दसैँको मुखमा अखाद्य वस्तुको बिगबिगी
बागलुङ बजारका चोकचोकका पसलमा अहिले रङ्गीचङ्गी झिनियाँ पाइन्छ । उक्त आकर्षक रङ्ग प्रयोग गरिएको झिनियाँ अखाद्य वस्तु भएकाले स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ ।
किवी खेतीतर्फ आकर्षित हुँदै बेझाङवासी
बेझाङमा नमुनाका रूपमा स्थानीय दीपक गुरुङले गरेको किवी खेतीबाट उत्पादन राम्रो भएपछि क्रमशः उक्त खेतीतर्फ स्थानीय आकर्षित हुँदै गएको हिले बेझाङ मझकटेरी टोल विकास समितिका अध्यक्ष अग्निप्रसाद ढकालले बताउनुभयो ।
कास्कीको किम्रोङखोला पहिराले थुनियो, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह
अन्नपूर्ण गाउँपालिकास्थित किम्रोङखोला पहिरोले थुनिएको छ । अन्नपूर्ण–११ मा खोला गएराति पहिरोले थुनिएर ताल बनेको सोही वडाका वडाध्यक्ष हिमबहादुर गुरुङले बताउनुभयो ।
बहाकोट कोटकालिका मन्दिरको पुनर्निर्माण
पुतलीबजार नगरपालिका–८ बहाकोटमा रहेको बहाकोट कोटकालिका मन्दिरको पुनर्निर्माण गरिएको छ । चौबिसे राज्यमध्ये पर्ने बहाकोटमा पूर्व राजा पृथ्वी वीरविक्रम शाहको पालामा करिब १२० वर्ष पहिला यहाँ स्थापित कोटकालिका मन्दिर जीर्ण बनेसँगै मन्दिरको पुनर्निर्माण हो ।
भारतीय पर्यटकको रोजाइमा पोखरा
पर्यटकीय मौसम सुरु भएसँगै यतिबेला पोखरा लेकसाइडको सडकमा भारतीय पर्यटकको चहलपहल बढ्दै गएको छ । पोखराका विभिन्न पर्यटकीय गन्तव्यसँगै मुक्तिनाथको यात्रामा आएका भारतीय पर्यटकहरूको चहलपहलले अहिले लेकसाइडमा पर्यटकीय मौसमको आभास दिलाइरहेको छ ।
पृथ्वी राजमार्गको दमौली–पोखरा खण्डको अवरोध हट्यो
पृथ्वी राजमार्गको दमौली–पोखरा खण्डको अवरोध हटेको छ । चार घण्टा लगाएर पहिलो पन्छाएपछि सडक खुलेको हो । सडक खुले पछि यात्रुहरू आ–आफ्नो गन्तव्यमा लागेका छन् ।
गुरुङलाई सिर्जनशील कला पुरस्कार
फडिन्द्र अधिकारीलेखनाथ, असोज २१ गते । युवा कलाकार ज्योति गुरुङ शनिबार पुरस्कृत हुनुभएको छ। गृहनगर पोखरामा उहाँको एकल चित्रकला प्रदर्शनीकै दिन सिर्जनशील कलाकार समूहले पुरस्कृत गरेको हो । गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का ‘बिखर्ची’, अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ लगायतले पुरस्कार राशि नगद १५ हजार र सम्मानपत्रले उहाँलाई सिर्जनशील युवा कला पुरस्कार २०८० बाट सम्मानित गर्नुभएको हो। कलाकार विश्वरत्न शाक्यद्वारा स्थापित यो पुस्कार १९ औँ पटक प्रदान गरिएको हो । यो पुरस्कारबाट सम्मानित हुनेमा गुरुङ पहिलो महिला कलाकार हुनुहुन्छ । कलाकार गुरुङले आफ्नो जन्मभूमिमा पहिलो एकल कला प्रदर्शनीकै दिन सम्मानित हुने विरल अवसरले आफू उत्साहित भएको बताउनुभयो । “मैले परिवार र अग्रज कलाकारबाट कला सिकेँ, अझै सिक्दै छु । पुरस्कारले सिकाइलाई थप ऊर्जा दिएको छ,” उहाँले भन्नुभयो ।देशमा एक दर्जनभन्दा बढी र विदेशमा आधा दर्जन कला प्रदर्शनी गरिसक्नुभएकी गुरुङको शनिबार भएको ‘स्टेप टु द नेचर’ शीर्षकको प्रदर्शनीमा दुई दर्जन चित्रकला प्रदर्शनिमा राखिएको छ। पानी रङ प्रयोग गरी उहाँले पोखरा र आसपासको प्रकृति र मानव जीवनलाइ क्यान्भासमा उतार्नुभएको छ ।कार्यक्रममा अग्रज कलाकार दुर्गा बराल ‘वात्स्यायन’ले सिर्जनशील कलाकार समूहको स्थापना र पोखरेली कलाकारको एकताबारे प्रकाश पार्नुभयो । प्रतिष्ठानका कुलपति बिखर्चीले कलाको महत्व बुझाउन विद्यालय तहबाटै कला शिक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
