तारादेवीले नेतृत्व गरेको विद्यालय उदाहरणीय
अवसर र उचित वातावरण भए महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने उदाहरण बन्नुभएको छ बेनी नगरपालिका–९ नेप्टेचौरकी तारादेवी चोखाल । स्थानीय राष्ट्रिय माध्यमिक विद्यालयमा विगत दुई दशकदेखि चोखालले प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्दै आउनुभएको छ । विद्यालयको पूर्वविद्यार्थी रहनुभएकी चोखालले २०५० सालदेखि शिक्षण गर्दै आउनुभएको छ भने २०६४ सालदेखि प्रधानाध्यापकको जिम्मेवारीवहन गर्दै आउनुभएको हो ।
दुधको मूल्य बढ्यो तर फाइदा बिचौलियालाई
नवलपरासी पूर्वमा दुधको मुल्य बढे पनि दुघ उत्पादक कृषक भने खुसी छैनन् ।
पोखरेलीका धारामा अब सफा पानी
पोखराको खानेपानी सुधार आयोजना निर्माण सम्पन्न हुन लागेको छ ।
प्रदूषणले वासस्थान फेर्दै जनावर
“धेरैले सहजै अनुमान लगाउन थालेका छन्, दुई किलोमिटर टाढाबाटै गन्ध आउन थाल्यो भने अब चौधरी गु्रपको औद्योगिक ग्राम र सिजी धाम आउन थाल्यो भनेर बुझ्दा हुन्छ,
सहकारी ठगी गर्ने सबैलाई कारबाही हुन्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहकारी ठगीमा जोसुकै भए पनि कारबाही गरेर छाड्ने बताउनुभएको छ ।
ठाडाखेतमा मोटरेबल पुल निर्माण
पुतलीबजार नगरपालिका वडा–१३ र अर्जुनचौपारी गाउँपालिका वडा–१ जोड्ने ठाडाखेतमा मोटरेवल पुल निर्माण गरिएको छ ।
भीमादमा इलाका प्रशासन कार्यालय राख्न माग
तनहुँको भीमाद बजारमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै जिल्लावासीले गृहमन्त्री रमेश लेखकको ध्यानाकर्षण गराएका छन् ।
गलेश्वरमा दर्शनार्थीको भिड
हिमाली जिल्ला म्याग्दीको पवित्र तीर्थस्थल गलेश्वरधाममा आफ्ना दिवङ्गत पितृहरूको नाउँमा सतबिज छर्नेको बिहानैदेखि भिड लागेको छ ।
कालीगण्डकीमा खुल्यो आँखा उपचार केन्द्र
स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको छ । कालीगण्डकी–३ मिर्मीमा नगर अस्पतालमा केन्द्र सञ्चलनमा ल्याएको हो ।
गोरखा नगरपालिकामा मङ्सिर १६ गते सार्वजनिक बिदा
गोरखा नगरपालिका गोरखाले मङ्सिर १६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त दिन गण्डकी प्रदेश भरि नै एकमात्र गोरखा नगरपालिका–५ मा वडा अध्यक्षका लागि उपनिर्वाचन हुन गइरहेकाले सार्वजनिक बिदा दिन लागेको गोरखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकदेव खनालले जानकारी दिनुभयो ।
बेसी झर्न थाले उत्तरी गोरखाका भेडीगोठ
जाडोयाम सुरु भएसँगै उत्तरी गोरखाका हिमाली क्षेत्रमा रहेका भेडी गोठहरू बेसी झर्न थालेका छन् । चिसो बढेसँगै लेकमा घाँसको अभाव हुँदै जानु र अत्यधिक मात्रामा चिसोले गर्दा पनि हिमाली भेगमा रहेका भेडा च्याङ्ग्रा बेसी झार्न थालिएका हुन् ।
आर्थिक सुधार सरकारको प्राथमिकतामा : उपप्रधानमन्त्री सिंह
पप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले देश आर्थिक सुधारको मार्गमा हिँड्न सफल भएको बताउनुभएको छ । हालको सरकार स्थायी भएकाले लगानी मैत्री वातावरण बनिरहेकोले समृद्धिको पथमा हिँडेको उहाँको भनाइ थियो ।
राष्ट्रिय परिचयपत्र पालिकाबाटै वितरण हुने
