काठमाडौँ, असार २८ गते । राष्ट्रिय सूचना आयोगका पूर्वअध्यक्ष कृष्णहरि बास्कोटालाई पितृ शोक परेको छ । उहाँका पिता हरिहर बास्कोटाको सय वर्षको उमेरमा शनिबार बिहान ४ बजे कुलेश्वरस्थित आफ्नै निवासमा निधन भएको हो ।
समाजसेवी स्व. बास्कोटाको नाममा धादिङका विभिन्न विद्यालयमा ५० लाख रुपियाँभन्दा बढी अक्षयकोश स्थापना गरी गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।
यसैगरी, उहाँको नाममा हरिहर–भोजकुमारी केबलपुर मावि सञ्चालनमा छ । उहाँका दुई छोरी र चार छोरा हुनुहुन्छ । स्व. बास्कोटाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छोरा कृष्णहरिले जानकारी दिनुभयो ।