पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा
पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म जम्मा ३२ प्रतिशत भौतिक प्रगति भएको छ । पछिल्लोपटक थपिएको एक सय एक दिनको ठेक्का म्याद मङ्सिर २० गते समाप्त हुँदैछ ।
बाँध निर्माणस्थलमा काम
तनहुँ, मङ्सिर ९ गते । तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणस्थलमा काम हुँदै । प्याकेज १ अन्तर्गत बाँध निर्माणका लागि फाउन्डेसनको कार्यलाई तीव्रता दिइएको छ । तस्बिरः रासस
नवलपुरमा बस दुर्घटना, चार जना घाइते
काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको बस गए राती पौने ३ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनत्री त्रिवेणी गाउँपालिका १ होङ्सी गेट नजिकै दुर्घटना भएको छ । लु २ ख २१४१ नं. को बस चालकले नियन्त्रण गुमाई दुर्घटना हुँदा ४ जना घाइते भएका नवलपुर प्रहरीले जनाएको छ ।
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकस्थित आँधीमूलमा निर्माणाधीन कृत्रिम तालमा डुङ्गा शयर गर्न पाइने भएको छ । आँबुखैरेनी गाउँपालिकाले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउने उद्देश्यसहित यहाँ कृत्रिम ताल निर्माण गरिरहेको छ ।
बन्दीपुरमा मिनी ग्रेटवाल
पहाडकी रानी उपनामले प्रख्याति कमाएको बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न चीनको ग्रेटवालको झल्को दिने गरी ‘मिनी ग्रेटवाल’ निर्माण भइरहेको छ ।
कालीगण्डकी करिडोरले मुक्तिनाथ र लुम्बिनी जोड्दै
कालीगण्डकी करिडोर भारतलाई चीनसँग जोड्ने छोटो मार्ग हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको करिडोरले मुस्ताङको प्रसिद्ध मुक्तिनाथ मन्दिरलाई भगवान् गौतम बुद्धको जन्मस्थान लुम्बिनीसँग जोड्न सफल भएको छ ।
बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन
विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आउनुभएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त हुनुहुन्छ ।
बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण
बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको छ । स्थानीय गणेशबहादुर गुरुङको सक्रियतामा उक्त गुम्बा निर्माण गरिएको हो । गुम्बा बनाउन उहाँले रु १० लाख पाँच सय ६५ सहयोग गर्नुभएको थियो ।
काम खोज्दै आए, मालिक नै बने
विसं २०५३ भदौ १३ गते १३ वर्षकै उमेरमा कामको खोजीमा मुस्ताङको घाँसामा पुग्नुभएका टङ्कलाल श्रेष्ठको अहिले बेनी नगरपालिका–९, गलेश्वरमा होटल ताजमहल लज एन्ड रेस्टुरेन्ट चलिरहेको छ ।
सार्क मुलुकका पर्यटकको आकर्षण बन्दै ‘हट एयर बेलुन’
पर्यटकीय राजधानी पोखरा प्राकृतिक सुन्दरताले मात्र होइन साहसिक खेलहरूका लागि पनि उत्तिकै प्रसिद्ध छ।
राउटेलाई आर्थिक सहयोग
स्याङ्जा सदरमुकाम पुतलीबजारमा राउटे समुदायको टोलीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
गैँडाको आक्रमणबाट एकको मृत्यु
गैँडाको आक्रमणबाट नवलपुरमा एक जनाको मृत्यु भएको छ । जिल्लाको मध्यविन्दु नगरपालिका–६ भन्डारा बस्ने ६५ वर्षीय नाथुराम थारुको गैँडाको आक्रमणबाट शनिबार दिउँसो पौने १२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जेसी शाहले जानकारी दिनुभयो ।
सडक कालोपत्र
मुस्ताङको घरपझोङ चक्रपथ अन्तर्गत जोमसोम,ठिनी, ढुम्बा र तिब्बतीयन क्याम्प हुँदै छैरो गाउँ जोड्ने कालोपत्र गरिएको सडक ।
कुहिरोको दृश्य
तनहुँ, मङ्सिर ८ गते । तनहुँको व्यास नगरपालिका–५ मानुङकोटबाट म्याग्दे गाउँपालिकातर्फ देखिएको कुहिरोको दृश्य । तस्बिरः रासस
कुश्मा बसपार्क सञ्चालन नहुँदै जीर्ण
कुश्मामा निर्मित सुविधा सम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको छ । यहाँस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले निर्माण गरेको बसपार्क छ महिनासम्म पनि सञ्चालन नहुँदा जीर्ण भएको हो ।
पृथ्वीराजमार्ग बिस्तार गरिँदै
थ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा सडक बिस्तारका लागि भित्ता काट्ने काम हुँदै । मुग्लिन-पोखरा सडक विस्तारका लागि यस ठाउँमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म सवारी साधन बन्द गरेर समेत काम भइरहेको छ ।
पदमार्गका रूपमा विकसित हुँदै रुद्धपुरगढी
छोटो बिदा हुने र आर्थिक रूपमा पनि कम खर्चमा हुने पदयात्रा स्वास्थ्य र मनोरञ्जनका दृष्टिकोणले धेरैको रोजाइँमा पर्ने गरेको छ ।
गण्डकीमा कृषि भूमि घट्यो
गण्डकी प्रदेशमा कृषि क्षेत्र क्रमशः घट्दै गएको नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनमा पाइएको छ । केन्द्रीय बैङ्कले शुक्रबार सार्वजनिक गरेको ‘वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०-८१’ मा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीले ढाकेको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा करिब सात दशमलव सात प्रतिशतले घटेको उल्लेख छ ।
सहकारीको भावनाविपरीत सञ्चालन गर्दा समस्या आयो : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले केही व्यक्तिको कमजोरीले गर्दा कारण सिङ्गो सहकारी क्षेत्र बदनाम भएको बताउनुभएको छ ।
खर्च जोहो गर्न पोखरामा राउटे समुदाय
कुनै बेला पैसा छोए पाप लाग्छ भन्ने मान्यता राख्ने राउटे समुदायहरु अहिले चाडपर्व मनाउनका लागि पैसा उठाउँदै हिँड्ने गरेका छन् ।
कावासोतीको माटोमा ९० प्रतिशत अम्लीयपना
नवलपुरमा खेतीयोग्य जमिनको माटोमा उर्वराशक्ति घट्दै गएको छ ।
बिक्री गर्ने समयमा झर्न लाग्यो सुन्तला, कृषक मारमा
हिमाली जिल्ला म्याग्दीको सुन्तला पकेट क्षेत्रका रुपमा रहेका बेनी नगरपालिका –३ र ४ मा बिक्री गर्ने समय हुन लागेको सुन्तला झर्दा किसान चिन्तित भएका छन् ।
प्रथम देवचुली कप फुटबल प्रतियोगिता हुँदै
नवलपुरको देवचुलीमा शुक्रबारदेखि प्रथम देवचुली कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । आयोजक शान्तिदीप युवा क्लब देवचुली नगरपालिका –१० पृथ्वीनगरको आयोजनामा देवचुली गोल्डकप सञ्चालन हुन लागेको हो ।
सामुदायिक विद्यालय पढ्ने छात्रालाई एक हजार
तनहुँको एक पालिकाले सामुदायिक विद्यालयमा भर्ना भएका छात्राको खातामा एक हजार रुपियाँ जम्मा गर्न थालेको छ । आँबुखैरेनी गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण गर्दै गुणस्तर शिक्षाका लागि खाता खोलिदिएको हो ।