तनहुँमा राष्ट्रिय परिचयपत्र वितरण कार्य पालिकाबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालयबाट मात्रै वितरण हुँदै आएकोमा सेवाग्राहीको सहजकताका लागि पालिकाबाटै वितरण गरिने भएको हो ।
बाख्राको दूध दुइँदै
लमजुङ, मङ्सिर १५ गते । लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङमा शनिबार बिहान घुम्ती भेँडीगोठका बाख्राको दूध दुँदै भेडी गोठाला दुरजङ्ग गुरुङ । तस्बिरः रासस
‘ध्यानले सर्वव्यापी चेतनासँग जोड्छ’
गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अद्वितीय ध्यान विधि मानव जातिलाई सर्वव्यापी चेतनासँग जोड्ने एक सरल र सहज माध्यम भएको बताउनुभएको छ ।
‘प्राविधिक जनशक्तिको सम्मान गर्नु पर्छ’
गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले प्राविधिक जनशक्त्लिाई सहज र सम्मानजनक व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताउनुभएको छ ।
सङ्घीयताको व्यवहारिक कार्यान्वयनका लागि काँग्रेस एमाले एक ठाउँमा: मन्त्री गुरुङ
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्घीयताको व्यवहारिक कार्यान्वयनका लागि काँग्रेस एमाले एक ठाउँमा भएको बताउनु भएको छ ।
संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला
गोरखा नगरपालिका–८, आमडाँडास्थित कुनबारीका मगर समुदायका महिला आफ्नो समुदायको संस्कृति र परम्पराका सरंक्षणमा जुटेका छन् । मगर समुदायको वेशभूषा, संस्कृति र परम्परा जोगाउनका उनीहरु समूहमार्फत पहल सुरु गरेको आमाडाँडा महिला समूहकी अध्यक्ष बेली थापामगरले जानकारी दिनुभयो ।
नवलपुरमा एक सय ९० जना द्वन्द्वपीडित सूचीकृत
नवलपुरमा द्वन्द्वपीडित तथा प्रभावित महिला र बालिकाको विशेष तथा समष्टिगत आवश्यकता पहिचानका लागि सबै पालिकामा उपसमिति गठन भएको छ ।
छात्रा फुटबल प्रतियोगिताको सेमीफाइनल समीकरण पूरा
म्याग्दीको बेनीमा जारी लायन्स क्लब अप बेनी लभ्लीहिलको आयोजनामा शुरु भएको अन्तर माध्यमिक विद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिताको सेमीफाइनल समिकरण पुरा भएको छ ।
प्रगतिनगरमा खानेपानी समस्या अब नहुने
नवलपुरको देवचुली नगरपालिका प्रगतीनगरमा अव वर्षाको समयमा पनि खानेपानीको समस्या नहुने भएको छ । बोरिङ नहुँदा वर्षाको समयमा अनियमित र धमिलो पानीको समस्या भोगिरहेका यहाँका उपभोक्ता अव यो समस्याबाट मुक्त हुने भएका हुन् ।
जनताको चाहनाअनुसार काम गरिरहेका छौं : मन्त्री गुरुङ
नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताको आवश्यकतालाई मध्यनजर राखी बर्तमान सरकारले काम गरिरहेको बताउनुभएको छ ।
सिङ्गो गाउँ नै व्यावसायिक तरकारी खेतीमा
पछिल्लो समय गाउँको खेतबारी बाँझै राखेर बजार झर्ने पद्धतिको विकास भइरहेको छ । गाउँमा भएको प्रसस्त जग्गा बाझै राखेर बजारको घरमा कौसी खेती गर्नेहरुको पनि कमी छैन ।
तातोपानी कुण्डमा डुबुल्की (फोटोफिचर)
नसासम्बन्धी रोगले सताएपछि निको हुने विश्वासले तातोपानी डुब्न आएको बागलुङको तमानखोला गाउँपालिका–४,लाम्मेला र मालिका गाउँपालिका–७, बिमबाट आउनुभएका गोपाल हमैलले बताउनुभयो ।