• १३ असोज २०८१, आइतबार

लिफ्टबाट खसेर इन्जिनियरको मृत्यु

blog

फडिन्द्र अधिकारी 

लेखनाथ, माघ १६ गते। पोखरा महानगरपालिका वडा नम्बर ६ लेकसाइडमा लिफ्टबाट खसेर एक जनाको मृत्यु भएको छ। मङ्गलबार दिउँसो १ बजेतिर लिफ्टबाट खसेर ३७ वर्षीय प्रवीण भट्टराईको मृत्यु भएको हो। 

खहरेचोकमा रहेको चिनिमाया भण्डारीको निर्माणाधीन घरमा तातोपानीको सर्भे गर्ने क्रममा ५ औँ तलाको लिफ्टबाट खस्दा पोखरा–८, रत्नचोक बस्ने भट्टराई गम्भीर घाइते हुनुभएको थियो। 

मुक्ति इनर्जी प्रालिका इन्जिनियरसमेत रहनुभएका भट्टराईलाई उपचारका लागि गण्डकी मेडिकल कलेज ल्याइएकोमा उपचारका क्रममा दिउँसो साढे २ बजे निधन भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो।