किसानलाई धान काट्न भ्याइनभ्याइ
दसैँ सकिना लाग्दै गर्दा किसान यति बेला धान काट्न र थन्क्याउनमा व्यस्त हुन थालेका छन् । किसानको व्यस्ततासँगै पूर्वी नवलपरासीमा यो वर्ष धान उत्पादनमा वृद्धि हुने भएको छ । जिल्लाका किसानलाई अहिले धान काट्न र थन्क्याउनमा भ्याइनभ्याइ छ । पूर्वी नवलपरासीमा यो वर्ष करिब १९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको र यो वर्ष विगतका वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो । यो वर्ष करिब १९ हजार हेक्टरमा धान लगाइएकोमा करिब ६३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको प्रमुख तिवारीको भनाइ छ । यो वर्ष वर्षा केही कम भए पनि समयमै पानी परेकाले धान उत्पादन राम्रो हुने र अहिलेसम्म ४५ प्रतिशत धान कृषकले थन्काइसकेका र अब १५ दिनभित्र सबै धान थन्क्याइसक्ने प्रमुख तिवारीले बताउनुभयो ।
कलाकार घिमिरे घाइते
कलाकार प्रकाश घिमिरे दुर्घटनामा परी सख्त घाइते हुनुभएको छ । पोखरा महानगरपालिका–३, नदीपुर निवासी घिमिरे छिमेकमै रहेको बालमन्दिर स्कुलको नजिकको भिरबाट घाँसको डाला तान्ने क्रममा खसेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी श्रवणकुमार विकले जानकारी दिनुभयो ।
गर्भवती र सुत्केरीलाई पोषण भत्ता
सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन र सुत्केरी सेवा लिने काममा आकर्षित गर्न तनहुँका स्थानीय तहले गर्भवती र सुत्केरीलाई पोषण भत्ता उपलब्ध गराउन थालेका छन् ।
ढुसीको प्रकोपले कागतीका बोट सखाप, किसान चिन्तित
फल लागेको कागतीका बोट मर्न थालेपछि बागलुङका किसान चिन्तित भएका छन् । ढुसीको प्रकोप देखिएपछि पछिल्लो दुई महिनायता कागतीका बोट मर्न थालेका हुन् ।
दसैं मनाएर फर्किनेको बसपार्कमा भीड
दसैं मनाउन गाउँ आएकाहरु फर्किन थालेका छन् । घरबाट कार्यथलो फर्किनेहरू बढेपछि कालिपुल बसपार्कमा भीड बढेको छ ।
आन्तरिक पर्यटकले ढोरपाटनका होटल भरिभराउ
दसैँंको मौका पारेर यस पटक धेरै आन्तरिक पर्यटक ढोरपाटन घुम्न निस्केका छन् ।
‘बाराही-रानीमार्ग’ खण्डमा कालोपत्र
जिल्लाको ब्यास नगरपालिका-११ मा सञ्चालित ‘बाराही-रानीमार्ग’ सडकको कालोपत्र लक्ष्य अघि नै सम्पन्न भएको छ । वि.सं.२०८० फागुन ११ गते सम्पन्न गर्ने गरी सम्झौता गरेको मङ्गलादेवी सुवास कन्ट्रक्सन कम्पनीले आठ महिनाको अवधिमा निर्माण सम्पन्न गरेको हो ।
तनहुँमा रोकिएन डेंगुको सङ्क्रमण
तनहुँमा फैलिएको डेंगुको प्रकोप बढ्दो छ । जिल्लामा छ हजारभन्दा बढीमा सङ्क्रमित भएको पुष्टि भइसकेको छ । तनहुँका करिब दैनिक एक सय जनामा डेंगुको सङ्क्रमण थपिरहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
दसैँ अवधिमा ६३१ सवारी साधन कारवाहीमा
नवलपुरमा दसैँको समयमा नियमविपरीत सञ्चालन भएका छसय ३१ सवारी साधन कारवाहीमा परेका छन् । नियमविपरीत सञ्चालित सवारी साधनलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक अच्युतराज आचार्यले बताउनुभयो ।
बढी भाडा लिने गाडीचालक कारबाहीमा
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले यात्रुसँग बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ । चाडपर्वको समयमा यात्रुलाई अप्ठेरोमा पारेर बढी भाडा असुल गर्ने १२ सवारी साधनलाई कारबाही गरेको हो ।
कलाकार घिमिरे दुर्घटनामा परी घाइते
कलाकार प्रकाश घिमिरे दुर्घटनामा परी घाइते हुनुभएको छ । पोखरा महानगरपालिका ३ नदीपुर निवासी घिमिरे छिमेकमै रहेको बालमन्दिर स्कूलको नजिक प्रेम शेरचनको घर नजिकको भिरबाट घासको डाला तान्ने क्रममा बिहान ९ बजेतिर डिलबाट खसेर घाइते हुनुभएको हो ।