महानगरले बसपार्क व्यवस्थित गर्दै
लामो समयदेखि अव्यवस्थित पोखरा बसपार्कको व्यवस्थापन कार्य पोखरा महानगरपालिकाले सुरुवात गरेको छ । हिलाम्मे हुने बसपार्कको प्रवेशद्वार ढलान गरिएको छ भने छेउछाउमा रेलिङ निर्माण गरिएको छ । बसपार्कभित्र रहेका यातायात व्यवसायीका काउन्टर तथा ग्यारेज र अटो पार्ट्सका पसल हटाइएका छन् ।
सामूहिक पुष्प खेतीमा आकर्षण
पूर्वी नवलपरासीमा सामूहिक पुष्प खेतीतर्फ किसानको आकर्षण बढ्न थालेको छ । नगदे बालीका रूपमा विकास गरी कम लगानीले धेरै आम्दानी लिन सकिने हुनाले जिल्लाका विभिन्न स्थानमा सामूहिक पुष्प खेती गर्न थालिएको छ । अहिले जिल्लाको गैँडाकोट नगरपालिका, देवचुली नगरपालिका, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा समूह गठन गरी सामूहिक पुष्प खेती गरिँदै आएको छ ।
बुद्धसिंह मार्ग : १० किमी खण्डमा कालोपत्र हुने
पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंहमार्गको १० किलोमिटर खण्डमा कालोपत्रका लागि प्रारम्भिक चरणको काम सुरु भएको छ ।
एक पालिका एक औद्योगिक ग्राम
पर्वतका सात पालिकामध्ये तीन पालिकामा ‘एक पालिका, एक औद्योगिक ग्राम’ योजना अन्तर्गत उद्योग सञ्चालन गर्ने भनिएको सरकारको योजना नारामै सीमित बनेको छ । औद्योगिक क्षेत्र स्थापना र सञ्चालन गर्न भनी बजेट विनियोजन हुँदासमेत कुस्मा नगरपालिकासहित बिहादी र जलजला गाउँपालिकामा एउटै उद्योग स्थापना हुन सकेको छैन ।
समापन हुँदै जितिया पर्व
थारू जातिले मनाउने जितिया पर्व आइतबार समापन हुँदै छ । तराईमा बसोबास गर्ने थारू समुदायले मनाउने यो पर्वमा शनिबार महिलाले व्रत बसेका थिए । थारू अगुवा ओमकुमारी महत्तोले यस वर्ष पुरुषले अनन्त पर्वको व्रत बसेर मनाउन सुरु गरेको र शनिबार महिलाले व्रत बसेर विधिपूर्वक पूजा गरेर आइतबार समापन गरिने बताउनुभयो ।
पहिरो जाँदा पृथ्वी राजमार्ग दमौली–पोखरा खण्ड अवरुद्ध
पहिरो जाँदा पृथ्वी राजमार्गको दमौली–पोखरा खण्ड अवरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् ।
प्रदेशसभाका विषयगत समितिले पाए सभापति
फडिन्द्र अधिकारीलेखनाथ, असोज २० गते। आम निर्वाचन भएको करिब ९ महिनापछि गण्डकी प्रदेशसभाका चार वटा विषयगत समितिले नेतृत्व पाएका छन् । नेपाली काङ्ग्रेसले दुई, नेकपा एमाले र माओवादी केन्द्रले एक÷एक समितिका सभापति लिने सहमतिअनुसार शनिबार उम्मेदवारी परेको हो । सभापतिमा एकल उम्मेदवारी परेसँगै निर्विरोध सभापति चयन हुने निश्चित भएको हो । अर्थ तथा विकास समिति सभापतिमा भोजराज अर्याल र प्रदेश मामिला तथा कानुन समिति सभापतिमा चम्पादेवी खड्काको उम्मेदवारी परेको छ । अर्याल र खड्का नेपाली काङ्ग्रेसका सांसद हुनुहुन्छ ।लेखा समितिको सभापतिमा एमालेका सुधीरुकुमार पौडेल र सामाजिक विकास तथा कृषि समितिको सभापतिमा नेकपा (माओवादी केन्द्र)का फणीन्द्र देवकोटाको मात्र उम्मेदवारी परेको हो । नेपाल समाजवादी पार्टीका देवकोटा माओवादी केन्द्रको चुनाव चिह्न लिएर निर्वाचित हुनुभएको हो । साउन ३० गते विषयगत समितिमा सदस्यको टुंगो लागे पनि सभापति चयन बाँकी थियो । प्रदेशसभा सचिवालयको कार्यक्रम अनुसार सभापति चयनको औपचारिक घोषणा भने आइतबार हुने सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिनुभयो ।
