दसैंमा ८९५ सवारी साधन कारबाहीमा
विजयादशमीको अवधिमा जिल्ला ट्राफिक कार्यालय स्याङ्जाले ८९५ वटा सवारी साधनलाई कारबाही गरेको छ । असोज २८ गते (घटस्थापना) देखि कात्तिक १० गते (पूर्णिमा) सम्मको अवधिमा ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले सवारी साधनलाई कारबाही गरी छ लाख ५४ हजार राजस्व संकलन गरेको जनाएको छ ।
महासचिव गुटेरेस पोखरामा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पोखरा आइपुग्नुभएको छ । नेपालको औपचारिक भ्रमणमा रहनुभएका महासचिव गुटेरेस सोमबार दिउँसो पोखरा आइपुग्नुभएको हो ।
स्यानिटरी प्याड खरिदमा आर्थिक चलखेलको आशङ्का
पर्वतको कुश्मा नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क वितरण गर्ने भनी खरिद गरिएको स्यानिटरी प्याडमा आर्थिक चलखेल भएको आशंका गरिएको छ ।
तातोपानी कुण्डमा स्नान गर्नेको भिड (फोटो फिचर)
म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गा तातोपानीमा स्नान गर्नेको भीड बढेको छ । जाडो मौसम सुरु भएसँगै तातोपानी कुण्डमा स्नान गर्नेको भीड बढेको हो ।
डेंगुबाट तनहुँमा थप एकको मृत्यु
तनहुँमा डेंगुको सङ्क्रमणबाट थप एक महिलाको मृत्यु भएको छ । व्यास नगरपालिका–९ डोटेलफाँट निवासी ७२ वर्षीया टिकामाया पौडेलको हालै मृत्यु भएको हो ।
शान्ति, धार्मिक सहिष्णुता कायम राख्न महायज्ञ
शान्ति, धार्मिक सहिष्णुता कायम राख्ने उद्देश्यले विश्व हिन्दु महासङ्घ स्याङ्जा शाखाले महायज्ञ गर्ने भएको छ । महासङ्घ स्याङ्जाले वेदको उजागर भएको तनहुँको दमौलीमा रहेको वेदआश्रम स्थलमा स्याङ्जा शाखाले महायज्ञ गर्ने भएको हो ।
लेक लागेका विदेशी पर्यटकको उद्धारमा समस्या
लेक लागेर बिरामी परेका दुई जना विदेशी पर्यटकको उद्धारमा समस्या भएको छ । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–६, रिप्चेतस्थित लुम्जेन गुम्बामा पुगेपछि बिरामी परेका विदेशी पर्यटकको उद्धारमा कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले जानकारी दिनुभयो ।
बढ्दो घुम्ने संस्कृति
अघिल्लो शरदयाममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गर्नुभएका निसान खड्काले यसपालिको दसैँ बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाउनुभयो ।
‘सिङ्गल स्पान’ प्रविधिको दोस्रो लामो झोलुङ्गे पुल अन्तिम चरणमा
बागलुङ र छिमेकी जिल्ला पर्वत जोड्ने गरी सिङ्गल स्पान प्रविधिको विश्वको दोस्रो लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको हो । बागलुङको बाङ्गेचौर र पर्वतको अदुवारी जोड्ने गरी चार वर्ष पहिला एक टापुदेखि अर्को टापु सीधा जोड्ने विश्वकै लामो पुल तयार भएको थियो ।
अखाद्य वस्तु मिसावट भएको चामल खाँदै उपभोक्ता
