बाख्राको दूधबाट बनेको चीज पर्यटकको रोजाइमा
बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमले उत्पादन गरेको चीज पोखरा र काठमाडौँका होटलमा माग हुने गरेको छ ।
भूकम्पपीडितका लागि गण्डकी सरकारको एक करोड दिने
गण्डकी प्रदेशले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्प प्रभावितहरुलाई सहयोग गर्न कर्णाली प्रदेश सरकारलाई एक करोड रुपियाँ उपलब्ध गराउने भएको छ ।
पर्यटकले भरिन थाल्यो मनाङ
चाडपर्व आउँदा होस् वा पाँच/सात दिन बिदा भयो भने कतै घुम्न जान पाए हुन्थ्यो भन्ने कुराले नेपालीलाई तानेकै छ । नेपालीमा पाँच दिनको प्याकेजमा महँगो शुल्क तिरेर थाइल्यान्ड जानुको सट्टा आफ्नै देशका पर्यटकीय तथा धार्मिक स्थलको भ्रमण गर्ने प्रचलन बढ्दै गएको पाइएको छ ।
पुतली बाजेको निधन
कसैको नामले कर्म सम्झाउँछ, कसैलाई कर्मले नै नाम दिन्छ । बेलायतमा जन्मिनुभएका कलिन फिलिप स्मिथलाई कर्मले नाम दियो, पुतली बाजे । कालान्तरमा धेरैले चिन्ने र सम्झिने नाम यही बन्न पुग्यो । ३० वर्षको लक्का जवान हुँदा नेपालीलाई पढाउन आउनुभएका विदेशी शिक्षक स्मिथ कालान्तरमा नेपाली नै बन्नुभयो ।
म्याग्दी कांग्रेसको सम्मेलन स्थगित
नेपाली कांग्रेस म्याग्दीकोे जिल्ला सम्मेलन स्थगित भएको छ । जाजरकोट भूूकम्पका कारण सम्मेलन स्थगित गरेको नेपाली कांग्रेस म्याग्दीका सचिव भरत रकालले जानकारी दिनुभयो ।
बोयर बाख्रापालनमा रमाएका धन श्रीस
बेनी नगरपालिका–३, भकिम्लीका धनबहादुर श्रीसले १२ वर्षदेखि व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको छ । १५ वर्ष विदेशमा बिताउनुभएका श्रीसले गाउँ फर्किएर बोयर जातका बाख्रा पाल्न थाल्नुभएको हो । अहिले उहाँले जिल्लाकै नमुना किसानको पहिचान बनाउनुभएको छ ।
उद्धार र राहतमा जुट्न माओवादी केन्द्र गण्डकीको आह्वान
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश समितिले भूूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र विस्थापितहरुको व्यवस्थापनमा केन्द्रित हुुन नेता कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।
भूकम्पको धक्काले सुख्खा पहिरो, बाटो अवरुद्ध
जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पको धक्काबाट स्याङ्जाको अर्जुनचौपारी १ मा गएको पहिरोले बाटो अवरुद्ध भएको छ ।
सरकारमा हुँदा पनि कांग्रेस दुःखी छ : महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजधानीदेखि स्थानीय तहसम्म कांग्रेस सरकारमा सहभागी भएपनि नेता, कार्यकर्ता निराश रहेको बताउनुभएको छ ।
फूल खेतीमा रमाउँदै किसान
नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका–१ का लक्ष्मी चालिसेले पाँच कट्ठा जमिनमा लगाएको सयपत्री फूल ढकमक्क फुलेको छ । बिहान–बेलुका उहाँले यिनै फूलको गोडमेलमा समय बिताउनुहुन्छ ।
गण्डकी प्रदेश सरकारले पठायो चिकित्सक र स्वास्थ्यकर्मी
गण्डकी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा चिकित्सकसहितको स्वास्थ्यकर्मी टोली पठाएको छ । भूकम्प प्रभावितहरूको उद्धार र उपचारमा सहयोग गर्ने उद्देश्यले डाक्टर विकास गौचनको नेतृत्वमा विशेषज्ञ चिकित्सकसहितको टोली त्यसतर्फ गएको हो ।
तनहुँमा बस दुर्घटना हुँदा चालक सहित ३४ यात्रु घाइते (नामावली सहित)
पृथ्वी राजमार्ग अन्तर्गत पर्ने तनहुँ व्यास नगरपालिका–१२ कमलवारीमा शनिबार बिहान ५ः१० बजे बस पल्टिदा चालक र बाँकी अन्य गरी ३४ यात्रु घाइते भएका छन् ।
व्यावसायिक रूपमा फूल खेती
