किसान सामूहिक किवी खेतीमा
कम लगानीमा लामो समयसम्म राम्रो आम्दानी दिने किवी खेतीमा पुतली बजार –९ कोल्मा, कल्छेङदीका युवाहरू आकर्षित भएका छन् ।
तेलहन बालीको क्षेत्रफलमा वृद्धि
नवलपुरका अधिकांश स्थानमा यतिखेर तोरी फुलेको देख्न सकिन्छ । तोरीको पकेट क्षेत्र मानिएको जिल्लामा तेलहन बालीको क्षेत्रफल बढेसँगै उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।
लोप हुँदै जुनेलो
ग्रामीण भेकमा पूजाअर्चना तथा धार्मिक कार्यमा प्रयोग हुने जुनेलो लोप हुँदै गएको छ । पूजाअर्चना तथा धार्मिक कार्यमा चढाउनका लागि जुनेलो भुटेर राखिने गरिन्थ्यो । तर अचेल भने जुनेलो औषधीकै रूपमा प्रयोग गर्नसम्म पनि पाउन मुस्किल हुन थालेको छ ।
आरुघाट-लार्केभञ्ज्याङ सडक मर्मत सुरु
उत्तरी गोरखाकाे धार्चे गाउँपालिकामा असार, साउन र भदौ महिनामा परेको अत्यधिक अविरल वर्षाका कारण भत्किएका ग्रामिण सडकहरु गाउँपालिकाले धमाधम मर्मत सुरु गरेको छ ।
राष्ट्रपति रनिङ शिल्डको उपाधि विजय भवानी माविलाई
गोरखाको गण्डकी गाउँपालिकाको आयोजनामा भएको पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि विजय भवानी माविले हात पारेको छ ।
सडक स्तरोन्नतिको माग
म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको ६ घारमा गाउँपालिकाको आइतबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
गोरखामा व्यावसायिक कफी खेती
गोरखाको वारपाका सुलीकोट गाउँपालिकाभित्रका सबै वडामा व्यावसायिक कफी खेती सुरु गरिएको छ । पालिका भित्रका कफि खेती गर्न रुचाउने किसानहरुलाई कृषक समूह बनाई कफि खेती सुरु गरिएको वारपाक सुलीकोट गाउँपालिकाका अध्यक्ष बिष्णु भट्टले जानकारी दिनुभयो ।
एचआइभी एड्सबाट आठ जनाको मृत्यु
नवलपुरमा गरिएको स्वास्थ्य परीक्षणमा १४४ जनालाई एचआइभी एड्स सङ्क्रमण देखिएको पुष्टि भएको छ । ११ जना नवलपुरबाहिरका व्यक्ति हुन् ।
गति लियो सडक निर्माणले
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको बुटवल–नारायणगढ सडकले निर्माणको गति लिन नसक्दा जताततैबाट विरोध भएपछि कामले गति लिन थालेको छ ।
जमेको टिटी ताल
हिमाल पारिको जिल्ला मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित टिटी ताल । पर्यटन प्रवद्र्धनकोे पर्खाइमा रहेको उक्त ताल सडक सञ्जालदेखि टाढा रहेपनि मुस्ताङ घुम्न आउने आन्तरिक पर्यटक कम मात्रमा यो ताल अवलोकन गर्न आउने गर्छन् ।
गोरखा ५ मा माओवादी केन्द्रका रानामगर विजयी
गोरखा नगरपालिका–५ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी [माओवादी केन्द्र] का विष्णुबहादुर रानामगर विजयी हुनुभएको छ । आइतबार सम्पन्न उपनिर्वाचनमा रानामगरले चार सय ८६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको हो ।
गोरखा नगरपालिका – ५ मा माओबादी केन्द्रका राना निर्वाचित
गोरखा नगरपालिका –५ को वडा अध्यक्षमा नेकपा (माओबादी केन्द्र) का बिष्णु राना मगर निर्बाचित हुनु भएको छ ।
गोरखामा ५९ प्रतिशत मत खस्यो
गोरखा नगरपालिका-५ मा मतदान जारी छ । उपनिर्वाचन अन्तर्गत गोरखा नगरपालिका–५ मा वडा अध्यक्ष पदका लागि भइरहेको मतदानमा दिउँसो ३ बजेसम्म ५९ प्रतिशत मत खसेको हो ।