जिल्ला प्रशासन कार्यालय नवलपुरको अगुवाइमा तीन हप्ताअघि असोज २३ गते जिल्लाका विभिन्न पसलको अनुगमन गरियो । समीक्षा इन्टरप्राइजेज कावासोतीमा अनुगमनपछि पवलपुत्र खाद्य उद्योग प्रालि वीरगन्जले उत्पादन गरेको एप्पल ब्रान्डको सोना मन्सुली चामलमा अखाद्य वस्तु मिसावट भएको भन्दै बिक्रीवितरणमा प्रतिबन्ध लगाइयो । प्रतिबन्धपछि समीक्षा इन्टरप्राइजेजमा रहेका पाँच सय ७७ बोरा चामल गोदाममै थन्किएका छन् । चामलमा अखाद्य वस्तुको मिसावट भएको हो/होइन अझै यकिन भइसकेको छैन । चामलको गुणस्तर परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तनहुँमा नमुना पठाएको २२ दिन भइसकेको छ । २२ दिनसम्म पनि परीक्षणको रिपोर्ट नआएको पर्यटन तथा उद्योग कार्यालय नवलपुरका प्रमुख नगेन्द्र पौडेलले बताउनुभयो ।
तालवाराही मन्दिरको पुनर्निर्माण सुरु
फेवातालको बिचमा रहेको प्रसिद्ध तालवाराही मन्दिरको पुनर्निर्माण थालिएको छ । पुरातत्व विभागको समन्वयमा हुने पुनर्निर्माण दुई वर्षभित्र सक्ने लक्ष्य छ । मन्दिर चार रोपनीमा फैलिएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मन्दिरको जग पूजा गर्दै शिलान्यास गर्नुभएको हो । प्रमुख आचार्यले पोखराको गहना तालवाराही मन्दिरको संरक्षण गर्ने जिम्मेवारी पोखरेली र तीनै तहका सरकारको भएको बताउनुभयो । उहाँले पुरानै स्वरूपमा मन्दिर पुनर्निर्माण गरी आकर्षक सम्पदासहित भावी पुस्ताले समेत अध्ययन गर्ने थलो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नौ करोड रुपियाँ लागतमा मन्दिर पुनर्निर्माण भएपछि तालवाराही अझ आकर्षक र पर्यटकीय केन्द्र बन्ने छ । यसका लागि महानगर आवश्यक समन्वय र साथ दिन तयार छ ।”
खसीबोका बिक्री नहुँदा किसान निराश
दसैँमा खसीबोका बिक्री नहुँदा तनहुँका किसान निराश छन् । चाडबाडमा खसीबोका बिक्री नहुने र बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । बाख्रापालनमा लाग्ने किसान खसीबोका बेचेरै दसैँतिहार जस्ता चाडपर्व टार्ने ध्याउन्नमा हुन्छन् तर यो वर्ष बिक्रीमा समस्या अनि बिक्री भइहाले पनि उचित मूल्य नपाउँदा किसान समस्यामा परेका हुन् । जिल्लाको ग्रामीण क्षेत्रबाट खसीबोका लिएर सदरमुकाम दमौली, प्रमुख बजार क्षेत्र डुम्रे, आँबुखैरेनी, खैरेनीटार, दुलेगौँडा, भिमाद आइपुगेका किसान आफूले पालेका खसीबोका किन्ने ग्राहक नपाउँदा चिन्तामा परेका हुन् । बाख्रापालनबाट जीविकोर्पाजन गर्ने उनीहरूलाई गतिलो व्यापार नहुँदा घरखर्च जोहो गर्न सकस परेको कृषकले बताएका छन् ।
अरिङ्गालले चिलेर एक पुरुषको मृत्यु एक घाइते
तनहुँमा अरिङ्गालले चिलेर एकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पोखरा र एबिसीमा गुटेरेसको स्वागतको तयारी
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस सोमबार दिउँसो पोखरा आउँदै हुनुहुन्छ । नेपाली सेनाको हेलिकोप्टरबाट पोखराको पुरानो विमानस्थलमा अवतरणपछि उहाँ सिधै होटेलतर्फ प्रस्थान गर्नुहुनेछ ।
हिमालमै बित्छ पथप्रदर्शकको चाडपर्व
