• १३ असोज २०८१, आइतबार

बाँदर नियन्त्रणका लागि ‘मेरो रुख म काट्छु’ अभियान

blog

वडा कार्यालयले जारी गरेको सूचनासहितको साङ्केतिक तस्बिर ।

सन्तोष सुवेदी

कास्की, माघ १६ गते । पोखरा महानगरपालिका १९ लामाचौरले पोखरामा बाँदर नियन्त्रणका लागि रुख कटान गर्ने अभियान चलाएको छ । 

पोखरा महानगरपालिका १९ लामाचौर पुरुनचौर क्षेत्र बाँदरबाट अति प्रभावित भएको भन्दै वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले ‘मेरो रुख म काट्छु’ भन्ने अभियान सञ्चालन गर्नुभएको हो ।

गण्डकी सरकारले चालु आर्थिक वर्ष २०८०-०८१ को नीति तथा कार्यक्रममा समेत बाँदर नियन्त्रणसम्बन्धी नीति पास गरेकाले घर वरपर रहेका रुखहरु कटान गरी अभियानले सरकारलाई सहयोग पुग्ने पाण्डेको तर्क छ ।

 ‘‘सूचना जारी गरेको मितिले १० दिनभित्र मेरो रुख म काट्छु भन्ने अभियान सञ्चालन गरी आफ्नो घर वरपर रहेका सम्पूर्ण रुख कटान गरी प्रदेश सरकारको नीति तथा कार्यक्रमलाई सहयोग पुर्‍याउनुका साथै आफ्नो घर क्षेत्रमा बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्‍याउन वडावासीलाई अनुरोध छ,’’ सूचनामा उल्लेख गरिएको छ ।