• १३ असोज २०८१, आइतबार

स्कुल बसको ठक्करले बालकको मृत्यु

blog

फडिन्द्र अधिकारी

लेखनाथ, माघ ५ गते । पोखरा महानगरपालिका –२४ कास्किकोटको काउलेमा स्कुल बसको ठक्करले बालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो पौने ३ बजेतिर बाल प्रतिभा बोर्डिङ स्कुलको ग १ क ४०८२ नम्बरको बसले नर्सरीमा पढ्ने समीर कार्कीलाई ठक्कर दिएको थियो ।

सोही बसबाट झरेर घर जान लाग्दा बसले ठक्कर दिएपछि घाइते समीरलाई उपचारका लागि पोखरा –८, सिर्जना चोकको मेट्रोसिटी अस्पतालमा ल्याएको थियो । साँझ ४ बजे उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ । 

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले सो बस र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको कास्कीका प्रहरी प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।