हराउँदै पिङ हाल्ने र खेल्ने पुरानो परम्परा
दसैं र तिहार भन्नेबित्तिकै सबैलाई पिङको सम्झना आउँछ । तर पछिल्लो समय तनहुँमा गाउँदेखि सहरसम्म पिङमा रमाउने मौलिक परम्परा हराउन थालेको छ ।
उपकार बचतको निर्वाचन १७ गते हुने
वालिङमा प्रधान कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं अधिवेशनको निर्वाचन कात्तिक १७ गते हुनेभएको छ ।
कुवापानीका बस्ती स्थानान्तरण गर्न भूगर्भविद्को सुझाव
बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठूलो नोक्सान पुर्याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छवटा घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको हो ।
तालवाराही मन्दिरको जग पूजा सम्पन्न
पोखराको पर्यटकीय फेवातालको मध्यभागमा अवस्थित प्रसिद्ध धार्मिकस्थल तालवाराही मन्दिर पुनर्निर्माणका क्रममा बिहीबार जग पूजा गरिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जगपूजा गर्नुभएको हो । तस्बिर : ऋषिराम बराल, रासस
मनकामना केबलकार सञ्चालनमा
मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ । बडादसैँका अवसरमा दसैँमा नवमी, दशमी र एकादशीका दिन बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
गलकोटका किसानलाई धान भित्र्याउने चटारो
बागलुङको गलकोट नगरपालिकाका किसानलाई बडादसैँ लगत्तै धान भित्र्याउन चटारो भएको छ । तस्बिर : रामबहादुर थापा, रासस
तल्लो सेती जलविद्युत आयोजना : लगानीका लागि सहजीकरण गरिदिन पत्राचार
तनहुँमा निर्माण हुने तल्लो सेती जलविद्युत आयोजनाका लागि लगानीमा सहजीकरण गरिदिन पत्राचार गरिएको छ ।
दूध र चीजका लागि सानन बाख्रा
सानन जातको बाख्रा ३२ जिल्लामा निर्यात र करिब २२ जिल्लामा व्यावसायिक रुपमा पाल्न सुरु गरिएको छ । दूध र चिजका लागि सानन जातका बाख्राको माग अत्यधिक बढेको बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यालयका वरिष्ठ प्राविधिक अधिकृत बुद्धिराम आचार्यले जानकारी दिनुभयो ।
बन्दीपुरमा बाख्रा नश्ल सुधार कार्यक्रम
बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले अगुवा कृषकको आयआर्जन बढाउन बाख्रामा नश्ल सुधारलाई प्राथामिकता दिएको छ ।
वनभित्र ‘टाइगर हिल पार्क’ निर्माण
तनहुँको म्याग्दे गाउँपालिका–१ स्थित वाराही सामुदायिक वनमा टाइगर हिल पार्क निर्माण गरिएको छ । डिभिजन वन कार्यालयको सहयोग र सामुदायिक वनको व्यवस्थापनमा उक्त पार्क निर्माण गरिएको हो ।
बृद्धबृद्धालाई नातीसँग जोड्न मातापिता प्रतिष्ठान
वालिङका युवाहरुले स्वतःस्फूर्त रुपमा बृद्धबृद्धालाई ‘साथीसँगै नातिसँग’ जोड्न मातापिता प्रष्ठिान गठन गरेका छन् ।पछिल्लो समय युवा तथा बालकालिकाहरु मेवाइल, ल्यापटपजस्ता आधुनिक शैलीमा भुल्न थालेको र वृद्धवृद्धाहरु एक्लै परिरहेको भन्दै युवाहहरुको सक्रियतामा प्रतिष्ठान खालिएको छ ।
पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला आजदेखि
तनहुँको भिमाद नगरपालिका–५ स्थित मिर्छुलुङमा पाँचौँ मिछुर्लुङ दसैँ पर्यटन मेला हुने भएको छ । मिछुर्लुङको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित हरेक वर्षझै यस वर्ष पनि दसैँको अवसर पारेर मेला आयोजना गर्न लागिएको हो ।
मुद्दा फर्छ्यौटमा नवलपुर जिल्ला अदालत देशकै पहिलो
कार्यसम्पादनमा अब्बल नवलपुर जिल्ला अदालत देशकै सबै भन्दा धेरै मुद्दा फर्छ्यौट गर्ने अदालतका रूपमा सम्मानित भएको छ ।
लिङ्गे पिङ र पृष्ठभूमिमा गुर्जा हिमाल
म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमको आरखोलामा दसैँका लागि हालिएको लिङ्गे पिङ खेल्दै स्थानीय
गाईको गहुत प्रशोधन गरीे ‘गोअर्क’ उत्पादन
भीरकोट नगरपालिका ८ मा सञ्चालित छोरेडाँडा गौशालाले गाईको गहुत प्रशोधन गरी ‘गोअर्क’ उत्पादन सुरु गरेको छ ।
दसैँमा निधार खाली नहुँदा खुसी भए कैदीबन्दी
विजयादशमीको अवसरमा आफन्तको हातबाट टीका लगाउन पाएपछि तनहुँ कारागारका कैदीबन्दी खुसी भएका छन् । विभिन्न अपराधमा सजाय पाएर कारागारमा रहेका कैदीबन्दीले आज आफन्तको हातबाट टीका लगाएपछि खुसी व्यक्त गरेका हुन् ।
नमुना सदरमुकाम अलपत्र, आएन पर्याप्त रकम
नयाँ जिल्ला घोषणा भएपछि नवलपरासी पूुर्बको कावासोतीमा नमुना सदरमुकामको शिलान्यास भएको पाँच बर्ष पुुगे पनि सुुरुमा कामले गति लिए पनि अहिले ठप्प रहेको छ ।
जसले आठौँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता जिते
ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने भन्ने हुुन्छ ।
असत्यमाथि सत्यको विजयको प्रतीकः प्रदेश प्रमुख गुरुङ
गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले विजयादशमी पर्व असत्यमाथि सत्यको विजयको प्रतीक भएको बताउनुुभएको छ ।
पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कन्छ : परराष्ट्र मन्त्री साउद
परराष्ट्रमन्त्री नारायणप्रसाद साउदले पोखराको पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कने बताउनुुभएको छ ।
डेङ्गु फैलिँदा तनहुँमा चाडपर्व खल्लो
तनहुँमा फैलिएको डेङ्गु नियन्त्रणमा नहुँदा बडादसैँको रौनकता बढ्न सकेको छैन ।
पर्यटक बढाउन पदमार्ग निर्माण
बागलुङका अधिकांश धार्मिक तथा पर्यटकीय गन्तव्य त्यहाँ पुग्ने पूर्वाधारको अभावमा ओझेलमा पर्ने गरेका छन् ।
मुस्ताङमा शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणलाई सास्ती
हिमालपारिको जिल्ला मुस्ताङमा पछिल्लो झण्डै दुई महिनादेखि शल्यक्रिया सेवा बन्द हुँदा सर्वसाधारणले सास्ती खेप्न बाध्य भएका छन् ।
कागबेनीका बाढी प्रभावितको सहयोगका लागि करिब रु ८० लाख सङ्कलन
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बाढी प्रभावितलाई राहत जुट्ने क्रम जारी छ । गत साउन २८ गते कागखोलामा आएको बाढीबाट जायजेथा गुमाएकाको पुनःस्थापनाका लागि स्वतस्र्फूत सहयोग उठिरहेको हो ।