• १२ साउन २०८१, शनिबार

ठक्करबाट पैदलयात्रीको मृत्यु

blog

राधाकृष्ण डुम्रे

वालिङ, माघ १ गते । स्याङ्जाको कालीगण्डकीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । कालीगण्डकी –७ आँधीमुहान ड्यामस्थित भित्री सडक खण्डमा जयपतेबाट रिडीतर्फ जाँदैगरेको ग. १ ख. ४१५० नम्बरको बसले आज बिहान स्थानीय ३० वर्षका अजित बोटेलाई ठक्कर दिएको थियो । 

बोटेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । बस र बस चालक प्रहरीको नियन्त्रणमा रहेको र  थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।