प्रदेश सभाको एक वर्ष : सांसदकै सक्रियता कम
गण्डकी प्रदेश सभाले पहिलो वर्ष नै दुई सरकार पायो । यो अवधिमा दुई नियमित र दुई विशेष गरी चार अधिवेशन भए । प्रदेश सभाका ६१ बैठक डाकिए । यो अवधिमा प्रदेश सभा सदस्यको सक्रियता कम देखियो भने ऐन निर्माण पनि उल्लेखनीय हुन सकेन । २०७९ साल मङ्सिर ४ गतेको निर्वाचनबाट चुनिएका सांसदले पुस १४ गते शपथ लिएका थिए । गण्डकी प्रदेश सभाको पहिलो बैठक भएको गत बुधबार एक वर्ष पुग्यो । यो अवधिमा प्रदेशका समस्या र एजेन्डा गण्डकी प्रदेश सभा जनअपेक्षा अनुरूप उठान भएनन् । राजनीतिशास्त्रका प्राध्यापक गिरधारी सुवेदी प्रदेश सभा जनताका एजेन्डामा अपेक्षाकृत जोडिन नसक्दा प्रश्न उठेको बताउनुहुन्छ ।
पृथ्वी राजमार्ग धमाधम कालोपत्रे
मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा दुईतर्फी कालोपत्रे धमाधम भइरहेको छ । पूर्वी खण्डका प्रमुख श्याम यादवले हालसम्म दुवैतर्फ साढे चार किलोमिटर सडक कालोपत्रे गरिएको बताउनुभयो । आँबुखैरेनी गाउँपालिकाको सत्रसत्र क्षेत्र र बन्दीपुर गाउँपालिकाको नाहाला क्षेत्रमा दुईतर्फी कालोपत्रे गरिएको उहाँले जानकारी दिनुभयो । तनहुँको आँबुखैरेनीबाट जामुनेसम्मको उक्त खण्ड ४१ दशमलव पाँच किलोमिटर छ । आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा काम तीव्र गतिमा अगाडि बढेको बताउनुभयो ।
बजार र जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द
यहाँको विकट गाउँको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ । कुनै समय वनजङ्गलमा खेर जाने चाल्ने सिस्नो (अल्लो) बाट कपडा बनाउन नयाँ प्रविधिसहितको उद्योग सञ्चालनमा आएको थियो । अहिले बजार अभाव र जनशक्तिको कमीले गर्दा दुई वर्षदेखि उद्योग अलपत्र बनेको हो ।
बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी
म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरुपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी माघ २ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो ।
कर्मचारी अभावले अदालतको सेवा प्रवाहमा समस्या
बेँसीसरह नगरपालिका-८ स्थित जिल्ला अदालतमा दरबन्दीअनुसार कर्मचारी अभावमा दैनिक सेवा प्रवाहमा समस्या हुँदै आएको छ । दरबन्दीअनुसार ३० कर्मचारी हुनुपर्ने सो अदालतमा २० कर्मचारी हुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको हो ।
पात्लेखेतका सबै घरमा खानेपानी
कास्कीको अन्नपूर्ण गाउँपालिका-७ को पात्लेखेतका सबै घरमा खानेपानी पुगेको छ । ७० लाख ९१ हजार २ सय ३९ रुपियाँ लागतमा पात्लेखेत खानेपानी तथा सरसफाइ योजनाको निर्माण भएपछि सबैको घरमा धारा जडान भएका हुन् ।
छिमेकी घट्दै, गाउँको रौनक हराउँदै
झ्यालको पर्दा उघारी उत्तरतर्फ हेर्दा सेता हिमाल मुसुक्क मुस्कुराएजस्ता देखिन्छन् । चराहरूको चिरचिराहटसँगै खेतबारीमा गहुँ र तोरीको हरियो पहेँलो दृश्यले मनलाई रोमाञ्चक बनाउँछ ।
बाँदरका डरले हिउँदे बाली लगाउँदैनन् किसान
पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतङ्क दिन प्रतिदिन बढ्दै गएको छ । बाँदर आतङ्कले हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूलाई पनि पाक्ने बेलासम्म बाली जोगाउन हम्मेहम्मे पर्दै आएको छ ।
पोखरामा कृषि औजार र प्रविधि प्रदर्शनी
पोखरामा प्रादेशिक कृषि यन्त्र र प्रविधिसम्बन्धी प्रदर्शनी सुरु भएको छ। पोखरा प्रदर्शनी केन्द्रमा शुक्रबार आयोजित समारोहमा गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसी प्रदर्शनी सुरुआत गर्नुभयो।
अनुदानमा आएको मल दुरुपयोग
नवलपुरका सहकारीहरूमा सरकारले अनुदानमा दिएको मलको दुरुपयोग भएको छ । जिल्लाका प्राय सबै सहकारीले न्यूनतम मापदण्ड पूरा नगरी सरकारी अनुदानको मल बिक्री वितरण गरेको पाइएको हो ।
बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड सुरु
म्याग्दी सदरमुकाम बेनीमा जिल्ला स्तरीय नवौँ राष्ट्रपति रनिङ्गशिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा महिला भलिबलको राष्ट्रिय टिमकी कप्तान अरुणा शाही र करातेका अन्तर्राष्ट्रिय खेलाडी मार्सल गर्बुजालाई सम्मान गरिएको थियो ।
