बेमौसमी वर्षाले फापरखेती नष्ट
सोमबार साँझ परेको असिनासहितको बेमौसमी वर्षाले फापर बाली र तरकारी नष्ट गरिदिएको छ । ढोरपाटन नगरपालिका–४ खुङ्खा, लुकुरवन र धिरी क्षेत्रका किसानले लगाएको फापरबाली र तरकारी नष्ट गरिदिएको हो ।
कागबेनीलाई पुरानै लयमा फर्काइँदै
दुुई महिनाअघिको बाढीको पीडा भुुलेर मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका बासिन्दा पुुनःनिर्माणमा जुुटेका छन् । गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुुर्याएको थियो ।
ऋण र ब्याज नतिर्ने घोषणा
नवलपुरका मिटरब्याज र लघुवित्तीय संस्थाका पीडितले आफूहरूमाथि अन्यायपूर्ण तरिकाले थोपरिएको ऋण र ब्याज नतिर्ने घोषणा गरेका छन् । राष्ट्र बैङ्कको निर्देशनविपरीत सञ्चालित संस्थाले आफूहरूमाथि सामाजिक र आर्थिक शोषण गरिरहेको भन्दै त्यसरी लगाइएको ऋण र ब्याज नतिर्ने घोषणा गरेका हुन् ।
बागलुङका स्थानीय तह सडक मर्मत गर्दै
जिल्लाको जैमिनी नगरपालिकाले धमाधम सडक मर्मत गरिरहेको छ । वर्षामा आएको भेलबाढीले बिगारेको सडक नगरले चाडवाडलक्षित गरेर मर्मत थालेको हो । गोरेटो बाटो सरसफाइ, सवारी चल्ने सडक सरसफाइमा श्रमदान जुटाएर नगरले धमाधम काम गरिरहेको हो ।
विद्यालय भवन बनेपछि छायो खुसी
म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली गाउँमा सुविधासम्पन्न विद्यालय भवन निर्माण भएपछि गाउँलेले खुसियाली मनाएका छन् । जयन्ती माध्यमिक विद्यालयमा निर्माण भएको २२ कोठे भवनको उद्घाटनका अवसरमा स्थानीयवासीले नौमती बाजा, पहिचान झल्किने विभिन्न झाँकीसहित नाचगान गर्दै ¥याली निकालेका थिए । भवन बनेको खुसियालीमा अभिभावक, शिक्षक र विद्यार्थीले नाचगान गरे ।
हराउँदै चर्खे पिङ, संरक्षणमा छैन चासो
बागलुङ नगरपालिका–५ स्थित साझखोलामा गतवर्ष सामुदायिक वन र स्थानीयवासीको सक्रियतामा चर्खे पिङ हालियो ।
गाईभैँसी पाल्ने किसानलाई अनुदान
गुल्मीको ईस्मा गाउँपालिकाले किसानलाई व्यावसायिकरुपमा पशुपालनतर्फ आकर्षित गराउन उत्पादनमा आधारित अनुदान रकम दिन सुरु गरेको छ ।
दसैँको बेला साहूको ऋणबाट तर्किन जङ्गलमा बास
नवलपुरका मिटरब्याज र लघुवित्तीय संस्थाका पीडितहरुले आफूहरुमाथि अन्यायपूर्ण तरिकाले थोपरिएको ऋण र ब्याज नतिर्ने घोषणा गरेका छन् ।
गुवेखोलामा पक्की पुल निर्माण
तनहुँको शुक्लागण्डकी नगरपालिका-१ र २ जोड्ने गुवेखोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ । नगरपालिकाको गौरवको योजनाका रुपमा रहेको उक्त पुल निर्माण सुरु भएको तीन वर्षमा सम्पन्न भएर आज उद्घाटन गरिएको हो ।
म्याग्दीका छ वटा सडक कालोपत्र हुने
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा जिल्लाको छ वटा ग्रामीण सडक कालोपत्र र स्तरोन्नति गर्ने भएको छ । प्रदेश सरकार अन्तरगतको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले बहुवर्षीय ठेक्कामार्फत कार्यान्वयन हुने छ वटा योजना छनोट गरिएको जनाएको छ ।
दसैँ यात्रा सहज बनाउन राजमार्ग मर्मत गरिँदै
स्तरोन्नति र निर्माणका लागि भत्काइएका व्यस्त राजमार्ग सवारी साधन सञ्चालनका लागि सहज हुने गरी मर्मत गरिने भएको छ ।
तिलिचोमा जोडियो वाइफाई
मनाङमा पर्यटक आगमन बढ्दै गएको छ । विश्वकै उच्च स्थानमा रहेको तिलिचो ताल क्षेत्रमा ‘इन्टरनेट’को पहुँच पुगेपछि अझै पर्यटक आगमन बढ्नेमा मनाङी ढुक्क छन् ।
पोखरा भित्रियो दसैँका लागि च्याङ्ग्रा
