मुस्ताङबाट तेइस करोडको च्याङ्ग्रा निकासी
मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर तेइस करोड मूल्य बराबरकोे च्याङग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौ लगायत जिल्लामा च्याङग्रा निकासी भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।
तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्य दसैँमा पनि निरन्तर
ऋषिङ्ग गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निर्माणकार्य दसैँको बिदामा पनि निरन्तर रहने भएको छ ।
दसैँमा मूढा उत्पादनमा व्यस्त कैदीबन्दी
जिल्ला कारागार तनहुँमा यस वर्षको दसैँमा रु पाँच लाख बराबरको मूढा उत्पादन गरी बिक्रीका लागि तयारी गरिरहेका छन् । त्यसका लागि केही दिनदेखि कैदीबन्दी मूढा बुन्ने काममा व्यस्त छन् ।
रोटेपिङको संरक्षणमा जुुट्यो स्थानीय गाउँपालिका
नवलपरासी पूुर्बको बौंदीकाली गाउँपालिका १ मचेडीका लालबहादुुर खड्का रोटेपिङ खेल्न मन भए पनि पिङ नपाएर खेल्न नपाएको दश बर्ष भयो ।
दसैंमा पनि तनहुँ जलविद्युत आयोजनाको काम निरन्तर
तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको काम दसैंमा पनि निरन्तर सञ्चालन हुने भएको छ ।
तीन दिने दोस्रो मनकामना महोत्सव हुने
बिरुवा गाउँपालिका ७ स्थित मनकामना मन्दिरमा दोस्रो मनकामना महोत्सव २०८० आयोजना गरिनेभएको छ । कात्तिक ९ गतेदेखि ११ गतेसम्म महोत्सव आयोजना गरिनेभएको हो ।
फेरिएको दसैं : पहिले स्वदेश आउँथे तर अहिले विदेश
म्याग्दीको बेनी बजारमा व्यवसाय गर्दै आउनुभएका जलजला गाउँपालिका–७ का खेम केसी छोरा बुहारीसँग दसैँ र तिहार मनाउनका लागि शनिबार श्रीमतिसहित अष्ट्रेलिया जानुभयो ।
‘आयुर्वेद उपचार सेवा विस्तार गर्न आवश्यक छ’
बागलुङको बागलुङ नगरपालिका–६ स्थित विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोटमा आयुर्वेद अस्पताल बन्ने भएको छ ।
मासु उत्पादनमा आत्मनिर्भर बनाउन अनुदान
हुप्सेकोट गाउँपालिकाले पालिकालाई मासु उत्पादनमा आत्मनिर्भर बनाउने नीति लिएको छ । किसानलाई प्रोत्साहन गरी उत्पादनका आधारमा मासुमा प्रतिकिलो १० रुपियाँ अनुदान दिने भएको छ ।
इराकबाट बाँचेर आएका मसबीर इजरायल घटनाले त्रसित
इराकबाट भाग्यले बाँचेर नेपाल फर्केका मसवीरलाई पछिल्लो इजरायल घटनाले पुनः त्रसित बनाएको छ । हमासको आक्रमणमा परी १० नेपालीको मृत्यु भएपछि म्याग्दीका मसबीर रोका पुनः त्रसित भएको बताउनुभएको छ ।
खसी–बोका बेच्न महिला बजारमा
दशैंमा खर्चको जोहो गर्न गाउँका स्थानीय महिला खसीबोका बेच्न बजारमा व्यस्त हुनेगरेका छन् । पुरुषहरु रोजगारीका लागि बाहिर गएपछि महिला आफै बजार गएका हुन् ।
पोखरामा नेपालकै पहिलो ठूलो ‘मोटरबाइक रेस’
गण्डकी प्रदेशको राजधानी सहर पोखरालाई साहसिक खेलकुदको उत्कृष्ट गन्तव्य बनाउने लक्ष्यसहित नेपालकै पहिलो ठूलो मोटरबाइक रेस ‘फिसटेल रेसिङ कप २०२३’ हुने भएको छ ।
पालिकास्तरीय अस्पताल भवन निर्माण अलपत्र
याग्दीको मङ्गला गाउँपालिका-५ हाँडेभिरमा निर्माणाधीन पालिकास्तरीय अस्पतालको भवन अलपत्र बनेको छ । सङ्घीय सरकारको सबै पालिकामा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने योजनानुसार वि.सं.२०७७ पुुसमा मङ्गलाको केन्द्र बाबियाचौरसँगै रहेको हाँडेभिरमा भवन शिलान्यास भएको थियो ।