पर्वत बेनी बजार संरक्षणका लागि साढे तीन करोडको योजना सुरु
कालिगण्डकी नदी कटानको उच्च जोखिममा परेको पर्वतको जलजला गाउँपालिका वडा नम्बर ३ स्थित पर्वत बेनी बजार संरक्षण योजना सुरु भएको छ ।
अवैधरुपमा सञ्चालित क्रसर उद्योगमा ताला
बन्दीपुर गाउँपालिकाभित्र अनुमति नलिइ चलाइएका अवैध क्रसर उद्योगमा गाउँपालिकाले ताला लगाएको छ । बन्दीपुर गाउँपालिका–६ साराङ्घाट नमुना ग्रिट एण्ड क्रसर उद्योगमा बन्दीपुर गाउँपालिकासहितको टोलीले ताला लगाएको हो ।
गाउँ रित्तिने क्रम बढेकोमा राष्ट्रपति पौडेलद्वारा चिन्ता व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले गाउँगाउँमा विकास र सुविधा पुगेको बताउनुभएको छ । राष्ट्रपति पौडेलले रोजगारी र आम्दानीको अवस्था सिर्जना नहुँदा गाउँमा पुगेको विकास र सुविधाको उपभोग गर्ने व्यक्ति कोही नहुने हुन् कि भन्ने चिन्ता लागेको बताउनुभयो ।
नौ किलोको एउटै काउली
गोरखा नगरपालिका–७, काँडाघारीस्थित धारापानीका एक किसानले नौ किलोको एउटै काउली फलाएका छन् । स्थानीय एककुमारी बस्नेतको बारीमा फलेको काउलीको थुङ्गा नौ किलोको छ ।
दुर्गम क्षेत्रमा मातृशिशु मृत्युदर शून्य
अग्ला पहाड र गहिरा खोँचमा छरिएका बस्ती । चारैतिर भिर, पहरा । एक गाउँबाट अर्को गाउँसम्म पुग्न घन्टौँ लाग्ने । वर्षौँदेखि भौगोलिक विकटताका कारण दुर्गमको पीडा खेपिरहेको बागलुङको तमानखोला गाउँपालिका पछिल्लो समय विकासोन्मुख बन्दै गएको छ ।
बगर बन्यो खेलमैदान
म्याग्दीको मङ्गला गाउँपालिका–५ कैलाशफाँटमा झाडीले भरिएको बगरलाई खेलमैदानमा परिणत गरिएको छ । म्याग्दी नदी किनारमा झाडीले भरिएको बगर र सार्वजनिक जमिनमा तटबन्ध गरी सम्माएर बनाइएको खेलमैदानलाई श्रमदानमार्फत स्तरोन्नति गरी प्रयोगमा ल्याएको हो ।
राष्ट्रपति पौडेल गृह जिल्लामा
राष्ट्रपति रामचन्द्र पौडेल आज तनहुँ आउनुभएको छ । भानु नगरपालिका–७ वसन्तपुरस्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्न राष्ट्रपति पौडेल तनहुँ आउनुभएको हो ।
मनाङका किसानलाई सोलुखुम्बुका याक
गण्डकीमा याकको नस्ल सुधारका लागि सोलुखुम्बुबाट पुस १२ गते हिँडाइएका ९ वटा याक मनाङ आइपुगेको छ । याक आनुवंशिक स्रोत केन्द्र स्याङ्बोचेमा उत्पादन भएका शुद्ध नस्लका ९ वटा याक एक कार्यक्रम गरी मनाङका किसानलाई वितरण गरिएको हो ।
म्याग्दीका किसान आलु खेतीतर्फ आकर्षित
म्याग्दीका किसान पछिल्लो समय परम्परागत बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका छन् । गहुँ, जौ, उवा, फापर खेती गर्ने किसान पछिल्लो समय ती बाली छोडेर आलु खेतीतर्फ आकर्षित भएका हुन् ।
पाँच गाउँमा विद्युत् सेवा विस्तार
तनहुँको देवघाट गाउँपालिका–४ को पाँच गाउँमा विद्युत् विस्तार भएको छ । हालसम्म विद्युत् पहुँच नपुगेको उक्त वडाको ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, वापस र डुडेबासपानीमा विद्युत् विस्तार भएको हो ।
राष्ट्रपति पौडेल आज तनहुँ आउनु हुँदै
राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रबार गृह जिल्ला तनहुँ आउँदै हुनुहुन्छ । जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो ।
ग्रामीण क्षेत्रमा खाली हुँदै विद्यालय
चालु शैक्षिक सत्रको सुरुवातमै बेनी नगरपालिकाले ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएका ११ विद्यालयको तह समायोजन (कक्षा घटुवा) गर्यो । कक्षा घटुवा गरेका ती सामुदायिक विद्यालयका अधिकांश कक्षामा विद्यार्थी शून्य थिए । बजार क्षेत्रमा रहेका सामुदायिक विद्यालयमा विद्यार्थी चाप भए पनि ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी सङ्ख्या निरन्तर घट्दो छ ।
कृषि तथा पर्यटन मेला सुरु
नेपाल चेम्बर अफ कमर्स गोरखाले आयोजना गरेको कृषि, पर्यटन तथा व्यापार प्रवर्द्धन मेलाको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको छ ।