चाडपर्व लक्षित भेडाच्याङ्ग्रा पोखरा भित्रिसकेका छन् । अहिले साइपाल हिमालतिरका भेडाच्याङ्ग्रा पोखरा आइसकेका छन् भने मुस्ताङबाट आउने व्यापारीहरू बाटोमै छन् । बझाङ, बाजुराका व्यापारीले भने नवदुर्गाको अघिल्लो दिनदेखि बेच्न सुरु गरिसकेका छन् । अहिले पोखरा महानगरपालिका–१, सिम्पानी, जौबारी क्षेत्रमा करिब दुई हजारको हाराहारीमा भेडा च्याङ्ग्राको व्यापार भइरहेको छ ।
मादले–मारुनी नाच जोगाउँदै भकिम्लीवासी (फोटो फिचर)
बेनी नगरपालिका–३ भकिम्लीकी १८ वर्षीय बिपना पुन गाउँघरमा हुने विभिन्न कार्यक्रमहरूमा मारुनी नाच्नुहुन्छ । बाबु आमा र बाजेबाट सानै उमेरदेखि बिपनाले मारुनी नाच्न सिक्नुभयो ।
प्रशासनको पत्रलाई अदालतले नमानेपछि पुनः सडक शुल्क उठाउँदै आँधिखोला
नागडाडाँ–कार्किनेटा सडकमा १७ दिन रोकिएको सवारी साधन सडक कर आँधिखोला गाउँपालिकाले पुनः उठाउन थालेको छ ।
च्याङ्ग्राको मूल्य महँगो, स्थानीय खसीबोकाको मूल्य उस्तै
नवदुर्गा सुरु भएसँगै बागलुङमा खसीबोकाको बिक्री सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मूल्य केही वृद्धि हुँदा दसैँको समयमा खसीबोकाकै माग बढ्दो छ ।
नेपालमै लगानी गर्न मुख्यमन्त्री पाण्डेको आग्रह
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विदेशमा बस्ने नेपालीसँग साझेदारीमा विकास निर्माणका काम गर्न गण्डकी प्रदेश तयार रहेको बताउनुभयो । अन्तर्राष्ट्रिय पर्वत समाजको चौथो अधिवेशनको जलजला गाउँपालिका–३, मल्लाजमा उद्घाटन गर्दै उहाँले विदेशमा बसेर नेपालमा लगानी गर्न चाहनेहरूसँग सहकार्यमा परियोजना सञ्चालन गर्न आह्वान गर्नुभयो।
सुदूरपश्चिमका भेडा, च्याङ्ग्रा पोखरामा
सुदूरपश्चिम प्रदेशका बझाङ र बाजुराबाट भेडाच्याङ्ग्रा पोखरा भित्रिएका छन् । बझाङ र बाजुराबाट दुई हजारभन्दा बढी भेडा च्याङ्ग्रा यहाँ ल्याइएका हुन् ।
बिदाको दिन पनि प्रशासनबाट सेवा प्रवाह
नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्ला प्रशासन कार्यालय घटस्थापनाका दिनमा पनि सेवा प्रवाह भएको छ । कावासोती स्थित कार्यालयबाट नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रको काम भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
गोरखा दरबार दसैंघरमा जमरा राखियो
गोरखाका शक्तिपिठमा जमरा राखिएको छ । नेपालकै ऐतिहासिक गोरखा दरबारमा रहेको गोरखकाली, गोरखनाथ गुफा, पवित्र धार्मिकस्थल मनकामना, श्रीनाथमण्डली, लिगलिगकोट, तान्द्राङकोट, अजिरकोटलगायतका विभिन्न ठाउँमा जमरा राखिएको हो ।
तनहुँमा डेङ्गु : गण्डकी प्रदेशमै सबैभन्दा बढी
तनहुँमा डेङ्गुबाट सङ्क्रमित हुनेको सङ्ख्या पाँच हजार नाघेको छ । असोज सुरु भएयता जिल्लाका सबै स्थानीय तहमा गरी डेङ्गु सङ्क्रमण हुनेको सङ्ख्या पाँच हजार ११ पुगेको हो ।
विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव सुरु
पोखराको विन्ध्यवासिनी मन्दिरमा आइतबारबाट नवदुर्गा महोत्सव सुरु भएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाबाट महोत्सव सुरु भएको हो ।
अनिष्टको खतराले जमरा राख्दैनन् माझी समुदाय
नेपालीहरूको महान् चाड बडादसैँको पहिलो दिन आज घटस्थापना । बडादसैँको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ ।
अध्यक्षकपको उपाधि दिर्घेश्वरमाविलाई
गोरखाको गण्डकी गाउँपालिकामा बुधबारदेखि सुरु भएको प्रथम गाउँपालिका अध्यक्षकप फुटबल प्रतियोगिता ‘२०८०’ को उपाधि दिर्घेश्वर माविले उचालेको छ ।