गोरखाको बगुवामा आँखा केन्द्र स्थापना
यहाँको भीमसेन थापा गाउँपालिकास्थित बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ ।
विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द
विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १० विद्यालय बन्द गरिएका छन् ।
सेती नदीको पुल निर्माण : २८ प्रतिशत भौतिक प्रगति
पोखरा–मुग्लिन सडक आयोजनाअन्तर्गत सेती नदीमाथीको निर्माणाधीन पुलको भौतिक प्रगति २८ प्रतिशत पुगेको छ । ‘केबल–स्टेड’ प्रविधिको उक्त पुलको तीनवटा जगको काम पूरा भएको र एउटा निर्माणको क्रममा रहेको आयोजनाका इन्जिनियर सौजन्य नेपालले जानकारी दिनुभयो ।
बदलिँदै दुर्गमको परिचय
काठमाडौँको बसपार्क क्षेत्रमा सञ्चालनमा रहेको ‘होटल’को शाखा अहिले गुल्मीको कालीगण्डकी गाउँपालिका–२ अर्बेनीमा फस्टाइरहेको छ । दुवै छिमेकी राष्ट्र भारत र चीनलाई जोड्ने छोटो दूरीको कालीगण्डकी करिडोरले काठमाडौँमा चलिरहेको होटलको शाखा अर्बेनीमा ल्याएको हो ।
चिसो बढेसँगै कालीगण्डकीमा जलयात्रा बन्द
वर्षायाममा पानीको बहाब घटेसँगै असोजदेखि सुरु भएको जलयात्रा आइतबारदेखि बन्द गरिएको हो । आइतबार अन्तिम टोलीले तीन दिनको जलयात्रा पूरा गरेसँगै यस वर्षको जलयात्रा बन्द गरिएको रिभर एक्सप्लोरर नेपालका सञ्चालक होम पुनले जानकारी दिनुभयो ।
संविधानमै लेखिएका हक अधिकार नपाएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गुनासो
विसं. २०७२ मा जारी भएको नेपालको संविधानमा उल्लेख भएको कुराहरु पनि सामान्य रुपमा समेत आफूहरुले नपाएको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले गुनासो गरेका छन् । उनीहरुले संविधानमै लेखिएका मौलिक हक तथा अधिकार नपाएको गुनासो गरेका हुन् ।
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा
समुदायको संरक्षण र जङ्गली जनावरको शिकार रोक्ने उद्देश्यले गुम्बा स्थापना भएको इतिहास छ ।
‘रिफ्लेक्टिभ स्टिकर’ अभियान
नवलपुर ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न ‘रिफ्लेक्टिभ स्टिकर’ टाँस्ने अभियान सञ्चालन गरेको छ ।
विपदबाट जोगिन पर्वतमा मौसम सूचना केन्द्र स्थापना
मौसमका कारण घट्ने विपद्जन्य घटनाको न्यूनीकरण गर्ने उद्देश्यले पर्वतमा मौसम सूचना केन्द्र स्थापना गरिएको छ । युएसएआइडीको आर्थिक सहयोगमा आपसी सहयोग केन्द्र (आस्क) नेपालले मोदी गाउँपालिकामा मौसम सूचना केन्द्र (वेदर स्टेशन) स्थापना गरेको हो ।
पृथ्वीराजमार्गको पूर्वीखण्डको म्याद थप
विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वीखण्डको म्याद पाँच महिना थप भएको छ । निर्धारित समय समाप्त भएपछि म्याद थप गर्नका लागि निर्माण कम्पनीले आग्रह गरे बमोजिम दोस्रो पटक समय थप गरिएको हो । यस अघि पाँच महिना म्याद थप भएको थियो ।
‘ड्रागन फ्रुट बिक्री गर्न समस्या छैन’
यहाँका एक किसानले ‘ड्रागन फ्रुट’ बिक्रीबाट रु १८ लाख आम्दानी गर्न सफल हुनुभएको छ । स्याङ्जाको वालिङ–१ धरमपानीमा व्यावसायिक रूपमा ड्रागनखेती गर्नुभएका कृष्णप्रसाद ढुङ्गानाले ड्रागन बेचेर रु १८ लाख आम्दानी गर्नुभएको हो ।
बेनीमा घरमै सुत्केरी हुनेको सङ्ख्या तीनवर्षदेखि शून्य
