अक्टोपस झरना
लमजुङ बेँसीसहर–चामे सडक किनारास्थित मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा रहेको अक्टोपस झरना । यो झरना पछिल्लो समय पर्यटकका लागि आकर्षणको केन्द्र बन्दै गएको छ ।
कोरलामा अध्यागमन कार्यालय बन्द
चीनसँग सीमा जोडिएको मुस्ताङस्थित कोरला नाकामा स्थापना गरिएको अध्यागमन कार्यालय बन्द भएको छ ।
बाघ र गैँडाको आतङ्क
नवलपरासी पूर्वको विकट पहाडी बुलिङटार गाउँपालिकामा चार दिनदेखि बाघ गाउँमा पस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।
आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु
तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालक्षित ‘छात्रा बचत खाता’ कार्यक्रम सुरु गरेको हो ।
मुग्लिन– पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँको पूर्वी खण्डमा धमाधम कालोपत्र भइरहेकोे छ । आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकदेखि सत्रसय खण्डमा कालोपत्र जारी रहेको हो ।
दाङमा धान उत्पादन बढ्यो
गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
कालीगण्डकी नदी सङ्कटमा पर्ने चिन्ता
मध्यनेपालको प्रमुख नदी–प्रणाली कालीगण्डकीमा आधारित कतिपय विकास परियोजनाले सभ्यता बोकेको उक्त नदीको अस्तित्व सङ्कटमा पर्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । यसै त अप्राकृतिक दोहनको चपेटमा परेको कालीगण्डकी नदीमा ठूला पूर्वाधार आयोजना निर्माण गर्दा नदी नदी–प्रणाली र त्यसमा आश्रित समुदायमा गम्भीर सङ्कट निम्तने ‘कालीगण्डकी बचाऔँ अभियान’ले जनाएको छ ।
मुस्ताङमा बगेर खेर गइरहेछ भोटको नुन
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ तेताङका ७३ वर्षीय थर्चेन गुरुङले ३० वर्षअघिसम्म नर्साङखोला किनारमा रहेको खानीको नुन आफूले उपभोग र गाईवस्तुलाई खुवाउने गर्नुहुन्थ्यो ।
पुरानै स्वरूपतिर हात्ती डुबाउने ताल
देवचुली नगरपालिका नवलपुरको सिसवार मध्यवर्ती क्षेत्र अन्तर्गत दिव्य सामुदायिक वनमा रहेको शनिश्चरे ताललाई पुरानै स्वरूपमा फर्काइने भएको छ ।
लागु औषधसहित एक गिरफ्तार
जिल्ला प्रहरी कार्यालय म्याग्दी प्रहरीले झण्डै एक हजार दुईसय एम्पुल लागु औषधसहित एक जना युवालाई गिरफ्तार गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा सेवा विस्तार
जिल्ला प्रशासन कार्यालय नवलपुरले आफ्नो सेवा सहज, प्रभावकारी र नागरिकमैत्री बनाउन नयाँ सुविधाहरू थप गरेको जनाएको छ ।
गणतन्त्रको पक्षमा एक हुन अध्यक्ष प्रचण्डको अनुरोध
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षाका लागि गणतन्त्र पक्षधर सबै एक ठाउँमा उभिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ।
राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महोत्सव सुरु
अर्जुन चौपारी गाउँपलिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद महोत्सव बिहीबारदेखि सुरु भएको छ । मङसिर –८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा गाउँपालिकाको ३३ विद्यालयका नौसय विद्यार्थीको सहभागिता रहेको छ ।
बेनीमा पाँचौँ राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु
म्याग्दीको बेनी नगरपालिमा विद्यालय स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । बेनीको खुल्ला मञ्चको खेलमैदानमा सुरु भएको खेलकुद प्रतियोगितामा नगरपालिका भित्रका विभिन्न २६ विद्यालयले सहभागिता जनाएका छन् ।
अग्यौली खानेपानी गण्डकी प्रदेशकै उत्कृष्ट
कावासोती नगरपालिका-१६ को अग्यौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको छ।
पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती
चार महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक अझै सञ्चालन भएको छैन् ।
दुर्घटना रोक्न रिफ्लेक्टिभ स्टिकर
नवलपुर ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न रिफ्लेक्टीभ स्टीकर टाँस्ने अभियान सञ्चालन गरेको छ । चिसो मौसम सुरु भएसँगैं बढ्दो हुस्सु र रातिको बेला भिजीबिलीटी कम भएकाले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले रिफ्लेक्टीभ स्टीकर टाँस्ने अभियान सञ्चालन गरेको हो ।
जीर्ण बन्दै ऐतिहासिक रानीपौवा धर्मशाला
म्याग्दी, मङ्सिर ६ गते । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा आउने तीर्थालुहरुलाई लक्षित गरी दुई सय १८ वर्ष अघि निर्माण भएको रानीपौवा धर्मशाला । संरक्षणको अभावमा यो धर्मशाला जीर्ण बन्दै गएको छ । तस्बिरः रासस
जम्न थालेको गङ्गापुर्ण ताल
मनाङ, मङ्सिर ६ गते । मनाङ ङिस्याङ गाउँपालिका ६ मा अवस्थित गङ्गापुर्ण हिमालको हिमनदीबाट निर्माण भएको गङ्गापुर्ण ताल चिसोका कारण जम्न थालेको छ । समुन्द्री सतह देखि तीन हजार पाँचसय ४० मिटरमा अवस्थित यस ताल पर्यटकका लागि आकर्षण केन्द्र हो । तस्बिरः रासस
पहिरोले तिस घरपरिवारको उठिबास
पहिरोले गर्दा तनहुँको भिमाद नगरपालिकाका विभिन्न वडा गरी ३० घरका बासिन्दाको उठिबास भएको छ ।
‘एक पालिका, एक खेल मैदान’ योजनामैै सीमित
बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन । खेलाडी पूर्वाधारबिना खेल खेल्न बाध्य छन् ।
लेकबाट बेँसी झर्न थाले भेडाका बथान
चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान लेकबाट बेँसी झर्न थालेका छन् । चिसो मौसम सुरु भएसँगै चरनमा समस्या आउन थालेपछि जिल्लाका घुम्ति गोठका गोठालाले आ–आफ्ना भेडाका बथान यतिबेला बेँसी झार्न थालेका छन् ।
गोरखाको धार्चेमा आधारभूत अस्पताल भवन निर्माण
उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो ।
झलकमानले सोध्लान् नि खोइ सारङ्गी भन्लान् !
गन्धर्वका कथा, व्यथा समेटिएको ‘पूर्णबहादुरको सारङ्गी’ चलचित्रले हल र जनजीवनमा चर्चा पाएकै बेलामा सारङ्गी र गन्धर्व जातिलाई नै पहिचान दिलाउने झलकमान गन्धर्वको स्मृति दिवससमेत परेको छ ।