• १२ साउन २०८१, शनिबार

राष्ट्रपति पौडेल आज तनहुँ आउनु हुँदै

blog

अमरराज नहर्की

तनहुँ, पुस २० गते । राष्ट्रपति रामचन्द्र पौडेल आज शुक्रबार गृह जिल्ला तनहुँ आउँदै हुनुहुन्छ  । जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले भानु नगरपालिका–७ वसन्तपुर स्थित पूर्कोट माध्यमिक विद्यालयको शतवार्षिकी समुद्घाटन गर्ने कार्यक्रम रहेको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताउनुभयो ।

राष्ट्रपति बनेपछि पौडेलको दोसो पटकको गृह जिल्ला भ्रमणका हो । यस अघि असोज ६ गते सदरमुकाम दमौली स्थित जिल्ला सभा हलको उद्घाटनको लागि राष्ट्रपति पौडेल तनहुँ आउनुभएको थियो । राष्ट्रपति पौडेल आउनुहुने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रशासन कार्यालय तनहुँले  जनाएको छ ।