गण्डकी, मङ्सिर १६ गते । पोखरा महानगरपालिका– ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालय व्यवस्थित ढङ्गले सञ्चालन गर्न अक्षयकोष स्थापना भएको छ । कोष स्थापना भएसँगै त्यसमा रु. ३० लाख दाखिला पनि भएको छ ।
विभिन्न सङ्घसंस्था प्रतिष्ठान एवं व्यक्तिहरूबाट अक्षयकोषमा रकम दाखिला भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नागेन्दप्रसाद्र रेग्मीले जानकारी दिनुुभयो । अक्षयकोषमा कम्तीमा रु. एक करोड पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुुभयो ।
अक्षयकोषमा पद्मजगत् स्मृति प्रतिष्ठानले रु. १० लाख, धनबहादुुर थापाले रु. एक लाख ११ हजार, भगवती पन्तले ५२ हजार ५५, मातृका सिग्देलको स्मृतिमा हरिमाया सिग्देल र परिवारजनले रु. ५१ हजार १११, वासुदेव तिवारीले रु. ५० हजार, खगराज अधिकारीले रु. ३७ हजार र विष्णुुमाया पण्डितले १५ हजार प्रदान गर्नुभएको जानकारी उहाँले दिनुभयो । रासस