विद्यार्थीको बैक खाता अनिवार्य
शैक्षिक गुणस्तर वृद्धिको अग्रसर फेदीखोलाँ गाउँपालिकाले हरेक विद्यार्थीको बचत खाता सञ्चालन अभियान अगाडि बढाएको छ ।
तरङ्ग खोलाको पुल निर्माण अलपत्र ठेकेदार फरार
कालीगण्डकी कोरिडोरमा निर्माणाधीन पुल अलपत्र अवस्थामा रहेको छ । निर्माण कम्पनीले बिचैमा काम छाडेर फरार भएपछि पुल निर्माण अलपत्र भएको हो ।
‘लोकतन्त्र बलियो बनाउन काँग्रेस बलियो हुनुपर्छ’
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र बलियो बनाउन कांग्रेस सुदृढ हुनुपर्ने बताउनुभएको छ ।
अयोध्या लगिएको देवशिला स्थललाई धार्मिक पर्यटकीय गन्तव्य बनाइँदै
भारतको अयोध्यामा निर्माण भएको राममन्दिर परिसरमा राखिएको देवशिलाको उद्गमस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ ।
स्याङ्जा कांग्रेसको सम्मेलन माघ १० गते
नेपाली कांग्रेस स्याङ्जाको जिल्ला सम्मेलन माघ १० गते सदरमुकाम स्याङ्जामा हुने भएको छ । सम्मेलनलाई सम्बोधन गर्न कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरू जिल्ला आउनुहुने नेपाली कांग्रेस स्याङ्जाले जनाएको छ ।
अवैध चोरी सिकारी रोक्न पर्वतमा लाटोकोसेरो उत्सव
किसानको साथीका रूपमा परिचित लाटोकोसेरो र हुचिलको अवैधरुपमा चोरी सिकारी रोक्न यहाँ लाकोटोसेरो र हुचिल उत्सव हुने भएको छ । प्रसिद्ध पर्यटकीय क्षेत्र जलजला गाउँपालिका-५ लोप्रेमा यही माघ १९ र २० गते लाटोकोसेरो तथा हुचिल उत्सव गरिने भएको हो ।
संरक्षणविना जीर्ण लवकुश जन्मेको वाल्मीकि आश्रम
माघ ८ अर्थात् जनवरी २२ सोमबारका दिन भारत अयोध्यामा नवनिर्मित भगवान् राम मन्दिरको प्राणप्रतिष्ठा गरिएको छ । नेपालका मठ मन्दिरमा दीपावलीे गरी उत्सवको रूपमा मनाइएको छ । तर भगवान् रामसँग जोडिएको ऐतिहासिक तथा पौराणिक क्षेत्र वाल्मीकि आश्रम यतिबेला ओझेलमा छ ।
अयोध्यामा रामको मूर्ति प्राण प्रतिष्ठाको साइतमा कालिगण्डकीमा लाख बत्ती प्रज्वलन
भारतको अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठाको साइत पारेर म्याग्दीको गलेश्वरधामस्थित कालिगण्डकी नदी किनारमा सोमबार लाख बत्ती प्रज्वलन र पूजापाठ गरिएको छ ।
बस्तीमा चितुवा र भालु पस्न थालेपछि त्रास
केही साता यता बस्तीमै चितुवा र भालु प्रवेश गर्न थालेपछि तनहुँका बासिन्दा त्रसित भएका छन् । व्यास नगरपालिका –६ को साँजा, शिसाघाट तथा बन्दीपुर गाउँपालिका –४ को टुँडीखेल लगायतका क्षेत्रमा चितवा र भानु नगरपालिका –१३ मा भालुले आतङ्क मच्चाएका छन् ।
रित्तिँदै गाउँका विद्यालय, समायोजन गर्दै नगरपालिका
गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको गलकोट नगरपालिकाले नजिकको विद्यालयसँग समायोजन गरिरहेको छ । नगरपालिकाले तह मिलान तथा विद्यालय समायोजन कार्यविधि २०७९ नगरसभाबाट पारित गरेर कार्यान्वयन गरिरहेको हो ।
गङ्गापूर्ण हिमतालको संरक्षण गरिँदै
मनाङ ङिस्याङ गाउँपालिकाले गङ्गापूर्ण ताल पछिल्लो समय सुक्दै गएको छ । मानवीय र वातावरणीय कारणले सुक्दै गएको यो ताललाई पुरानै स्वरूपमा ल्याउने योजना अघि बढाइएको छ । तर योजनाले गति लिन भने नसकेको स्थानीयको आरोप छ ।
अदालतले रोक लगायो
स्याङ्जाको वालिङ नगरपालिकाले वडाध्यक्षलाई नै स्वतः विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने गरी संशोधन गरेको ऐनमा अदालतले रोक लगाएको छ । नयाँ प्रावधानलाई तत्काल यथास्थितिमा राख्न उच्च अदालत पोखराले आदेश दिएको हो । नगरपालिकाका कार्यपालिका सदस्य भक्त गोतामेले संशोधन गरिएको ऐनलाई तत्काल कार्यान्वयन गर्न रोक लगाउन माग गर्दै अदालतमा मुद्दा पेस गर्नुभएको थियो ।