फलफूल र आलुबाली विकास आयोजना
गण्डकी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले चालु आर्थिक वर्षमा आलु र फलफूल बाली विकास आयोजना कार्यक्रम सञ्चालन गर्न म्याग्दीमा करिब रु चार करोड बजेट पठाएको छ । कृषि ज्ञानकेन्द्र म्याग्दीका निमित्त प्रमुख सञ्जिव बाँस्तोलाले आलु र सुन्तलाजात फलफूल खेतीलाई जोड गरेर आयोजना लागू गरिएको जानकारी दिनुभयो ।
उत्कृष्ट पर्यटकीय गन्तव्य बन्दै बागलुङको बेलढुङ्गा
बेलढुङ्गा बागलुङ र म्याग्दीको सिमानामा पर्छ । उच्च पहाडी क्षेत्रमा रहेको बेलढुङ्गा सिमाना मात्रै नभएर पछिल्लो समय उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास भएको छ ।
सिद्धार्थ राजमार्ग तरकारी पकेट क्षेत्र तथा सङ्कलन केन्द्रमा जोडिँदै कृषक
सिद्धार्थ राजमार्गअन्तर्गत पोखरा महानगरपालिका–२२ स्थित ठुलढुङ्गामा पछिल्लो एक दशकयता स्थानीयवासी व्यावसायिक कृषिमा लागेका छन् ।
पाइप नहुँदा खानेपानीको हाहाकार खेप्दै जुकेपानीका दलित बस्ती
पर्वतको जुकेपानी गाउँका दलितले खानेपानी घर घरमा पुराउने भनी पक्की पानी ट्याङ्की बनाएको अहिले ४ वर्ष हुन थालिसकेको छ । जनश्रम दानमा ट्याङ्की बनाएको ४ वर्ष बितिसक्दा पनि पाइप नहुँदा ट्यांङकीमा पानी खसाल्न पाएका छैनन् । गाउँको दलितवस्तीमा खानेपानीको हाहाकार छ ।
एक वडा, एक उत्पादनअन्तर्गत ‘एभोकाडो खेती’
जिल्लाको आँबुखैरेनी गाउँपालिकामा ‘नौनी फल’ भनेर चिनिने एभोकाडोको व्यावसायिक खेती सुरु गरिएको छ ।
तालबाराही मन्दिर पुनः निर्माण सुरु
फेवातालको बिचमा रहेको प्रसिद्ध ताल वाराही मन्दिरको पुनः निर्माण थालिएको छ । पुरातत्त्व विभागको समन्वयमा हुने पुनर्निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य छ । मन्दिर चार रोपनीमा फैलिएको छ ।
मेडरी नाच लोप हुने चिन्तामा थारु समुदाय
थारु समुदायको पौराणिक महत्वको मेडरी नाचप्रति युवापुस्ताले चासो नदिँदा लोप हुने अवस्थामा पुगेको छ ।
मानुङकोटमा पर्यटक
तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटमा पर्यटकको चहलपहल । चिसो मौसमसँगै यहाँबाट दृश्यावलोकनका लागि आन्तरिक पर्यटकको चहलपहल बढेको छ ।
धौलागिरि अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा
धौलागिरि अस्पतालमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको जन्म भएको छ । बडादसैँका बेला अस्पतालमा स्त्रीरोग विशेषज्ञ नहुँदा पनि विद्यमान स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिका वडा नं र ३ की ३२ वर्षीया मालती छन्त्याल तामाङले अहिलेसम्मको बढी तौल भएको बच्चालाई जन्म दिनुभएको हो ।
बर्खामा ज्यानको बाजी थापेर खोला तर्ने बाध्यता हट्यो
वारी भिमाद नगरपालिका, पारी शुक्लागण्डकी नगरपालिकाको बिचमा बगेको बरखोला हिउँदमा सामान्य भएपनि बर्खामा उर्लेर बहने हुँदा तर्न सर्वसाधारणलाई जोखिम थियो ।
वाम सहकार्य र समन्वयका लागि शुक्लागण्डकीमा कार्यदल गठन
तनहुँको शुक्लागण्डकी नगरपालिकामा वाम सहकार्य र समन्वयका लागि कार्यदल गठन गरिएको छ ।
सेतीनदी कटान क्षेत्रमा ग्याबिन तटबन्धन निर्माण
भीमाद नगरपालिकास्थित सेती नदीले कटान गर्दा जोखिममा पारेको बस्ती संरक्षणका लागि ग्याबिन तटबन्धन निर्माण गरिएको छ ।
लोकमार्गको धुलो र हिलोले यात्रुलाई सास्ती
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहको मध्यपहाडी लोकमार्गको काम समयमै सम्पन्न नहुँदा स्थानीय र यात्रुले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।