दसैँतिहारको समयमा मनाङको तिलिचोलगायतका पर्यटकीय क्षेत्रमा घुम्न जाने पर्यटक सङ्ख्या बढ्दै गएको छ । खुलेको मौसम र दसैँतिहारको लामो बिदाको समयमा प्राकृतिक सुन्दरतामा रमाउन चाहनेका लागि यो क्षेत्र पहिलो रोजाइमा पर्न थालेको छ । दसैँमा गाउँ जानुको सट्टा आम्दानी हुने भएकाले पथप्रदर्शक युवाको रोजाइमा पर्यटन क्षेत्र परेको हो ।
शिलान्यास भएको सात वर्षपछि पनि सुरु भएन भानुगृह निर्माण
आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा भानुगृह निर्माण सुरु हुने भएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घा शिखरकटेरीमा भानुभक्तको घर निर्माण गर्न लागिएको हो ।
पोखरामा विद्युतीय शवदाह गृह
पोखरामा पहिलो पटक विद्युतीय शवदाह गृह निर्माण भएको छ । काठमाडौँबाहिर निर्माण भएको यो पहिलो विद्युतीय शवदाह गृह हो । सहरी विकास मन्त्रालयले पोखरा–१०, रामघाटमा निर्माण गरेको शवदाह गृहको गत भदौ दोस्रो सातामा निर्माण सकिएको थियो । शवदाह गृहको शुक्रबार परीक्षण गरिएको छ । दुई शवलाई करिब ४५ मिनेटमा जलाइएको थियो । एक महिनासम्म परीक्षणका रूपमा शव दहन गरिसकेपछि शवदाह गृह पोखरा महानगरलाई हस्तान्तरण गर्ने तयारी छ ।
दसैँको ऋण तिर्न बालुवामा सुन खोज्दै बोटे समुदाय
तनहुँको व्यास नगरपालिका–१०, बोटेगाउँ, कुमालटारीका बोटे समुदाय दसैँमा लागेको ऋण तिर्न बालुवामा सुन खोज्न नदी किनारतर्फ लागेका छन् ।
विगतजस्तो हर्षोल्लास बन्न सकेन दसैँ
नेपालीको महान् चाड दसैँ विगतजस्तो हर्षोल्लास हुन नसकेको स्थानीयको भनाइ छ । देशमा देखिएको चरम आर्थिक मन्दी र युवा जनशक्तिको पलायनले दसैँ विगतजस्तो बन्न नसकेको हो ।
मनाङ आन्तरिक पर्यटकको गन्तव्य
हेटौँडाका अमृत ताम्राकार दसैँ बिदाको समय सदुपयोग गर्न मनाङ भ्रमणमा आउनुभएको छ । उहाँ भन्नुहुन्छ, “लामो समयदेखि मनाङ आउने योजना थियो, बल्ल यसवर्ष आउने समय मिल्यो ।” मनाङ आएर यहाँको प्रकृतिसँग रमाउनुको मज्जा नै बेग्लै रहेको ताम्राकारको भनाइ छ ।
गाडी एकापसमा ठोक्किँदा चार घाइते
पोखरा–बागलुङ सडक मार्गमा पर्ने पर्वतको मोदी गाउँपालिका –६ स्थित बेतेनीमा आइतबार दिउँसो तीन वटा गाडीहरू एकापसमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
युवालाई धर्मग्रन्थ कुरान कण्ठस्थ
दुई चार पेज कण्ठ पारेको सुनिएकै हो, तर यहाँ एक १८ वर्षीय युवकले मुस्लिमको धर्मग्रन्ध कुरान नै कण्ठ पार्नुभएको छ । भीरकोट नगरपालिका –२ ठूलो गाउँका साजितद्दिन मियाँले ७९१ पृष्ठको कुरान कण्ठ पार्नुभएको हो ।
पाक्न लागेको धानमा ‘पोके’ र हावाहुरी
म्याग्दीको बेनी नगरपालिका-२ बगरफाँटको खेतमा पाक्नै लागेको धानमा ‘पोके’ रोग र ‘फड्के’ किराको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन् ।
पोखरामा बस दुर्घटना : १६ जना घाइते, चारको अवस्था गम्भीर
पोखरा–२२, पुम्दीभुम्दी जाँदै गरेको नगर बस घैयाँखेतमा दुर्घटना भएको छ । दुर्घटनामा १६ जना यात्रु घाइते भएका छन् ।