सिद्धेश्वर गुफाको प्रवर्द्धन गर्न विस्तृत अध्ययन
जिल्लाको म्याग्दे गाउँपालिका–७ पयरेमा अवस्थित नीलकण्ठेश्वर सिद्धेश्वर गुफाको प्रवर्द्धनका लागि विस्तृत अध्ययन गरिएको छ ।
प्रेम–शान्ति आख्यान पुरस्कारबाट दीपक समीप पुरस्कृत
साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित हुनुभएको छ । नेपाली साहित्यको आख्यान विधामा विशेष योगदान पुर्याएको भन्दै लमजुङ–पोखरा सम्पर्क समितिले समीपलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
बुद्धिचालको उपाधि विवेकलाई
कालीगण्डकी गाउँपालिका–४ का विवेक पाण्डे पालिका स्तरीय बुद्धिचाल (चेस) प्रतियोगितामा उत्कृष्ट हुनु भएको छ ।
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
जिल्लाको व्यास नगरपालिका–१ र २ जोड्नेगरी कराङकाठ–बसपार्क जाने बुल्दीखोलामा सवारीसाधन सञ्चालन गर्न मिल्नेगरी पुल निर्माण सुरु भएको छ ।
डालाको व्यापार
म्याग्दीको पर्यटकीय तथा धार्मिक स्थल गलेश्वरधाममा बालाचतुदर्शी पर्वको अवसरमा आयोजित मेलामा बिक्री गर्नका लागि राखिएका डाला । ग्रामीण भेगमा खाद्यान्न लगायतका सामान राख्ने प्रयोजनका लागि डालाको प्रयोग गरिन्छ ।पछिल्लो समय प्लास्टिकका भाडाको प्रयोगले डालाको व्यापार खस्कँदो छ ।
गोरखामा मतदान जारी, ४ सय ७९ मत खस्यो
गोरखामा उपनिर्वाचन भइरहेको गोरखा नगरपालिका – ५ मा मतदान जारी छ । वडाध्यक्षको लागि भएको निर्वाचनमा बिहान ७ बजेबाट मतदान सुरु भएको छ । दुवै मतदान स्थलमा बिहान ८ बजेसम्म मतदाताको उपस्थिति बाक्लो नभए पनि ९ बजेबाट मतदाताहरू मतदान स्थलमा बाक्लो उपस्थिति देखिएको मुख्य निर्वाचन अधिकृत शिव बहादुर रानाभाटले जानकारी दिनुभयो ।
पुलको शिलान्यास
पुतलीबजार नगरपालिका–५ मा शनिबार मोटरेबल पुलको शिलान्यास गर्दै गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाशबहादुर केसीले आवश्यकताका आधारमा बजेट विनियोजन गर्नुपर्ने बताउनुभएको छ ।
गुरुकुल सञ्चालन गर्न अक्षयकोष स्थापना
पोखरा महानगरपालिका– ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ । कोष स्थापना भएसँगै त्यसमा रु ३० लाख दाखिला पनि भएको छ ।
फेवाताल मिचेको रिसोर्टको पर्खाल भत्काइयो
नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का नेता, कार्यकर्ताले पोखराको फेवाताल किनारमा रहेको वाटर फ्रन्ट रिसोर्टको पर्खाल भत्काएका छन् । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतका नेता, कार्यकर्ताले शनिवार साँझ कर्ण शाक्यको रिपोर्टको पर्खालको केही भाग भत्काएका हुन् ।
झिँ–टोड्के सडक स्तरोन्नति सुरु
रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सीमा क्षेत्रमा रहेको पर्यटकीयस्थल टोड्के पुग्ने सडक स्तरोन्नति प्रारम्भ भएको छ ।
धार्मिक पर्यटनलाई जोड्दै पञ्चकोट
पछिल्लो समयमा पोखरा र आसपासका क्षेत्रमा चर्चित गीत हो यो । गीतले भनेजस्तै केही वर्षयता बागलुुङस्थित सर्वसिद्धिधाम पञ्चकोट गण्डकी प्रदेशका महत्त्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यमध्येमा रोजाइमा पर्दै आएको छ ।