शारदीययामसँगै भ्रमणको मौसम सुरु भएको छ । चाडपर्वको रौनकसँगै गाउँघरतिर मेलापर्व चलिरहेका छन् । सहरबजारतिर व्यापार व्यसायको याम छ । आकास खुलेको छ । हिमाल टल्कीएका छन् । वर्षा हुन रोकिएको छ । यही मौकामा घुमफिर गर्न र रमाउन सहरतिरका युवायुवती म्याग्दीका पर्यटकीयस्थलमा उक्लिएका छन् भने गाउँका विद्यार्थी, युवा र प्रौढ आफन्तसँग भेटघाट गर्न, घुम्न र रमाउन सहरबजारतिर झरेका छन् ।
बस्ती पातलियो, घरघरमै पस्छ चितुवा
गाउँमा घर रित्ता छन् । पाखो बारीमा रुख हुर्किरहेका छन् । खेतका फाँट कुकाठले भरिएर जङ्गल बनेको छ । बस्ती नजिकका पाखा केही वर्षअघि गाईबस्तुको चरिचरण क्षेत्र थियो ।
तीन जिल्लामा लोकवार्ता सङ्गोष्ठी
लोकवार्ता परिषद् नेपालले पर्वत, बागलुङ र म्याग्दीमा १२ औँ लोकवार्ता सङ्गोष्ठी आयोजना गर्ने भएको छ । नेपाली जनजीवनमा प्रचलित संस्कृति, लोककला, साहित्य, संस्कार, रीतिथिति तथा परम्परागत ज्ञानको अध्ययन र संरक्षण गर्ने उद्देश्यले गोष्ठी आयोजना गर्न लागिएको हो ।
बेलढुङ्गाबाट देखिएको हिमश्रृङ्खलाको रमणीय दृश्य (फोटो फिचर)
आँखै अगाडि चाँदी जस्तै टल्कीएका हिमालको लहर । वरिपरि रमणीय डाँडापाखा अनि सुन्दर ग्रामीण वस्ती । यो हो बेनी नगरपालिका–३ र बागलुङको काठेखोला गाउँपालिका–३ को सीमा क्षेत्रमा पर्ने बेलङ्गा ।
लयमा फर्कन सकेन घोडेपानीको पर्यटन व्यवसाय
केही वर्षअघिसम्म असोज-कात्तिक र चैत-वैशाखको याममा म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा पर्ने घोडेपानीको होटल व्यवसायी जुली ठकुुरी पुनलाई खाना खाजा खाने फुर्सद हुने थिएन् ।
सञ्चारको पहुँच बाहिर पेल्काचौर गाउँ, चार सय परिवार समस्यामा
गण्डकी प्रदेश सूचना र सञ्चारमा अगाडि छ त्यो पनि स्याङ्जा जिल्ला त झनै सञ्चारमा अगाडि मानिन्छ । तर जिल्ला सदरमुकाम नजिकैको एक सिङ्गो गाउँ नै सञ्चारको पहुँचमा पुग्न सकेको छैन ।
छ महिनामा नौ हजार सातसयभन्दा बढी पर्यटक भित्रिए
हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ । भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ । यस वर्षको वैशाखदेखि असोज मसान्तसम्म कूल नौ हजार सात सय ५२ बाह्य पर्यटक भित्रिएका जिल्लास्थित अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना इलाका कार्यालय (एक्याप) ले जनाएको छ ।
मनाङका होटल पर्यटकले भरिभराउ
दसैं र तिहारजस्ता चाडपर्व आउँदा सहरबजारबाट गाउँघर जाने त पुरानै चलन हो । तर मनाङको हकमा भने यो सन्दर्भ अलि फरक छ । जब चाडपर्व आउँछन् तब प्रायः मनाङी सहरबाट गाउँ जाँदैनन् ।
भिजन लुम्बिनीको आइपिओ बिक्री खुला
कास्की, कात्तिक १६ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको प्रवर्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीले सर्वसाधारणका लागि आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गरेको छ ।माछापुच्छ्रे–२ सार्दिखोलामा निर्माण भइरहेको आयोजना २५ मेगावाट क्षमताको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरेको आइपिओ बाँडफाँटपछि सर्वसाधारणका लागि आइपिओ जारी गरेको भिजन लुम्बिनी उर्जा कम्पनी प्रालिका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले बताउनुभयो । उहाँका अनुसार कम्पनीले सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार दुई सय ८५ कित्ता साधारण शेयर निष्कासन गरेको छ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी रहेको चार लाख ८७ हजार नौ सय १० कित्ता शेयरसहित सर्वसाधारणका लागि निष्कासन गरेको हो । यसअघि आयोजनाको प्रभावित क्षेत्रका रुपमा रहेका माछापुच्छ्रे–१, २, ३, ४ र पोखरा महानगरपालिका–१९ का स्थानीयवासीका लागि जारी गरिएको शेयरमा १३ लाख ६८ हजार एक सय ५० हजार कित्ता आवेदन परेको थियो । प्रभावित क्षेत्रका लागि निष्कासन गरिएको चार लाख कित्ता शेयर बिक्री हुन सकेको थिएन ।सर्वसाधारणका लागि जारी गरिएको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । यसैगरी अधिकतममा तीन लाख ८० हजार कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । निष्कासन बन्द छिटोमा यही कात्तिक २० गते र ढिलोमा आगामी मङ्सिर १ गतेसम्म हुने कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी अध्यक्ष पोखरेलले आयोजना सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताउनुभयो ।आयोजनाको सिभिल, हाइड्रो मेकानिकल, इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणतर्फका सबै काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । यही मङ्सिर महिनाभित्र आयोजना सम्पन्न भएर व्यावसायिकरुपमा विद्युत् उत्पादनको तयारी गरिएको छ । माछापुच्छ्रेकाे सार्दिखोला भराभरीस्थित सेतीनदीमा बाँध निर्माण गरी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत पानी ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरस्थित पावर हाउसमा खसालेर विद्युत् उत्पादन गर्ने योजना छ । आयोजनाको लगानी रु पाँच अर्ब २० करोड छ । यसमा रु. तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् भने अन्य लगानी प्रवर्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको कम्पनीले जनाएको छ । रासस
वडा कार्यालय निर्माण अलपत्र
पर्वतको कुस्मा नगरपालिकाले वडा कार्यालयको भवन निर्माण गर्न भनी भिरको जग्गा खरिद गरेको पाइएको छ । भवन निर्माणका लागि भनी खरिद गरिएको एक रोपनी छ आना क्षेत्रफलको भिरालो जग्गा उपयुक्त नभएपछि बजेट हुँदाहुँदै भवन निर्माणको काम नै अलपत्र परेको छ ।
बन्दीपुरलाई नमुना पर्यटकीय केन्द्र बनाउँछौँ
बन्दीपुर प्राकृतिक मनोरम दृश्य, सांस्कृतिक बस्ती र रहनसहनले पर्यटकमाझ चर्चित छ । पहाडकी रानी उपनामले प्रख्याति कमाएको बन्दीपुरलाई गण्डकी प्रदेश सरकारले ग्रामीण पर्यटनको सूचीमा पहिलो नम्बरमा राखेको छ । बन्दीपुर गाउँपालिका प्राकृतिक सुन्दरता, भूवनोट र मौलिक सांस्कृतिक विशेषताले भरिपूर्ण छ । २०७१ सालमा साबिक धरमपानी र बन्दीपुर गाउँ विकास समितिलाई समेटेर बन्दीपुर नगरपालिका घोषणा गरिएको थियो । २०७३ सालमा नेपालको नयाँ प्रादेशिक संरचना कायम भएसँगै साबिक बन्दीपुर नगरपालिका, घाँसीकुवाका गाविसको १ र ९ वडा र केशवटार गाविसका १, ८ र ९ वडालाई समावेश गरी छ वटा वडासहितको बन्दीपुर गाउँपालिका घोषणा भएको हो । २०२५ सालमा सदरमुकाम दमौली सारिए पनि सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र प्रचारप्रसारले बन्दीपुर व्यापारिक नाकाबाट पर्यटकीय स्थानको रूपमा विश्वभर प्रसिद्ध छ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का तर्फबाट सुरेन्द्र थापा निर्वाचित हुनुभएको हो । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापासँग गोरखापत्रका तनहुँ समाचारदाता अमरराज नहर्कीले गर्नुभएको कुराकानी :
अर्जुनचौपारीमा प्रदेशकै पहिलो कर सहायता कक्ष
अर्जुनचौपारी गाउँपालिकामा गण्डकी प्रदेशमै पहिलो पटक कर सहायता कक्षको स्थापना गरिएको छ । पालिका भित्रका नागरिकका कर सम्बन्धी समस्यालाई सहायता गर्ने उद्देश्यले करदाता सेवा कार्यालय स्याङ्जाको समन्वयमा पालिकामा सहायता कक्षको स्थापना गरिएको हो ।
नवलपुरमा दुई करोडको लगानीमा सिनेमा हल
पूर्वी नवलपरासी जिल्लामा सिनेमा हल सञ्चालन हुने भएको छ । कावासोतीमा यसअघि सञ्चालनमा रहेको गणपति फिल्म हलमै सुविधासम्पन्न सिनेम्याक्स सञ्चालनको तयारी गरिएको छ । चलचित्र हेर्नका लागि नारायणगढ, बुटवल जानुपर्ने यहाँका दर्शकका लागि यहाँको हल सञ्चालनमा आउने भएपछि यस क्षेत्रका दर्शक चलचित्र हेर्नैका लागि टाढा जानुपर्ने बाध्यता हट्ने छ । पुरानो हललाई व्यवस्थित र सुविधासम्पन्न रूपमा परिमार्जन गरी सञ्चालनको तयारी गरिएको सञ्चालक भरत
जलवायु सङ्कटमा राष्ट्रसङ्घको साथ
कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने खारापानीका सन्तोष गुरुङ अचेल सेती नदी धमिलो हुँदा झस्किनु हुन्छ । २०६९ वैशाखमा आएको सेती बाढीमा उहाँकी श्रीमतीसहित २८ जनाको ज्यान गएको थियो । ३० जना अझै बेपत्ता छन् । खारापानीका आठ घर र तातोपानी कुन्डको नामनिसान रहेन । खारापानी अहिले सुनसान छ । त्यहाँ बनेको स्मृति पार्क पनि झाडीले छोपिएको छ । पुनर्निर्माण गर्ने भनिए पनि ११ वर्षमा जग्गा सम्याउनेबाहेक केही भएको छैन । गुरुङ अहिले नजिकैको चिप्लेटी भन्ने ठाउँमा व्यापार गर्नुहुन्छ ।
चौथो क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी
पुतलीबजार नगरपालिका –९ कोल्माको बराहचौरमा चौथो क्रसकन्ट्री दौड प्रतियोगिताको तयारी गरिएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आगामी पुस ७ गते राष्ट्रिय स्तरको क्रसकन्ट्री दौड प्रतियोगिता गर्न लागेको हो ।