• १६ भदौ २०८१, आइतबार

विपद् व्यवस्थापन प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री पाण्डे

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे

वालिङ,माघ २ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद् व्यवस्थापन गण्डकी प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भूकम्प सुरक्षा दिवसको अवसर पारेर स्याङ्जाको वालिङमा ‘समुदाय खोज र उद्धार तालिम’ को समापन तथा पूर्वाभ्यास कार्यक्रममा मुख्यमन्त्री पाण्डेले उद्धार, खोज र राहत जस्ता कार्यलाई प्राथमिकतामा राखेको बताउनुभएको हो। 

विपद्जन्य समस्या जुनसुकै बेला पनि आउनसक्ने भन्दै मुख्यमन्त्री पाण्डेले सबै पक्षको सहकार्यले मात्रै यसमा सफलता पाउन सकिने धारणा राख्नुभयो । प्रदेश सरकारले प्रदेशमा दश करोड र जिल्लामा दश लाख नघट्ने गरी विपद्को लागि कोष राखेको पाण्डेको भनाइ छ । 

गण्डकी पहाडी क्षेत्र धेरै भएको प्रदेश भएको भन्दै सुरक्षा निकाय तथा सबै पक्ष चनाखो हुनुपर्नेमा उहाँको जोड छ । प्रदेश सरकारले पूर्व तयारी गरिरहेको उहाँले जानकारी गराउनुभयो  । उहाँले भन्नुभयो, “प्रदेश सरकारले २० जना गोताखोरलाई तालिम दिएर तयारी अवस्थामा राखेको छ ।”

गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८०-०८१ को वार्षिक विकास कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीले सञ्चालन गरेको कार्यक्रममा भूकम्प, बाढी पहिरो, नदीमा बेपत्ता आदि अवस्थाको उद्धार र प्राथमिक उपचारको पूर्वाभ्यास गरिएको थियो । 

सशस्त्र प्रहरीको ३० नं. गुल्मद्वारा वालिङ नगरपालिका–९ स्थित आँधीखोलामा मङ्गलबार भूकम्प सुरक्षा दिवसको अवसर पारेर उद्धारको पूर्वाभ्यास गरिएकोे गुल्म प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक देवराज जोशीले जानकारी दिनुभयो ।