काठे गाई संरक्षरण गर्ने कृषकलाई सुत्केरी खर्च
पर्वतको विहादी गाउँपालिकाले लोपोन्मुख स्थानीय काठे गाईको सरंक्षण गर्न भनी गाईपालक कृषकलाई सुत्केरी खर्च दिदैआएको छ । घरमा पालेको लोकल गाई सुत्केरी हुँदा कृषकलाई प्रोत्साहनका लागि लोकल गाई संरक्षण कार्यक्रम अन्तर्गत सुत्केरी खर्च दिइने गरेको हो ।
अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन
पर्यटकीय सहर पोखरामा दिगो पर्यटनका विषयमा गहन छलफलका लागि दोस्रो संस्करणको अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको छ ।
विद्यार्थीलाई सिर्जनशील बनाउन सङ्गीत कक्षा सञ्चालन
विद्यार्थीलाई सिर्जनशील बनाउन म्याग्दीको एक विद्यालयले सङ्गीत कक्षा सुरु गरेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानामा रहेको ज्ञानप्रकाश माविले विद्यार्थीहरूका लागि सङ्गीत कक्षा सञ्चालन गरेको हो ।
राजतन्त्र फर्केला भन्नु बेकार हो : नेता खनाल
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेपालमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ भनेर पूर्वराजा ज्ञानेन्द्र शाहले दाउ हेरिरहेको बताउनुभएको छ । तर राजतन्त्र अब फर्कन सम्भव नरहेको उहाँको भनाइ छ ।
बढ्यो कोदोको माग
केही वर्ष पहिलेसम्म बागलुङका होटल तथा रेष्टुरेन्टमा कोदोका परिकार पाक्दैनथे । पछिल्लो समय यहाँका होटल तथा रेष्टुरेन्टमा कोदाको ढिँडो पाक्न थालेपछि कोदोको माग बढ्दै गएको छ ।
उपभोक्ताको पहिलो रोजाइमा मुस्ताङको स्याउ
मुस्ताङको स्याउ भित्रिन थालेपछि बागलुङमा फलफूलको बजार फस्टाउन थालेको छ । असोज लागेसँगै मुस्ताङको स्याउले बागलुङमा बजार पाउन थालेको छ । पछिल्लो समय यहाँका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ देखिन्छ ।
तनहुँमा चार हजार बढीमा डेंगुको सङ्क्रमण, चारको मृत्यु
तनहुँमा चार हजारभन्दा बढीमा डेंगुको सङ्क्रमण पुष्टि भएको छ भने चार जनाले ज्यान गुमाएका छन् । डेंगुको प्रकोप बढ्न थालेपछि तनहुँ उच्च जोखिममा परेको छ ।
मुस्ताङलाई पर्यटन र कृषिमा केन्द्रित गर्छौँ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङ जिल्लालाई पर्यटन र कृषिमा केन्द्रित गरेर योजना छनोट, बजेट विनियोजनमा प्राथमिकता दिइएको बताउनुभएको छ ।
सञ्चारमैत्री बनाइँदै नार्पाभूमि
हिमाली जिल्ला मनाङको विकट पालिका नार्पाभूमि सञ्चारमैत्री बनाइँदै छ । गाउँपालिकामा लघु जलविद्युत् र सौर्य ऊर्जा (सोलार) को माध्यमबाट इन्टरनेटको पहुँचमा पुर्याउने उद्देश्यले योजना निर्धारण गरिएको छ ।
स्याउ बजारमा पठाउन समस्या
नेपालका मनाङ, मुस्ताङ, जुम्ला, डोल्पा, मुगु, कालीकोट, हुम्ला, सिन्धुपाल्चोकलगायतका उच्च पहाडी तथा हिमाली जिल्लामा व्यावसायिक रूपमा स्याउ खेती हुँदै आएको छ । स्याउमा नेपाल आत्मनिर्भर हुन नसके पनि हिमाली जिल्ला मनाङमा यसको व्यावसायिक खेती हुँदै आएको छ । पछिल्लो समय केही युवा स्याउ खेतीमा आकर्षित हुन थालेका छन् । मनाङका पूर्वसांसद पाल्तेन गुरुङका छोरा युवराज गुरुङ पनि यस खेतीतर्फ लाग्नुभएको छ ।