‘मिनी ट्रक’ दुर्घटनामा दुई जनाको मृत्यु
तनहुँको देवघाट गाउँपालिका–२ कोटबैदी भोक्टेनीस्थित भित्री सडकखण्डमा गए राति मिनी ट्रक दुर्घटना हुँदा दुई जना मृत्यु भएको छ ।
मह खाने प्रतियोगितामा पौडेल प्रथम
सुन्दा अनौठो लाग्न सक्छ, दुुई दशकअघि मह चाख्ने हुटहुटीकै कारण पोखरा महानगरपालिका–३१ बेगनासका सूर्यप्रसाद लामिछानेले थाल्नुभएको व्यावसायिक मौरीपालन यतिखेर अन्यका लागि प्रेरक बनेको छ ।
किसान सुन्तला बगैँचा व्यवस्थापनमा व्यस्त
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । यस यामको सुन्तला टिपेर सकिएलगत्तै जिल्लाका सुन्तला किसान बगैँचा व्यवस्थापनमा जुटेका हुन् ।
गण्डकी प्रदेशका बत्तिस स्थानीय तहद्वारा एकै पटक सम्झौता
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अनौपचारिक क्षेत्र अन्तर्गतको योजनामा आबद्ध हुन गण्डकी प्रदेशका ३२ स्थानीय तहले एकै पटक सम्झौता गरेका छन् । गण्डकी प्रदेश अन्तर्गतका तनहुँ, कास्की, स्याङ्जा, बागलुङ र पर्वतका ३२ वटा स्थानीय तहले शनिबार सामाजिक सुरक्षा कोषसँग एकै पटक सम्झौता गरेका हुन् । यससँगै सामाजिक सुरक्षा कोषमा आबद्ध हुने गण्डकी प्रदेशका स्थानीय तहको सङ्ख्या ३४ पुगेको छ ।
छैटौँ मेयर कपको उपाधि वडा नं. ६ लाई
चापाकोटमा गरिएको छैटौँ मेयर कप भलिबल प्रतियोगितामा पुरुषतर्फ वडा नं ६ र महिला तर्फ वडा नं १० ले उपाधि जितेको छ ।
चिसोले पहिरोपीडितको जीवन कष्टकर
पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेपछि जनजीवन प्रभावित बनेको हो ।
श्रीमानद्वारा श्रीमतीको बीभत्स हत्या
नवलपुरमा श्रीमानले कोदालो र खुर्पा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । जिल्लाको हुप्सेकोट गाउँपालिका ६ बिरुखर्कका ३३ वर्षीय श्रीमान् शेरबहादुर लम्कामगरले आफ्नै श्रीमती ३४ वर्षीया चनिसरा मगरलाई सुतिरहेको अवस्थामा हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
गण्डकीका ३४ पालिका सामाजिक सुरक्षा कोषमा सूचीकृत
गण्डकी प्रदेशका ३४ पालिका योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा सूचीकृत भएका छन् ।
अन्नपूर्ण प्रथम आधार शिविरमा पूर्वाधार थपिँदै
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न लागिएको हो ।
तनहुँका दुई पालिका सामाजिक सुरक्षा कोषमा आबद्ध
तनहुँको म्याग्दे र आँबुरखैरेनी गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । सङ्घीय सरकारले सुरुवात गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत आँबुखैरेनी गाउँपालिकाले उक्त कोषमा आबद्ध भएको हो ।
कालीगण्डकी करिडोर : बेनी–जोमसोम–कोरला सडक अन्तिम चरणमा
भारत र चीनलाई जोड्ने चार सय ३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको भाग्यरेखा मानिएको छ । पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिकस्थलको विकासका लागि महत्त्वपूर्ण योगदान पुग्ने भएकाले यो सडकलाई गण्डकीको भाग्यरेखा मानिएको हो ।
सडक सञ्जालसँग जोडिँदै गुर्जा
म्याग्दीको विकट बस्ती धवलागिरि गाउँपालिका–१, गुर्जालाई सडक सञ्जालसँग जोड्ने लुलाङ–गुर्जा सडक योजना कार्यान्वयन थालिएको छ । उक्त सडक योजनाका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकार, प्रदेश र गाउँपालिका गरी करिब छ करोड रुपियाँ बजेट खर्च गरिने भएको हो । लुलाङदेखि गुर्जासम्म करिब ३० किलोमिटर दुरी पर्दछ । सडक योजना अघि बढेपछि गुर्जावासीमा मोटर चढ्ने आशा पलाएको छ ।