प्राकृतिक फूलको आयात कम गर्न नवलपुर जिल्लामा व्यावसायिक फूल खेती सुरु गरिएको छ । तिहारमा सप्तरङ्गी टीका, सयपत्री र मखमली फूलको माला लगाउने गरिन्छ । नवलपुरका विभिन्न ठाउँमा व्यावसायिक फूल खेती गरिएको छ । तिहारका लागि महत्वपूर्ण मानिने सयपत्री फूलको बिक्री सुरु गरिएको छ ।
सुन्तला उत्पादन बढ्यो
नवलपुर जिल्लाको पहाडी क्षेत्र बबक सुन्तला खेतीका लागि प्रख्यात ठाउँ हो । यहाँका हरेक घरपरिवारले धेरथोर सुन्तला लगाउने गरेका छन् । जिल्लाको पहाडी क्षेत्रका बबक, राइकोट, जौबारीलगायतका क्षेत्रमा राम्रो सुन्तला उत्पादन हुने गरेको छ । अहिले सुन्तला किसानले सुन्तला टिप्न सुरु गरेका छन् । अघिल्ला वर्षहरूमा बजारको समस्या झेलेका यस क्षेत्रका किसानले अहिले कतिपय व्यापारी बगैँचामै पुग्ने र पहिले नै अर्डर गर्ने हुँदा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ । सुन्तलाको फूल खेल्ने समयमा मौसम अनुकूल हुँदा र रोग किराको प्रकोप नलाग्दा यस वर्ष सुन्तला उत्पादन राम्रो भएको व्यापारी बताउँछन् ।
आधुनिक कृषि औजारको प्रयोगले सहजता
पूर्वी नवलपरासीका किसानहरु यतिबेला धान काट्न र थन्काउनमा व्यस्त छन् । पछिल्लो समय कृषि क्षेत्रमा विभिन्न मेसिनरी उपकरणहरु भित्रिए पछि काम गर्न सहज हुँदै गएको छ ।
खाडीबाट फर्किनुभएकी कौशिलाको सुझावः घरेलु कामदार बनेर खाडी नजानू
सात समुन्द्र पारीको देश, मध्यरात र एक्लो कोठामा सुतिरहेको अवस्थामा कोही पुरुषले आफ्नो मुख थुन्छ । हातभरी कुवेती डलर बोकेको बयस्क पुरुषले भन्छ, ‘तलाईं चाहिएको जति दिन्छु मैले भनेको मान ।’
कांग्रेस एक ढिक्का भएर अघि बढेको छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भएर अघि बढेको बताउनुभएको छ ।
तनहुँकी गौली शिक्षण पेसा छोडेर ‘ड्रागन खेती’मा
व्यास नगरपालिका-२ कालिका मार्ग निवासी कल्पना गौली १६ वर्ष शिक्षण पेसामा लाग्नुभयो । उहाँसँग प्राविदेखि मावि तहसम्म अंग्रेजी विषयमा अध्यापन गराएको अनुभव छ ।
सुशासन विकासको पहिलो आधार हो : पूर्व मुख्यमन्त्री गुरुङ
नेकपा (एमाले)का उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सुशासन विकासको पहिलो आधार भएको बताउनु भएको छ ।
३७ हजार बालबालिकालाई भिटामीन ‘ए’ र जुकाको औषधि खुवाइयो
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत आजदेखि राष्ट्रव्यापी रुपमा बालबालिकालाई भिटामीन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सञ्चालन भइरहेको छ ।
कालीगण्डकीमा डुबेर आमाको मृत्यु, छोराको अवस्था गम्भीर
स्याङ्जाको गल्याङ नगरपालिका –७ मा रहेको सेतीबेनी शिलाको दर्शन गर्न गएका बेला कालीगण्डकी नदीमा डुबेर आमाको मृत्यु भएको छ । छोराको अवस्था गम्भीर रहेको छ ।
पञ्चासे अल्ट्रा रेस कात्तिक १८ र १९ गते
पोखराका पर्यटकीय क्षेत्रलाई प्रवर्द्धन गर्न पञ्चासे अल्ट्रा रेस हुने भएको छ । कात्तिक १८ र १९ गते हुने प्रतियोगितामा ४ इभेन्ट समावेश गरेको आयोजक पञ्चासे अल्ट्रा रेस सिरिजका संस्थापक राजीव श्रेष्ठले जानकारी दिनुभयो ।
घारखोलामा निर्माण भएको मोटरेबल पुल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सिमाना भएर बग्ने घारखोलामा निर्माण भएको मोटरेबल पुल ।
विदेशी पर्यटक मनाङमा साइकल यात्रा गर्दै
अन्नपूर्ण पदमार्गअन्तर्गत मनाङ ङिस्याङ–१ ढुकुर पोखरीबाट माथिल्लो मनाङतर्फ साइकल यात्रा गर्दै विदेश पर्यटक पृष्ठभूमिमा अन्नपूर्ण दोस्रो हिमाल ।