घरमा नै शिशु जन्माउँदा आमा र शिशुको ज्यान खतरामा पर्नुका साथै महिलामा विभिन्न समस्याले सुत्केरीपछि सताइरहने हुँदा घरमा नै सुत्केरी हुनेको सङ्ख्या शून्य बनाइएको हो ।
धरमपानीमा व्यावसायिक ड्रागन खेती
स्याङ्जाको वालिङ –१ धरमपानीमा स्थानीय कृष्णप्रसाद ढुङ्गानाले गर्नुभएको व्यवसायिक ड्रागन खेती । झण्डै ४० रोपनी क्षेत्रफलमा लगाएको पाँच हजार बिरुवाले उत्पादन दिन थालेपछि उहाँले मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
एकै गाउँबाट दुई करोड बढीको आलु बिक्री
गल्याङ नगरपालिका –११ जिमुहाँको एकै गाउँबाट दुई करोड ४० लाख रुपियाँको आलुको बीउ बिक्री गरिएको छ । २८४ घरधुरी रहेको जिमुहाँमा एक घरले १० क्विन्टलदेखि २७५ क्विन्टलसम्म आलुको बीउ बिmक्री गरेका हुन् ।
चिसो बढेसँगै विद्यालय चौरमा बसेर पढ्दै विद्यार्थी
चिसो बढेसँगै विद्यालय परिसरमा घाममा बसेर पढ्दै बागलुङको ढोरपाटन नगरपालिका –९ स्थित ज्योति विकास माध्यमिक विद्यालयका बालबालिकाहरु ।
विपन्न विद्यार्थीहरूलाई लक्षित छात्रावासको शिलान्यास
शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवर्द्धनमा कार्य गर्दै आइरहेको युनाईटेड क्लब पोखराले आफ्नो परियोजना अन्तर्गत युनाईटेड आवासीय छात्रावास निर्माण गर्ने भएको छ ।
गोरखामा उपनिर्वाचनको सरगर्मी तीव्र
गोरखमा आगामी मङ्सिर १६ गते हुन लागेको उपनिर्वाचनको सरगर्मी तीव्र रुपमा बढ्दै गएको छ ।
चौधरी उद्योग ग्राममा तालाबन्दी
देवचुली नगरपालिका-२ दुम्कौलीमा रहेको चौधरी उद्योग ग्रामको भुसे बोइलर र इ.टी.डिबाट निस्केको प्रदूषणले स्वास्थ्यमा समस्या निम्ताएको भन्दै स्थानीयले शान्तिपूर्ण आन्दोलन गरेका छन् ।
‘बुट्टेनली’ संरक्षणको प्रयास
बागलुङको थुप्रै पहिचानमध्येको एक हो ‘बुट्टेनली’ । हस्तकलाका रूपमा रहेको बुट्टेनली निगालोमा खोपेर बनाइने कलाकृति हो ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु
लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (२५ नोभेम्बर देखि १० डिसेम्बर) अन्तर्गतको कार्यक्रम सोमबार देखि म्याग्दीमा पनि सुरु भएको छ ।
‘बिबिए’ तहमा धौलागिरि क्याम्पसका छात्र रिजाल उत्कृष्ट
धौलागिरि बहुमुखी क्याम्पसमा बिबिए तहमा अध्ययनरत छात्र लक्ष्मण रिजाल गण्डकी प्रदेशमै उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएका छन् । क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले बिबिए तहमा गौतमले गण्डकी प्रदेशमा सर्वोत्कृष्ट नतिजा ल्याएको जानकारी ।
बजार पठाउने तयारीमा सुन्तला
म्याग्दी, मङ्सिर १० गते । म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलामा बोटबाट टिपेको सुन्तला बजार पठाउन वर्गीकरण (ग्रेडिङ) गर्दै कृषक । तस्बिरः रासस
लोप हुँदै कुसुन्डा भाषा र संस्कृति
संरक्षणको अभावमा कुसुन्डा जातिको भाषा र संस्कृति लोप हुँदै गएको छ । जाति लोप हुँदै गएसँगै उनीहरूको भाषा र संस्कृति पनि हराउँदै गएको हो ।
जाडो छल्न आइपुगे पाहुना चरा
पूर्वी नवलपरासीको नारायणी नदी आसपासका क्षेत्रमा यतिबेला जाडो छल्न विभिन्न किसिमका चरा आइपुगेका छन् ।