कालिका भगवती मन्दिरमा भक्तजनको भिड (फोटो फिचर)
दसैंको सातौँ दिन प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका भगवती मन्दिरमा भक्तजनको भिड लागेको छ । फुलपातीका दिन भएकाले कालिका मन्दिर दर्शनका लागि विहानैदेखि भक्तजनको ठूलो भिड लागेको हो ।
नवलपुरको मौला कालिका भगवती मन्दिर (फोटो फिचर)
नवलपुर जिल्ला अर्थात् नेपालकै प्रख्यात शक्ति प्रबल मौला कालिका मन्दिर । यो भगवतीको मन्दिर नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. १ अन्तर्गत पूर्वपश्चिम राजमार्गको नारायणी पुलबाट करिब ४ कि.मि. को दुरीमा प्राकृतिक सम्पदाले भरिपूर्ण समुन्द्र सतहदेखि १८४१ फिटको उचाइमा रहेको हरियाली पहाडको जङ्गलको गैडाकोटधुरीमा अवस्थित रहेको छ।
गोरखाबाट फूलपाती पठाइयो
गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमानढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । विधिपूर्वक पूजाअर्चना गरी दरबारका सुसारेले आज बिहान ८ः०० बजेको शुभसाइतमा फूलपातीसहितको डोली हनुमानढोका दरबार पठाएका हुन् ।
स्वास्थ्यमन्त्री बस्नेतद्वारा पर्वत अस्पताल निरीक्षण
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले पर्वत अस्पतालको निरीक्षण गर्नुभएको छ ।शुक्रबार साँझ यहाँ आउनुभएका मन्त्री बस्नेतले अस्पतालका भौतिक पूर्वाधार र उपचार सेवालगायतका बारेमा जानकारी लिनुभएको हो ।
नवलपुरमा ट्राफिक जाँच तीव्र, पाँच दिनमा ३८५ जनालाई कारबाही
नवलपुरमा ट्राफिक प्रहरीले चेकजाँचलाई तीव्र पारेको छ । दसैँ, तिहार, छठ जस्ता पर्वलाई लक्षित गरी प्रहरीले चेकजाँचलाई तीव्रता दिएको हो ।
‘महँगीले चाडपर्व मान्न धौ धौ भयो’
रघुगङ्गा गाउँपालिका–३ का सम्मर दर्जीलाई दसैँको खर्च जुटाउन सकस परेको छ । प्रवासमा रहेका छोराले पठाएको दसैँ खर्चले बजारमा घरपरिवारका लागि एक–एक जोर नयाँ कपडासमेत किन्न नपुगेपछि उहाँ निराश बनेर गाउँ फर्कनुभयो ।
तन्नेरी नहुँदा गाउँमा छैन दसैँको रौनक
उत्तरतर्फ हेर्दा टलक्क टल्कने हिमाल। पूर्वतर्फ बागलुङको पञ्चकोट। हेर्दाखेरी निकै सुन्दर र मनमोहक लाग्छ– ज्यामरुककोट। खेतका फाँटमा पहेँलै पाकेका धान र धान थन्क्याउन लागेका महिला तथा पाका किसान । बेफुर्सदिला छन्, उमेरले ५० काटेका पाका गाउँले पनि ।
उपचार नपाएर नागरिक मर्नुपर्दैनः स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतले पैसाको अभावमा उपचार नपाएर कुनै पनि नेपाली नागरिकले ज्यान गुमाउनु परेमा त्यसको जिम्मेवारी सरकारले लिने बताउनुभयो ।
धानको बाला झुल्यो फाँटैमा (फोटो फिचर)
म्याग्दीको मङ्गला गाउँपालिका–५, छिस्बाङ फाँटमा झुलेको धानको बाला । यहाँ किसानले गौरिया र गुडुरा, आँगा, ताकुमारे, जौधान लगायतका रैथाने धान खेती गरेका छन् ।
सातै प्रदेशमा पुग्दै कन्दरा
तीन दशकअघि पोखराबाट उदाएको कन्दरा ब्यान्डले हालै नयाँ सदस्य थपेको छ । कुनै बेला नेपाली संगीतमा चर्चित ब्यान्डले अहिले पुनरागमनको तयारी गरेको हो ।
पुल अलपत्र पार्ने कम्पनीसँग ठेक्का तोडियो
मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलामा पुल निर्माण अलपत्र बनाउने कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको छ ।