• २७ पुस २०८१, शनिबार

तनहुँको म्याग्दे गाउँपालिका संस्थागत स्वमूल्याङ्कनमा प्रथम

blog

गण्डकी प्रदेश प्रथम प्रथम भएको तनहुँको म्याग्दे गाउँपालिका ।

अमरराज नहर्की

तनहुँ, माघ १६ गते । स्थानीय तह संस्थागत स्वमूल्याङ्कनमा तनहुँको म्यादे गाउँपालिका गण्डकी प्रदेशमै पहिलो भएको छ । हालसम्म सार्वजनिक नतिजा अनुसार सो गाउँपालिका ९४.५ अङ्क प्राप्त गरी प्रथम हुन सफल भएको हो । 

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा तनहुँको म्याग्दे गाउँपालिका गण्डकी प्रदेशमा नै पहिलो पालिका बनेको छ । स्वमूल्याङ्कन बारे सार्वजनिक गरिएको आर्थिक वर्ष ०७९।८० को नतिजा अनुसार म्याग्दे गाउँपालिका प्रदेशमा नै पहिलो बन्न सफल भएको गाउँपालिकाले जनाएको छ । विभिन्न दश वटा शीर्षकमा मूल्याङ्कन गर्ने गरिन्छ । जसमा म्याग्दे गाउँपालिकाले शासकीय प्रबन्धमा ९ अङ्क प्राप्त गरेको छ भने सङ्गठन तथा प्रशासनमा ८ अङ्क, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ११ अङ्क, वित्तीय तथा आर्थिक व्यवस्थापनमा ११ अङ्क, सेवा प्रवाहमा १५, न्यायिक कार्य सम्पादनमा ६.५, भौतिक पूर्वाधारमा ११.५, सामाजिक समावेशीकरणमा ९.५, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनमा ८.२५ र सहकार्य र समन्वयमा ४.७५ अङ्क प्राप्त गरी कुल ९४.५ प्राप्त गरे गण्डकी प्रदेशमा नै पहिलो पालिका वनेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । 

पालिकाले शासकीय प्रबन्ध, सङ्गठन तथा प्रशासन र वार्षिक बजेट तथा योजना व्यवस्थापनमा शत प्रतिशत नतिजा निकालेको छ । लिजामा प्रकाशित नतिजा अनुसार म्याग्दे गाउँपालिकाले समग्र स्थितिमा ९७.६२ प्रतिशत, प्रक्रियागत स्थितिमा९५.५९ प्रतिशत र परिमाणात्मक स्थितिमा ९२.२२ प्रतिशत नतिजा प्राप्त गरेको छ । गण्डकी प्रदेश भरिका ८५ वटा पालिका मध्ये ८२ वटा पालिकाको नतिजामा म्याग्दे गाउँपालिका प्रदेशको नै पहिलो पालिका वनेको छ भने स्याङ्जाको अर्जुनचौपारी दोस्रोमा र तनहुँको आवुखैरेनी गाउँपालिकाले ९३.२५ प्रतिशत अङ्क प्राप्त गरी तेस्रो स्थानमा छ ।